ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्रह्माकुमारीजबाट कर्मचारीलाई सकारात्मक सोंच र सुशासनबारे प्रशिक्षण


abc tv

ललितपुर । ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ललितपुर र अधिकृत समाज ललितपुरले ललितपुर जिल्लामा कार्यरत राष्टसेवक कर्मचारीहरुका लागि एक दिने सकारात्मक सोच, सुशासन एवं सिर्जनात्मक जीवन शैली उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका निर्देशक राजयोगिनी डा. राज दादीमाँको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले गरेका थिए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र नेपालका वरिष्ठ राजयोग प्रशिक्षक रामसिंह ऐरले सकारात्मक सोच, सुशासन एवं सिर्जनात्मक जीवन शैलीबारे प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रशिक्षक तथा उत्प्रेरक ब्रह्माकुमार राजु घलेले प्रस्तुति दिँदै दुःख पीडाको कारक आफै भएकाले समाधान पनि आफै भएको स्पष्ट पारे । उनले शान्ति, खुशी आनन्दलाई भन्दा मानिसहरु धनलाई महत्व दिन कारण पनि सुसंस्कार आवश्यक रहेको बताए ।

देशबासीको सोंच बिग्रिएको र सुसंस्कारको आवश्यकता औंल्याउँदै उनले ‘इलेक्सन’बाट आएकाहरु क्षणिक समयका लागि काम गर्ने र ‘सेलेक्सन’बाट आएकाहरुले जनताको सेवा लामो समय गर्ने भएकाले सकारात्मक सोंचका साथ जनसेवा गर्न कर्मचारीहरुर्लाइ सुझाव दिए ।

कार्यक्रममा जिल्ला अदालत ललितपुरका न्यायाधीश ऋषिराम आचार्यले प्रशिक्षणबाट आफूहरुमा सकारात्मक सोंचको अभिवृद्धि भएको भन्दै कर्मचारीहरुको सेवा प्रवाहमा यस किसिमको कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

ब्रह्माकुमारी राजयोग सेवा केन्द्र ललितपुरले कर्मचारीहरुसँगको सहकार्यमा यस किसिमको कार्यक्रम प्रत्येक वर्ष आयोजना गर्दै आएको छ ।

वर्तमान समयमा बढ्दो मानसिक तनाव व्यवस्थापनका लागि सेवा केन्द्रले राजयोग साधनाद्वारा प्रशिक्षण प्रदान गर्दै आएको छ ।

मनोविकारका कारण दुःख र पीडा दिने मनुष्य आत्मालाई पवित्रता, राजयोगको अभ्यास र दिव्य गुणद्वारा श्रृंगार गर्ने अविभारा सेवा केन्द्रले लिँदै आएको छ ।

बह्माकुमारी राजयोग सेवा केन्द्रले विगत ५० वर्षदेखि नेपालमा सेवा प्रदान गर्दै आएको छ । सेवा केन्द्रहरुबाट नेपालभर ५० हजार भन्दा बढी आत्माले राजयोगको शिक्षा प्राप्त गरेर आफ्नो जीवन सफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com