काठमाडौं ७ असार । दिल्ली उच्च अदालतले मुख्यमन्त्री अरविन्द केजरीवालको रिहाइ स्थगन गरेको छ। बिहीबार जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
त्यसविरोध इन्फोर्समेन्ट डिरेक्टोरेट ईडी उच्च अदालत पुगेको थियो। दिल्लीमा मदिरा बिक्रीको नियम बनाउँदा केजरीवालले घुस लिएको आरोप ईडीले लगाएको छ।
उच्च अदालतका न्यायाधीशद्वय सुधीरकुमार जैन र रवीन्द्र देदुजाको इजलासमा इजलासमा सो निवेदन पेस भएको थियो।
केजरीवालका वकिलले भने सो निवेदनको विरोध गरेका थिए।
तर, उच्च अदालतले यस विषयमा सुनुवाइ नहुञ्जेल धरौटीमा रिहाइ हुने तल्लो अदालतको आदेश लागू नहुने आदेश दियो।
आजै यस विषयमा उच्च अदालतमा सुनुवाइ सुरु भएको छ।
बिहीबार तल्लो अदालतकी न्यायाधीश नियाय विन्दुले केजरीवाललाई एक लाख भारतीय रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएकी थिइन्। एजेन्सी








प्रतिक्रिया दिनुहोस्