काठमाडौं २१ साउन । परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग नेपालका लागि थाइल्यान्डका राजदूत स्वापोङ सिरिसोर्नले मन्त्रालयमा भेटवार्ता भएको छ।
भेटका अवसरमा नेपाल थाइल्यान्ड सम्बन्धका विविध पक्षका साथै आपसी हित र पारस्परिक सहयोगका विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली आउँदो सेप्टेम्बरको सुरुमा थाइल्यान्ड जाँदै छन्। थाइल्यान्डको बैंककमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास ९बिमस्टेक०को छैटौँ शिखर सम्मेलन हुँदै छ।
प्रधानमन्त्री ओली बिमस्टेक शिखर सम्मेलनमा जान लागेका भए पनि नेपाल सरकारले त्यसलाई द्विपक्षीय औपचारिक भ्रमणको रूप दिने प्रयास पनि गरिरहेको छ। यस सन्दर्भमा पनि भेटमा कुराकानी भएको मन्त्रालयका अधिकारीहरूले बताएका छन्।
बिमस्टेकमा भाग लिन प्रधानमन्त्री ओली थाइल्यान्ड जाँदै, लगत्तै अमेरिका भ्रमण








प्रतिक्रिया दिनुहोस्