ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिहुँकोट हेल्प नेटवर्क यूकेको साधारण सभा :नयाँ कार्यसमिति अध्यक्षमा शिव कँडेल


ABC News

लन्डन २६ साउन । बेलायतका विभिन्न क्षेत्रमा बस्ने बाग्लुङ बिहुकोटेहरुको संस्थाको साधारण सभाले नयाँ नेतृत्व चुनेको  छ ।

सोमबार बेलायतको ग्रान्थममा सम्पन्न बिहुकोट हेल्प नेटवर्क यूकेको पाँचौं महाधिवेशन तथा दशौं वार्षिक भेलाले शिव कंडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।

१३ सदस्यीय नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष लिलाराम निउरे, उपाध्यक्ष केशव कंडेल र रामप्रसाद कंडेल तथा महासचिव राजु कंडेल छन् । त्यसैगरी, सचिवमा मुक्ति कंडेल,कोषाध्यक्षमा यामलाल कंडेल तथा सदस्यहरुमा गंगाधर कंडेल, धनकुमारी निउरे, सागर कंडेल, राजेन्द्र कंडेल, सुशिल कंडेल र सिता कंडेल चुनिएका छन् ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि अमर उच्च माविका निवर्तमान प्रधानाध्यापक हरिप्रसाद कंडेलले बेलायतमा बसोबास गर्ने बिहुकोटेहरुको योगदानको उच्च मुल्यांकन गरे । उनले सधैभर एकजुट भएर समाज सेवामा लाग्न बेलायतवासी बिहुकोटेहरुलाई आग्रह पनि गरे ।

सभालाई सम्बोधन गर्दै नेटवर्कका संस्थापक अध्यक्ष, सल्लाहकार तथा निर्वाचन समितिका संयोजक दयानिधि सापकोटाले नवनिर्वाचित कार्यसमितिले विश्वव्यापी रुपमा फैलिएका बिहुकोटेहरुलाई एकजुट बनाउन भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाल, ग्रान्थम नेपाली समाजका कमल भण्डारी, शान्ति नेपाली समाजका प्रवक्ता डिएन खराल, पूर्व सल्लाहकार फुल प्रसाद कंडेलले शुभकामना मन्तव्य राखेका थिए ।

सोही अवसरमा समुदायलाई विशेष योगदान पुर्याउने संस्थापक अध्यक्ष दयानिधि सापकोटा, पूर्व अध्यक्ष प्रेम कंडेल, प्रमुख अतिथि प्राचार्य हरिप्रसाद कंडेल, एकाउन्टेट प्रकाश भट्टराई, बिहुकोट समाज जापानका पूर्व अध्यक्ष अशोक शर्मा गोपाललगायतलाई सम्मान गरिएको थियो।

यसअघि नेटवर्कका अध्यक्ष गंगाप्रसाद कंडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिव कंडेलले स्वागत गरेका थिए भने महासचिव कुलपति न्यौपानेले प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष रमेश कंडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा शान्ति नेपाली समाजका पन्चेबाजा र कलाकार सुशिला गौतमको बेजोड सांगीतिक प्रस्तुतिबाट मनोरञ्जन गरिएको कार्यक्रम संयोजक छबिलाल कंडेलले जानकारी गराए ।

२०१४ मा स्थापित बिहुकोट हेल्प नेटवर्क यूके बेलायतमा च्यारिटीमा रजिस्टर भएर विभिन्न सामाजिक कार्यमा सक्रिय रहंदै आएको छ ।

106Shares
facebook sharing button
twitter sharing button
messenger sharing button

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com