ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अमेरिकालाई थप फिलिपिन्स सैन्य अड्डामा पहुँच दिन मार्कोसद्वारा अस्वीकार


एबीसी न्यूज
बैशाख ३, २०८१ सोमबार  ४ : ३४ बजे

काठमाडौं ३ बैशाख । फिलिपिन्सका राष्ट्रपति फर्डिन्यान्ड मार्कोसले सोमबार अमेरिकालाई थप फिलिपिन सैन्य अड्डासम्म पहुँच नदिइने बताउनुभएको छ ।

अमेरिका, जापान र फिलिपिन्सबिच त्रिपक्षीय सम्मेलनको केही दिनपछि मार्कोसको उक्त टिप्पणी आएको हो । सम्मेलनमा विवादित दक्षिण चीन सागरको तनाव एजेन्डाको शीर्षमा रहेको थियो ।

जलमार्ग र ताइवानको नजिक भएका कारण फिलिपिन्स क्षेत्रीय गठबन्धनलाई बलियो बनाउने अमेरिकी प्रयासहरूमा एउटा प्रमुख केन्द्र हो । ताइवानलाई चीनले आफ्नो भूमि भएको दाबी गर्दछ ।

मनिलाले गत वर्ष इडिसिए भनेर चिनिने सन् २०१४ को इनहान्स्ड डिफेन्स कोअपरेसन एग्रिमेन्टअन्तर्गत सहमत भएका पाँच मध्ये अमेरिकी सेनालाई प्रयोग गर्न अनुमति दिने शीर्ष चार वटा सैन्य अड्डाको घोषणा गरेको थियो । यो सम्झौताले अमेरिकी सेनालाई रक्षा उपकरण र आपूर्तिलाई घुमाउन र भण्डारण गर्न अनुमति दिन्छ ।

थप इडिसिए साइटका बारेमा सोधिएको एएफपीको प्रश्नमा मार्कोसले भन्नुभयो, “यसको उत्तर छैन, फिलिपिन्सको थप इडिसिए आधार खोल्ने वा स्थापना गर्ने कुनै योजना छैन ।” उहाँले फिलिपिन्सका विदेशी पत्रकार सङ्घसँगको मञ्चमा आफ्नो टिप्पणी व्यक्त गर्नुभएको हो । मञ्चमा फिलिपिन सेनाका सदस्य र विदेशी कूटनीतिहरू सहभागी हुनुहुन्थ्यो ।

गत साताको त्रिपक्षीय बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो सन्धि सहयोगी मनिलाको रक्षाका लागि वासिङ्टको ‘दृढ समर्थन’ को प्रतिबद्धता दोहोर्याउनुभयो ।

यद्यपि दुवै मुलुकबीच जटिल इतिहास छ र हालैका वर्षहरूमा दुवै मुलुकबीच सम्बन्धमा उतारचढाव देखिएको छ । तर पनि उनीहरू सन् १९५१ को पारस्परिक रक्षा सन्धिमा बाँधिएका छन् ।

बाइडेन प्रशासनका शीर्ष अधिकारीहरूले दक्षिण चीन सागरमा कतै पनि फिलिपिनको सार्वजनिक जहाज, विमान, सशस्त्र बलहरू वा तटरक्षकहरूविरुद्ध ‘सशस्त्र आक्रमण’ सन्धिलाई लागु गर्ने बारम्बार दोहोर्याउँदै आएका छन् । हालैका वर्षमा तनावपूर्ण बनेको सम्बन्धलाई दुवै मुलुकले सुधार ल्याउने प्रयास गर्दा गत वर्ष इडिसिएको विस्तार भएको थियो । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com