ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा सरकार बनाउन नीतिश र नायडु निर्णायक


एबीसी न्यूज

काठमाडौं २३ जेठ । सात चरणमा सम्पन्न १८ औं लोक सभा निर्वाचनबाट भारतमा सबैभन्दा ठूलो दल भारतीय जनता पार्टी ९भाजपा० बनेको छ । तर उसले मत सर्वेक्षणको नतिजा जस्तो एकल बहुमत हासिल गर्न भने सकेन ।

भारतीय निर्वाचन आयोगका अनुसार भाजपा एक्लैले जम्मा २४० सिट जितेको छ । कांग्रेस एक्लैले ९९, समाजवादी पार्टी ९सपा०ले ३७ र त्रिणमुल कांग्रेस ९टीएमसी०ले २९ सिट जितेका छन् । ठूलो दलको हैसियतमा भाजपाले सरकार बनाउने तयारी गरेको छ ।

 

भाजपालाई पूर्ण बहुमत हासिल गर्नबाट रोकेर सरकार गठनमा निर्णायक बनेका दुई नेताहरु हुन् बिहारका मुख्यमन्त्री एवम् जनता दल युनाइटेड ९जदयु०का प्रमुख नीतिश कुमार र तेलगु देशम पार्टी ९टीडीपी०का अध्यक्ष चन्द्रबाबु नायडु ।

भाजपाका नेताहरुले यी दुई नेताहरुसँग सत्ता साझेदारीका लागि सम्वाद सुरु गरिसकेका छन् । भारतीय मिडियाहरुका अनुसार उनीहरुसँग ५ जुन ९बिहीबार० बैठक बस्ने तय भइसकेको छ ।

 

टीडीपीसँग १६ र जदयुसँग १२ गरी कुल २८ सिट छ । यो संख्यालाई गठबन्धन सरकार गठनमा निर्णायक मानिएको छ । यदि उनीहरु भाजपा नेतृत्वको एनडीए गठबन्धनमा सामेल नभए सरकार गठनका लागि बहुमत पुग्दैन । किनकी एनडिए गठबन्धनसँग जम्मा २६४ सिट हुन्छ । सरकार बनाउन बहुमतका लागि २७२ सिट चाहिन्छ ।

सन् २०१९ मा पहिलोपटक चन्द्रबाबु नायडुले एनडीए गठबन्धन विरुद्ध सबै विपक्षी पार्टीलाई एकजुट बनाउने कोसिस गरेका थिए ।

यसैगरी सन् २०२३ मा नितिश कुमारले कांग्रेस सहित सबै विपक्षी दलको बैठक बोलाएर विपक्षी इण्डिया गठबन्धन बनाउन भूमिका खेलेका थिए ।

बिहारमा दशकौंसम्म एनडीए गठबन्धनमा रहेर सरकारको नेतृत्व गरेका नितिश कुमारले चुनाव सुरु हुनुभन्दा केही महिना अगाडि मात्रै भाजपासँगको गठबन्धन तोडेका थिए ।

मुख्यमन्त्री बन्न पटक–पटक गठबन्धन तोड्ने र बनाउने गरेको भन्दै धेरैले उनको मजाक उडाएका थिए ।

यसपटकको लोक सभा चुनावमा नितिश कुमारको पार्टी जनता दल युनाइटेड ९जदयु०ले बिहारमा १२ सिट जितेको छ । भाजपाले पनि समान १२ सिट नै जितेको छ ।

जनता दल युनाइटेडले १४ र भाजपाले १७ उम्मेदवार चुनावी मैदानमा उतारेका थिए । चुनावी नतिजामा भाजपाको तुलनामा जनता दल युनाइटेडको प्रदर्शन राम्रो देखिएको छ । यद्यपि सन् २०१९ सँग तुलना गर्ने हो भने भाजपालाई पाँच र जनता दल युनाइटेडले चार सिट गुमाएका छन् ।

त्यसैले भाजपा बिहारमा नितिश कुमारलाई समर्थन नगरी नहुने स्थितिमा देखिएको छ । तर उनले पटक–पटक गठबन्धन फेर्ने गरेकाले उनलाई शंकाको दृष्टिले भने हेर्ने गरिएको छ ।

नायडुको शानदार कमब्याक

सन् २०१९ मा तीन सिट जितेको तेलगु देशम पार्टी ९टीडीपी०ले आन्ध्रप्रदेशमा पछिल्लो पटक १९ सिट जितेर शानदार कमब्याक गरेको छ । यसैगरी विधानसभा निर्वाचनमा पनि टीडीपीले १३५ सिट जितेको छ । यो सफलताको श्रेय चन्द्रबाबु नायडुलाई दिइएको छ ।

सन् १९९० को दशकमा गठबन्धन युगमा एचडी देवेगौडा र इन्दर कुमार गुजराललाई मुख्यमन्त्री बनाउन पनि नायडुले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । नायडु सबै राजनीतिक दलका लागि असल मित्र सरह रहेको भारतीय मिडियाहरुले लेखेका छन् ।

उनका छोरा नारा लोकेशले पार्टीका वरिष्ठ नेताहरुसँग एनडीए गठबन्धनमै रहने बताइसकेका छन् । यद्यपि अन्तिम निर्णय भने पार्टी अध्यक्ष नायडुले नै गर्ने छन् ।

यद्यपि नायडुले सामाजिक सन्जाल एक्समा गठबन्धनसँग मिलेर प्रदेश पुनर्निर्माण गर्ने र गौरव कायम राख्ने बताइसकेका छन् ।

भारतमा लगातार तेस्रो कार्यकाल प्रधानमन्त्री बन्न लागेका नरेन्द्र मोदीले पार्टी मुख्यालय परिसरमा विजय सभालाई सम्बोधन गर्दै बिहार र आन्ध्रप्रदेशमा भाजपा गठबन्धनलाई जिताउने श्रेय नितिश कुमार र नायडुलाई जाने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com