ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ वैज्ञानिकले पत्ता लगाए अन्टार्कटिकामा ४६ वटा सबग्लेसियल ताल


एबीसी न्यूज

काठमाडौं ९ बैशाख । चिनियाँ वैज्ञानिकहरूले एक नयाँ विश्लेषण विधि प्रयोग गरी पूर्वी अन्टार्कटिकामा बरफको पत्रमुनि ४६ वटा सबग्लेसियल ताल फेला पारेका छन् ।

अन्टार्कटिका दुई हजार चार सय मिटरभन्दा बढीको औसत मोटाइसहित विशाल बरफले ढाकिएको छ । यस बरफको पत्रमुनि असङ्ख्य सबग्लेसियल तालहरू छन् ।

पोलार रिसर्च इन्स्टिच्युट अफ चाइना ९पिआरआइसी० को अनुसन्धान समूहका नेता ताङ जुयुआनका अनुसार पग्लिँदै गरेको बरफको धाराहरू यसको पत्रमुनिको खाडलमा बग्दा सबग्लेसियलहरू बन्छन् ।

“बरफको पत्रको गतिशीलता, पानीमुनि जम्ने प्रक्रिया, सबग्लेसियल भू–रासायनिक चक्रका साथै जीवनको विकास बुझ्नका लागि अन्टार्कटिकामा सबग्लेसियल तालहरूको अध्ययन महत्त्वपूर्ण छ”, ताङले भन्नुभयो ।

वैज्ञानिकहरूले भेरिएसनल अटोएनकोडर ९भिएई० प्रयोग गरी बरफ राडारमा देखाइएको बरफको तल्लो प्रतिबिम्बको वेभफर्म सुविधाको विश्लेषण गर्न नयाँ विधि प्रस्तुत गरेका छन् ।

उक्त विधि प्रयोग गरेर अनुसन्धान टोलीले पूर्वी अन्टार्कटिकाका गम्बर्टसेभ सबग्लेसियल पर्वतहरूको एजिएप–एस क्षेत्रमा बरफ राडार छविको व्यापक स्क्यान गरेको छ । परम्परागत विधिहरूले पहिचान गरेको भन्दा ज्यामितीय रूपरेखा धेरै सानो भएका ४६ वटा सबग्लेसियल तालको अस्तित्व रहेको नतिजाले देखाएको छ ।

यस नयाँ विधिले सबग्लेसियल ताल खोजको दक्षता र शुद्धतामा उल्लेखनीय सुधार गरेको र अन्टार्कटिकामा अन्य प्रकारका सबग्लेसियल वातावरण पत्ता लगाउन र लेबलिङलाई विस्तार गर्न सकिने विश्वास गरिएको छ ।

उक्त अनुसन्धान पिआरआइसी, चाइना युनिभर्सिटी अफ जियोसाइन्सेस ९वुहान० र दक्षिणी विश्वविद्यालय विज्ञान तथा प्रविधिको टोलीले संयुक्तरूपमा गरेको हो । हालसम्म विश्वभरका वैज्ञानिकहरूले अन्टार्कटिक बरफको पत्रमुनि कुल छ सय ७५ सबग्लेसियल ताल पत्ता लगाएका छन् । राससरसिन्ह्वा

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com