ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्वतको महाशिलामा जिप दुर्घटना, १२ जना घाइते


मनिषा लामिछाने

पर्वत । जिल्लाको महाशिला गाउँपालिका–५ लुंखुदेउरालीको वाई चोकमा बुधवार राति भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रहरी नायव निरीक्षक सिताराम ओझाका अनुसार बुधवार राति करिब नौ बजेको समयमा जिप सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो।

कुश्मा हुँदै लुंखुतर्फ जाँदै गरेको बी ए ए १९९४ नम्बरको स्कर्पीयो चालकले नियन्त्रण गुमाउँदा सडकबाट खसेको हो। जिपमा सवार रहेका १२ जनामध्ये चार जनालाई थप उपचारको लागि पर्वत अस्पतालबाट पोखरा पठाइएको छ।

टाउकोमा चोट लागेका महाशिला गाउँपालिका–५ का १५ वर्षीय दिनेशजंग गुरुङ र छातीमा चोट भएकी महाशिला गाउँपालिका–३ की ४५ वर्षिया पवित्रा गुरुङलाई थप उपचारको लागि पोखरा फूलबारीका सैनिक अस्पतालमा पठाइएको छ।

यस्तै निधारमा चोट लागेका महाशिला गाउँपालिका–५ कै ओमबहादुर मल्ल तथा टाउको र ढाडमा चोट लागेकी सोही ठाउँकी ४३ वर्षिया प्रमीला सिंह ठकुरीलाई पोखराकै गण्डकी मेडिकल कलेजमा पठाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

खोला मापदण्डविरुद्ध माइतीघरमा विस्फोटक प्रदर्शन ‘फैसला होइन, न्याय चाहियो’ भन्दै पीडित सडकमा

समानुपातिक प्रणाली : सीमान्तकृतका लागि बनेको व्यवस्था कसरी शक्तिशालीको ‘चोरबाटो’ बन्यो ?

सम्बन्धित

एमाले, नेकपा र रास्वपाका बन्दसूचीका उमेद्वार यी हुन् (सूचीसहित)

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com