ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतसँग श्रीलङ्काको सक्रिय सहकार्य


एबीसी न्यूज
असार ६, २०८१ बिहीबार  ४ : ०४ बजे

काठमाडौं ६ असार । श्रीलङ्काका राष्ट्रपति रानिल विक्रमसिङ्घेले सौर्य तथा पवन उर्जामा, हरित हाइड्रोजन प्राप्ती जस्ता विभिन्न क्षेत्रमा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेको बताउनुभएको छ ।

उहाँले श्रीलङ्काले उद्योगको प्रतिस्पर्धात्मक क्षमता सुधारका लागि आवश्यक कोषको सुविधा दिने विकास बैंक स्थापना गर्न पनि खोजिरहेको बताउनुभयो ।

अन्तर्राष्ट्रिय उद्योग एक्सपो २०२४ को बुधबार आयोजित उद्घाटनलाई सम्बोधन गर्दै राष्ट्रपति विक्रमासिङ्घेले साना र मध्यम स्तरका उद्यमीहरूलाई सहयोग गर्न इन्टरप्राइज श्रीलङ्का नामक नयाँ इकाई स्थापना गर्ने योजना रहेको बताउनुभयो । श्रीलङ्काका राष्ट्रपतिले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यी पहलहरूबारे छलफल गरिसकेको उल्लेख गर्नुभयो ।

“हामी यी योजनामा भारतसँग सक्रिय रूपमा सहकार्य गरिरहेका छौँ । मैले प्रधानमन्त्री नरेन्द्र मोदीसँग यस विषयमा छलफल गरिसकेको छु र भोलि भारतीय विदेशमन्त्रीसँग थप छलफल हुने अपेक्षा गरेको छु,” उहाँले भन्नुभयो । अडानी कम्पनीले श्रीलङ्कामा आफ्नो काम सुरु गरेको उहाँले बताउनुभयो ।

यसबाहेक, भारतका विदेश मन्त्री एस जयशङ्करले जुन २० मा श्रीलङ्काको आधिकारिक भ्रमण गर्ने तयारी गरिएको विदेश मन्त्रालयले बुधबार जनाएको छ ।

आफ्नो भ्रमणको क्रममा भारतीय विदेशमन्त्रीले दुई देशबिचको साझेदारीका विस्तृत मुद्दाहरूमा श्रीलङ्काका नेतृत्वसँग बैठक गर्नुहुनेछ ।

“प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा नयाँ सरकार गठन भएपछि विदेशमन्त्रीको यो पहिलो द्विपक्षीय भ्रमण हुनेछ,” भारतीय विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् बताएको छ ।

“विदेशमन्त्री जयशङ्करको भ्रमणले आफ्नो सबैभन्दा नजिकको समुद्री छिमेकी र समय–परीक्षित मित्रको रूपमा भारतको निरन्तर प्रतिबद्धतालाई रेखाङ्कित गर्दछ,” विज्ञप्तिमा भनिएको छ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

सम्बन्धित

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

रबि–बालेन ‘अरुले बनाइदिएको गठबन्धन’ भएको कांग्रेसको निष्कर्षः देशभर भण्डाफो गर्ने !

घृणा तथा द्वेष फैलाउने रास्वपा कपिलवस्तुका संगठन प्रमुख रिखिराम भट्टराई पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com