ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेशस्तरीय मेयरकप साइक्लिङको उपाधि बोहरा र बुढामगरलाई


एबीसी न्यूज
बैशाख २, २०८१ आईतबार  ३ : ०५ बजे

काठमाडौं २ बैशाख । प्रदेशस्तरीय मेयर कप कोहलपुर–देउराली अपहिल साइक्लिङ प्रतियोगीको उपाधि पुरुषतर्फ देवबहादुर बोहरा र महिलातर्फ हुमी बुढामगरले जितेका छन्।

बोहराले निर्धारित २३ किमीको दुरी ५६ मिनेट १९ सेकेण्डमा पार गर्दै प्रथम हुनुभयो। सोही दुरी १ घण्टा ९ मिनेट १८ सेकेण्डमा पार गर्दै महिलातर्फ बुढामगर प्रथम भएको आयोजक स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले जनाएको छ।

कोहलपुर नगरपालिकाको मुख्य प्रायोजन तथा गोरखा युनाइटेड पब्लिक स्कुल, कोहलपुर र नागरिक पोलिक्लिनिक, कोहलपुरको सहप्रायोजनमा नयाँ वर्षको अवसर पारेर भएको प्रतियोगितामा पुरुषतर्फ जंगु थारु द्वितीय र गगन नेपाल तृतीय हुनुभयो। महिलातर्फ रुपा थारु द्वितीय र टिका थारु तृतीय हुनुभयो। पुरुष र महिलातर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ३०, २५ र २० हजार रुपियाँ, र प्रमाणपत्र पाउनुभयो।

स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरले दोस्रो पटक आयोजना गरेको प्रतियोगितामा लुम्बिनी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका २८ खेलाडी सहभागी थिए। पुरुष १९ जना र महिला ९ जना प्रतियोगितामा सहभागी भएको स्वर्गद्वारी साइक्लिङ क्लब कोहलपुरका संरक्षक केशर बहादुर आलेले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

इलाममा भूकम्पको धक्का

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

सम्बन्धित

अमेरिकाका लागि एसियाबाट सिक्नुपर्ने पाठहरू

निर्वाचनलाई मिथ्या सूचना र सूचना हेरफेरको ‘परीक्षण स्थल’ बनाउने जोखिमप्रति गम्भीर चिन्ता के हो ?

झापा–५ मा चुनावी सक्रियता बढाउँदै ओली (१० तस्बिर)

आजदेखि दसौँ टी–२० विश्वकप

‘बालेन लहर’ भित्रको राजनीति: कोर टीमदेखि हितैषीसम्म उम्मेदवार, सुधनका लागि सोनी किन परिन् ओझेलमा?

सामाजिक सञ्जालमा प्रहरीको उच्च निगरानी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com