काठमाडौं । कीर्तिपुर नगरपालिका १० ल्याबोरोटरी स्कुल नजिकै बागमति नदीमा फसेका ३ जनाको सशस्त्र प्रहरीको गोताखोर टोलीले सकुशल उद्दार गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० बिपद उद्दार गण सिनामंगलबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ५ जना गोताखोर सहित १५ जना र नं. १८ निलबाराही गण किर्तिपुरबाट १० जनाको टोलीले उनीहरुको उद्दार गरेको हो ।
उद्दार गरिएकाहरुमा हेटौंडाका उर्मिला लामा र अनिता लामा तथा खोटाङका धनराम लामा सशस्त्र प्रहरी सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।








प्रतिक्रिया दिनुहोस्