ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

करिब २५ टन प्लाष्टिकजन्य फोहोरमैला सुनकोशी नदीमा चुहावट हुनबाट रोकियो


एबीसी न्यूज

सिन्धुली, १८ जेठ । क्याप परियोजना अन्तर्गत क्रिएशन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन । शुक्रवार गोलन्जोर गाँउपालिकाको खुर्कोट –७ नदीको किनारमा विगत लामो समय देखि फोहोर डम्पिङ साइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलनगरी सफा गरेका छन ।
क्याप परियोजना अन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजना ले परिचालन गरेको युवा स्वयं सेवक(यूथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दा बढी सहभागिहरुले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । ‘क्याप परियोजना ’ नेपालमा प्लिज ९प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया० को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने, यूनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम ९साकेप० द्वारा लागु गरिएको हो ।

सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागि भएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नु पर्ने काम क्रिएशनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताए । उनले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको छ चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सन्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताए । अगाडि थप्दै उनले भने, गोलन्जोरमा फोहोरमैला व्यवस्थापन एक गम्भीर समस्याको रुपमा छ, झन प्लास्टिकका बोतलहरू जताततै पाइन्छ । नागरिक स्तरबाटै यसलाई न्युनिकरण गर्नुपर्नेमा उनले जोड दिए ।
क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिए । उनले भने, हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामीसबैलाई भित्रबाट आउनु पर्छ, ।

उनले हामीले भविष्यका सन्ततीलाई सफा पहाड र हिमाल छोड्ने कि प्रदूषित चिन्तन गर्नुपर्ने बताए । हामीले आज गरेको राम्रो कार्य, हाम्रो देश र हाम्रो समुदायको लागि मात्रै नभई हाम्रो भावी पुस्ताका लागि राम्रो वातावरण सुनिश्चित गर्ने हो विशाल उदेश्यका लागि गरिएको बुझ्नुपर्ने अध्यक्ष मिश्रले बताए । मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे ।

क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा हामी सबै गोलन्जोरमा नदी सरसफाईको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाई अभियान एक साथ सँगै सञ्चालन गर्ने बताए । उनले परियोजना सन्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरुका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाई अभियान सन्चालन गरिने बताए । गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्धारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com