ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकाको टेक्सासमा बाढी प्रभावित क्षेत्रबाट छ सयभन्दा बढीको उद्धार


एबीसी न्यूज
बैशाख २३, २०८१ आईतबार  २ : २४ बजे

काठमाडौं २३ बैशाख । अमेरिकाको चौथो ठुलो सहर टेक्सासको ह्युस्टन वरपरको बाढीग्रस्त क्षेत्रबाट छ सयभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ । बाढीको कारण जोखिम बढ्ने र थप वर्षाको पूर्वानुमान गरिएको छ ।

राष्ट्रिय मौसम सेवाले सामाजिक सञ्जालमा अर्को चरणको भारी वर्षाको सम्भावना शनिबार ढिलो वा आइतबारसम्म हुने जनाएको छ ।

ह्युस्टनबाट ३० माइल ९५० किलोमिटर० उत्तरपूर्वमा रहेको स्प्लेन्डोरा सहर नजिकै गत पाँच दिनमा २१ इन्च ९५३ सेन्टिमिटर० भन्दा बढी पानी परेको मौसम सेवाले जनाएको छ ।

ह्यारिस काउन्टीका न्यायाधीश लिना हिडाल्गोले एक पत्रकार सम्मेलनमा काउन्टीका विभिन्न क्षेत्रबाट झण्डै एक सय ८० जना मानिस र एक सय २२ जना घरपालुवा जनावरको उद्धार गरिएको बताउनुभयो ।

स्थानीय मिडियाले पोल्क काउन्टीमा एक सय जनाभन्दा बढी र मोन्टगोमेरी काउन्टीमा चार सयभन्दा बढीको उद्धार गरेको बताएका छन् ।

हिडाल्गोले बिहीबार सान ज्याकिन्टो नदीको पूर्वी फोर्कमा रहेको ह्युस्टन क्षेत्रका बस्तीलाई अनिवार्य खाली गर्न आदेश दिनु भएको छ र त्यहाँका बासिन्दालाई सकेसम्म चाँडो आफ्नो घर छोड्न आग्रह गरिएको थियो ।

ह्युस्टन सहरका अधिकारीले शनिबार यस क्षेत्रमा करिब एक हप्तामा करिब चार महिना बराबरको वर्षा भएको जनाएका छन् । तथापि, यहाँ हालसम्म कसैको मृत्यु वा घाइतेको खबर आएको छैन । राससरसिन्ह्वा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com