ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुस–युक्रेन युद्धमा विराजनको मृत्यु, कुशको शव बनाएर आफन्तले गरे अन्त्येष्टि


एबीसी न्यूज

काठमाडौं २७ बैशाख । रुसी सेनामा भर्ना भएका कञ्चनपुरका विराजन विष्टको मृत्यु भएको खबर पाएपछि उनका परिवारका सदस्यहरूले कुशको शव बनाएर अन्त्येष्टि गरेका छन् ।

परिवारका सदस्य र आफन्तहरूले कञ्चनपुरको भुजेला घाटमा बिहीबार बिहान विराजनको अन्त्येष्टि गरेका हुन् ।

कञ्चनपुरको बेदकोट नगरपालिका ९ सुन्दरपुरका बासिन्दा विराजन पूर्वनेपाली सेनासमेत हुन् ।

विराजन विष्ट र निराजन विष्ट दाजुभाइ नै रुसी सेनामा भर्ना भएका थिए । गत शनिबार बंकरभित्र विष्फोट भएर विराजनको मृत्यु भएको खबर उनका साथीहरुमार्फत घरका सदस्यहरूले पाएका थिए ।   नेपाल सरकारबाट भने विराजनको मृत्युको पुष्टि भएको छैन ।

रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई सकुशल उद्धारको पहल गर्न माग गर्दैै अभियान चलाउँदै आएकी कृतु भण्डारीले विराजनको मृत्यु युक्रेनको भूमिमा भएको जानकारी आफूले पाएको बताइन् ।

‘विराजन र निराजन दाजुभाइ सँगै रहेछन्,’ कृतुले  भनिन्, ‘भाइलाई तँ बाहिर बस्, म बंकर क्लियर गरेर आउँछु भनेर भित्र छिरेको बेला विष्फोट भएर विराजनको मृत्यु भएको रहेछ ।’

कृतुले अघि भनिन्, ‘भाइ निराजनले म यो घटना भाउजूलाई सुनाउन सक्दिनँ, तिमीहरूले सुनाइदिनू भनेपछि सँगै भएका अर्का एक नातेदारले घरमा जानकारी दिएका रहेछन् ।’ आफूले भने निराजनबाटै विराजनको मृत्युको पुष्टि गरेको कृतु बताउँछिन् ।

अनलाइनखबरसँग सुरक्षित एक अडियो रेकर्डमा एक व्यक्तिले रुँदै भाउजू सम्बोधन गर्दै विराजन यो ‘संसारमा नरहेको’ कुरा गरेका छन् । विराजनको मृत्युको जानकारी दिने व्यक्ति को हुन् भन्ने विवरण अडियोमा खुल्दैन ।

परराष्ट्र मन्त्रालय भन्छ– हामीलाई जानकारी छैन

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले भने विराजनको मृत्युको विवरण आफूहरूलाई प्राप्त नभएको बताए । ‘विराजनको मृत्युको जानकारी परराष्ट्र मन्त्रालयमा छैन,’ राईले अनलाइनखबरसँग भने, ‘यसबारे मैले कन्सुलरलाई पनि सोधें, त्यहाँ पनि थाहा छैन ।’

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले पनि विराजनको मृत्युबारे अनभिज्ञता प्रकट गरेको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले विराजनको मृत्यु भएको आधिकारिक जानकारी प्रशासनलाई नभएको बताए ।

रुसी सेनामा आवद्ध नेपालीको जीवन रक्षार्थ अभियानकी अभियन्ता भण्डारीले रुस–युक्रेन युद्धमा परेर नेपालीहरूको मृत्यु भएको खबर दिनहुँजसो आइरहेको बताउँछिन् । हालसम्म रुसी सेनामा गएका ४१ जना नेपालीको मृत्यु भइसकेको खबर आएको उनले बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com