ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहकारी ठगी प्रकरणमा ढोरपाटनका मेयर देवकुमार नेपाली थुनामा, १ अर्ब ३८ करोड ठगी

ABC News

पोखरा १५ असोज । इमेज सहकारी ठगी प्रकरणमा प्रक्राउ परेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली पुर्पक्षका लागि थुनामा पठाइएका छन् ।

बागलुङ जिल्ला न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले मंगलबार नेपालीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

भारतको दिल्लीमा पक्राउ गरी आइतबार बागलुङ ल्याइएका नेपालीको सोमबार बयान सकेर मंगल भएको थुनछेक बहसपछि नेपालीलाई पुर्पक्षका लागि कारागार चलान गर्ने र इमेज सहकारी ठगी प्रकरणमै पक्राउ परेका देवकुमारका दाइ ओमबहादुर दर्जीलाई डेढ लाख रुपैयाँ धरौटीमा छाडिएको छ ।

सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माका अनुसार बागलुङमा थुनछेक बहसपछि पुर्पक्षका लागि कारागार चलान भएका नेपालीलाई कास्की अदालतमा पनि उपस्थित गराइनेछ । तर, केही दिनपछि अदालत बन्द हुने भएकाले दसैं पछाडिमात्र उनलाई पोखरा पठाउने सम्भावना रहेको उनले बताए ।

बागलुङ बजारमा मुख्य कार्यालय र बुर्तिबाङ तथा गलकोटमा सेवा केन्द्रका नाममा सहकारी ऐनविपरीत बचत रकम अपचलन गरेका नेपालीले पोखराको सिर्जनाचोकमा रहेको इमेज सहकारीबाट पनि बचत रकम अपचलन गरेको आरोपमा कास्कीमा पनि उनीविरुद्ध मुद्धा छ ।

नेपालीले बागलुङमा मात्र १ अर्ब ३८ करोड रुपैयाँ अपचलन गरेको भन्दै बिगो दाबी गरेर अदालतमा अभियोग दायर भएको छ भने पोखरामा ६० करोड रुपैयाँ अपचलन गरेको अभियोग छ ।

कास्की र बागलुङमा गरी झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको सार्वजनिक भएसँगै मेयर नेपाली २०८० जेछ ५ गते फरार भएका थिए । उनी फरार भएलगत्तै जेठ १६ गते उनीहरुविरुद्ध उजुरी लिन प्रहरीले आह्वान गरेको थियो । नेपालीविरुद्ध १२ माघ ०८० मा रेडकर्नर नोटिस जारी भएको थियो ।

फरार भएको १६ महिनापछि दिल्लीमा पक्राउ गरी ल्याइएका नेपालीले सहकारीको रकम घर, जग्गा र व्यवसायमा लगाएको यसअघि सार्वजनिक गरेको भनाइजस्तै अदालतमा पनि बयान दिएका छन् । उनले घर, जग्गा र आफ्नो तथा परिवारको नाममा रहेको सम्पत्ति बेचेर बचत रकम फिर्ता गर्ने बताउँदै आएका छन् ।

बागलुङको ढोरपाटन नगरपालिकामा दोस्रो कार्यकालका लागिसमेत मेयर निर्वाचित भएका नेपालीले सहकारीको रकमबाट घरजग्गामा र व्यक्तिगत स्वार्थमा लगाउनेदेखि हेलिकप्टर चढेर हिँडडुल गर्ने, विभिन्न ठाउँमा आर्थिक सहयोग गर्ने गरेका थिए ।

नेपालीले बागलुङका मुख्य र शाखासहित ३ सहकारीबाट १ अर्ब ३८ करोड रुपैयाँ हिनामिना गरेको बागलुङ जिल्ला अदालतमा अभियोग छ ।

एक हजार ५४३ जनाको जाहेरीपछि २०८० असार २५ गते १ अर्ब ३० करोड, ७६ हजार ९८ हजार रुपैयाँ र थप ३० जनाको जाहेरी परेपछि २०८० भदौ १७ गते ७ करोड ३४ लाख ६४ हजार रुपैयाँ विगो मागदावीसहित बागलुङ जिल्ला अदालतमा अभियोग दायर भएको थियो ।

कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ ।

नेपालीले बचत रकम उनीहरुको व्यक्तिगत खातामा जम्मा नगरी संस्थामा खोलिएका विभिन्न कृत्रिम खातामा रकम जम्मा गरीरगर्न लगाई एउटा खातादेखि अर्को खातामा रकम रकमान्तर गरेको अभियोग पत्रमा छ ।

पोखराको सूर्यदर्शन सहकारीको उपाध्यक्ष भइसकेर अध्यक्ष हुन नपाएपछि २०६८ सालमा पोखरा सिर्जनाचोक र २०६९ सालमा बागलुङमा सहकारी खोलेर रकम हिनामिना पारेका थिए ।

उनीविरुछ सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनी सहकारी ठगीमा पक्राउ गरी पुर्पक्षका लागि कारागार चलान भएको र सम्पत्ति शुद्धीकरण मुद्धामा पनि अनुसन्धान भइरहेको छ ।

कृत्रिम शेयर धनी कायम गराई रकम हिनामिना गरेको, संस्थाको नाममा बैंकबाट लिएको कर्जा बापतको किस्ता रकम बैंकलाई भुक्तानी नै नगरी हिसाब मिलान गरेको, पीडितहरुलाई अधिक व्याजको प्रलोभन देखाई सम्पत्ति शुद्धीकरण ९मनि लाउन्डरिङ० निवारण ऐनविपरीत काम गरेको अभियोग नेपालीमाथि छ ।

इमेज सहकारी ठगी मुद्दामा पदाधिकारी चित्रबहादुर, शक्ति किसान, लालरमती, डोरबहादुर, लक्ष्मी सेन, र अनिता बुढामगर पुर्पक्षका लागि बागलुङ कारागारमा छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com