ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जर्मनीका सोल्सले चिनियाँ राष्ट्रपति सीसँग युक्रेनमा ‘केवल शान्ति’ बारे छलफल गर्ने


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । जर्मन चान्सलर ओलाफ सोल्सले मङ्गलबार चीनका राष्ट्रपति सी जिनपिङसँग युक्रेनमा ‘न्यायपूर्ण शान्ति’ बारे छलफल गर्ने बताउनुभएको छ ।

“राष्ट्रपति सीसँगको मेरो भेट हामी कसरी युक्रेनमा न्यायपूर्ण शान्तिका लागि थप योगदान दिन सक्छौँ भन्ने कुरामा केन्द्रित हुनेछ”, सोल्सले सामाजिक सञ्जाल एक्समा एक पोस्टमा भन्नुभयो, “मेरो पछिल्लो चीन भ्रमणदेखि नै हाम्रा सरकारबिच गहन आदानप्रदान भएको छ ।”

यसअघि सोल्सले बर्लिनको सबैभन्दा ठूलो व्यापारिक साझेदार बेइजिङको तीन दिने भ्रमणको अन्तिम दिन चिनियाँ राष्ट्रपति सीलाई भेटेको र दुवैले राजधानीमा डियाउटाई स्टेट गेस्टहाउसमा अनौपचारिक छलफल गर्ने चिनियाँ सञ्चारमाध्यमहरूले बताएका थिए ।

सोल्सको लक्ष्य व्यापार सम्बन्धलाई बलियो बनाउनु रहेकाले भ्रमणले उहाँलाई दक्षिणपश्चिमी मेगासिटी चोङकिङ, आर्थिक महाशक्ति साङ्घाई र राजधानी बेइजिङ लगेको छ । चान्सलर सोल्सको आइतबारदेखि मङ्गलबारसम्मको चीन भ्रमणमा मन्त्री र व्यावसायिक अधिकारीहरूको एउटा ठूलो प्रतिनिधिमण्डल पनि गएको छ । पदभार ग्रहणपछि यो उहाँको दोस्रो चीन भ्रमण हो ।

मङ्गलबार उहाँले चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग भेट गर्ने र जर्मन–चिनियाँ आर्थिक समितिसँग बसेर पत्रकार सम्मेलन गर्ने अपेक्षा गरिएको छ । जर्मनीका धेरै पश्चिमी सहयोगीहरू व्यापारिक मुद्दाहरूमा चीनको सामना गरिरहेका बेला सोल्सको चीन भ्रमण भएको छ ।

ब्रसेल्समा चिनियाँ सौर्य प्यानल, विद्युतीय कार र वायु टरबाइनका लागि राज्य सहयोगको अनुसन्धान भइरहेको छ । यसैबीच अमेरिकाले कारहरूमा चिनियाँ प्रविधिबाट उत्पन्न राष्ट्रिय सुरक्षा जोखिमहरूको अनुसन्धान गरिरहेको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com