ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायलले सुरु गर्‍यो इरानमाथि हमला, इरानद्वारा अस्वीकार


एबीसी न्यूज

काठमाडौं ७ बैशाख । इजरायलले इरानमा मिसाइल आक्रमण गरेको छ । इरानको सरकारी मिडियाका अनुसार इजरायलको आक्रमण पछि एयर डिफेन्स सिस्टमलाई प्रान्तहरुमा सकृय बनाइएको छ ।

इरानको समाचार एजेन्सीका अनुसार उत्तर पश्चिमी शहर इस्फहान लगायतका प्रान्तहरुमा शुक्रबार बिहान विष्फोटको आवाज सुनिएको छ ।

इस्फहानमा इरानी सेनाको ठूलो एयर बेस छ । परमाणु हतियारसँग सम्बन्धित स्थानहरु पनि यही क्षेत्रमा छन् ।

इरानले भन्यो( हमला भएको छैन

इरानले भने आफ्नो भूमिका कुनै पनि प्रकारको हमला नभएको जनाएको छ । इरानी स्पेस एजेन्सीका प्रवक्ता हुसैन दालिरियनले भनेका छन्, इस्फहान या देशका कुनै पनि भागमा वाहिरबाट हवाई हमला भएको छैन ।’

इजरायलले केबल ड्रोन मात्र उडाएको र ती ड्रोनलाई खसालिएको इरानको भनाइ छ । इरानको सरकारी मिडियाले इस्फहानस्थित परमाणु हतियारसँग सम्बन्धित क्षेत्रको भिडियो जारी गर्दै उक्त क्षेत्र पूर्णरुपमा सुरक्षित रहेको जनाएको छ ।

इरानले हवाई प्रतिबन्ध लगाइएका क्षेत्र पनि फुकुवा गरिएको जनाएको छ ।

गत १ अप्रिलमा सिरियाको राजधानी दमास्कसमा रहेको इरानको वाणिज्य दूतावासमा इजरायलले हवाई आक्रमण गर्दा सैन्य कमाण्डरसहित सात जनाको मृत्यु भएपछि दुई देशबीच तनाव बढेको थियो । त्यो हत्याको बदलास्वरुप इरानले एक साता अघि इजरायलमा हवाई हमला गरेको थियो । त्यसपछि रुष्ट इजरायलले इरानमाथि आक्रमण सुरु गरेको अमेरिकी अधिकारीहरुले बताएका थिए ।

इजरायल र इरानबीच बढ्दो तनावले विश्वभर तरंग सिर्जना भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com