ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानका लागि क्यानडाको १ सय ७ रनको लक्ष्य प्रस्तुत


एबीसी न्यूज
जेष्ठ २९, २०८१ मंगलबार  ९ : ५८ बजे

 

न्युयोर्क २९ जेठ । एरोन जोनसनको अर्धशतकको मद्दतले क्यानडाले पाकिस्तानसामु जितका लागि १ सय ७ रनको लक्ष्य प्रस्तुत गरेको छ । नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिएको समूह ए अन्तरगतको खेलमा क्यानडाले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६ रन बनाएको हो ।

लो स्कोरिङ खेलहरु भइरहेको यस मैदानमा जोनसनले शानदार ब्याटिङ गर्दै ४४ बलमा ५२ रन जोडे । उनले यसक्रममा ४ चौका र ४ छक्का प्रहार गरे ।

कलिम सानाले १४ बलमा १३ रन बनाए । कप्तान साद बिन जाफरले २१ बलमा १० रनको योगदान दिए ।

पाकिस्तानका लागि ह्यारिस राउफ र मोहम्मद आमिरले २–२ विकेट लिए ।

दुवै टोलीको यो तेस्रो खेल हो । पाकिस्तान हालसम्म जितविहीन रहेको छ । टोलीलाई आज जित्दै पर्ने दबाब छ । क्यानडाले भने २ खेलमध्ये एकमा जित र एकमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देउवासँग संवाद जारी छ, कांग्रेस एक ढिक्का छ गगनथापा

अर्थ मन्त्रालयको प्रगति प्रतिवेदन; पुँजीगत खर्चमा गिरावट, राजस्व घाटा डेढ खर्ब

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com