ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुवेतमा ज्यान गुमाएका ४५ भारतीयको पार्थिव शरीर स्वदेश फिर्ता


एबीसी न्यूज

काठमाडौं ३२ जेठ । कुवेतको श्रम आवासमा आगलागी हुँदा ज्यान गुमाएका ४५ जना भारतीय नागरिकको पार्थिव शरीर बोकेको भारतीय विशेष वायुसेना विमान शुक्रबार बिहान कोच्चिका लागि उडेको कुवेतस्थित भारतीय दूतावासले जनाएको छ ।

“कुवेतमा आगलागीको घटनामा ज्यान गुमाएका ४५ जना भारतीयको पार्थिव शरीर बोकेको विशेष आईएएफ विमान कोच्चिका लागि उडेको छ’’, भारतीय दूतावासले सामाजिक सञ्जाल एक्समार्फत जानकारी गरायो ।

“जसले कुवेतका अधिकारीहरूसँग समन्वय गरेर छिटो स्वदेश फिर्ता सुनिश्चित गर्नुभएको भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंह पनि सोही विमानमा सवार हुनुहुन्छ’’, विज्ञप्तिमा भनिएको छ।

आगलागीमा ज्यान गुमाउने ४५ जना भारतीयमध्ये २३ जना केरलाका बासिन्दा थिए । यस घटनाले कुवेत र भारत दुवै समुदायमा शोकको लहर निम्त्याएको छ ।

आगलागीमा तमिलनाडुबाट ७ जना, आन्ध्र प्रदेशबाट ३, बिहार, ओडिशा, कर्नाटक, महाराष्ट्र, उत्तर प्रदेश, झारखण्ड, हरियाणा, पञ्जाब र पश्चिम बङ्गालबाट १–१ जना साथै केरलाका २३ जना भारतीय नागरिकले ज्यान गुमाएका छन् ।

कुवेतका अधिकारीहरूले आगलागीको कारण पत्ता लगाउन र प्रभावित परिवारलाई सहयोग गर्न अथक प्रयास गरिरहेका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो शोक व्यक्त गर्दै दुर्घटनाबाट प्रभावितहरूलाई सबै सम्भव सहयोग गर्ने आश्वासन व्यक्त गर्नुभएको छ ।

भारतको विदेश राज्यमन्त्री कीर्ति वर्धन सिंहले जुन १३ मा कुवेतको अस्पताल भ्रमण गर्नुभएको थियो जहाँ उहाँले मङ्गाफमा दुरुखद आगलागीको घटनापछि उपचार गराइरहेका भारतीय नागरिकहरूसँग कुराकानी गर्नुभयो ।

उहाँको भ्रमणले विदेशमा रहेका आफ्ना नागरिकहरूको कल्याण सुनिश्चित गर्ने भारतको प्रतिबद्धतालाई जोड दिन्छ र सङ्कटको समयमा अन्तर्राष्ट्रिय सहयोगको महत्त्वलाई प्रकाश पार्छ । रासस

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com