ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इजरायल आक्रमणपछि इरानद्वारा आणविक केन्द्र बन्द


एबीसी न्यूज

काठमाडौं ४ बैशाख । इरानले सप्ताहन्त्तमा इजरायलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्ना आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी ९आइएइए०का प्रमुख राफेल ग्रोसीलाई आक्रमाणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजरायली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ भनी प्रश्न गरेका थिए ।

“हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार आणविक केन्द्रहरू पुनः खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ ।”

दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतबार राति इजरायलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजरायली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजरायल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजरायली प्रतिशोधका बारेको चिन्ताहरूले पुनः क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजरायलले पहिला पनि यस क्षेत्रमा आणविक स्थलहरू विरुद्ध कारबाही गरिसकेको छ ।

सन् १९८१ मा वासिङ्टनले विरोध गरे पनि इजरायलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्षअघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला सुरु गरेको स्वीकार गरेको थियो ।

तेहरानले इजरायलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसको प्रयोगमार्फत परिष्कृत साइबर हमलाका कारण युरेनियम संवर्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिफ्युजमा शृङ्खलाबद्ध तरिकाले खराबी आएको थियो । तेहरानले यसका लागि इजरायल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो ।

इजरायलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ । राससरएएफपी

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com