ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्रमा क्रमिक सुधार हुने प्रक्षेपण


एबीसी न्यूज

काठमाडौं ३० चैत । नेपालको अर्थतन्त्रमा क्रमिक रूपमा सुधार आउने एसियाली विकास बैङ्क ९एडिबी० ले जनाएको छ ।

एडिबीले बिहीबार सार्वजनिक गरेको ‘एसियन डेभलपमेन्ट आउटलुक’ ले चालु आर्थिक वर्ष २०८०र८१ मा नेपाली अर्थतन्त्रले बजार मूल्यमा ३।६ प्रतिशतको वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको हो । जुन गत आवको १।९ प्रतिशतको वृद्धिदरको तुलनामा केही बढी रहेको उल्लेख गरिएको छ ।

मौद्रिक नीतिमा क्रमिक लचकतासँगै उपभोक्ता र लगानीकर्ताको आत्मविश्वासमा सुधारसँगै आर्थिक गतिविधि प्रोत्साहित हुने अपेक्षा गरिएको नेपालका लागि एडिबीका राष्ट्रिय निर्देशक आर्नो कोस्वाले बताउनुभयो । “यसका अतिरिक्त सरकारले आवको पछिल्लो छ महिनामा पुँजीगत खर्चमा दिएको तीव्रता र आव २०८०र८१ को अन्त्यसम्म थप जलविद्युत् परियोजनाको उत्पादन सुरु भई उद्योगको वृद्धि हुँदै जाने प्रक्षेपण गरिएको छ,” उहाँले भन्नुभयो ।

आउटलुकका अनुसार कर्जा नियन्त्रणमा सहजता, ब्याजदरमा थप गिरावट र पर्यटन आयमा विस्तारले तथा सेवा क्षेत्रको वृद्धिले पनि गति लिने छ । धान उत्पादनमा वृद्धि भए पनि हिउँदे वर्षामा कमीका कारण हिउँदे बाली र अन्य कृषि उत्पादनमा आएको कमीले कृषि क्षेत्रमा गत आवको २।७ प्रतिशतको तुलनामा २।८ प्रतिशतको सीमान्त वृद्धि हुन सक्ने उल्लेख गरिएको छ ।

पेट्रोलियम पदार्थको मूल्यमा देखिएको गिरावट र भारतमा मुद्रास्फीति न्यूनीकरणसँगै नेपालमा औसत मुद्रास्फीति घट्ने एडिबीको प्रक्षेपण छ । यस्तो मुद्रास्फीति गत आवको ७।७ प्रतिशतको तुलनामा चालु आवमा ६।५ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

मुलुकको बाह्य क्षेत्र जोखिम भने नियन्त्रणभित्रै रहेको देखाइएको छ । आवको पहिलो छ महिनामा बचतमा रहे पनि चालु खाता पुनः घाटामा जान सक्ने सम्भावना आउटलुकले देखाएको छ । अघिल्लो आवको पहिलो छ महिनासँग तुलना गर्दा वार्षिक व्यापार घाटा ४।७ प्रतिशतले घटेको र विप्रेषण आप्रवाह २२।६ प्रतिशतले वृद्धि भएको उल्लेख छ ।

चालु खाता बचत एक अर्ब २० करोड अमेरिकी डलर पुगे पनि चालु आवको बाँकी अवधिमा उच्च आयात र स्थिर विप्रेषण आप्रवाहले चालु आवमा चालु खाता घाटा कुल गार्हस्थ उत्पादनको ०।७ प्रतिशत प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । “विश्व अर्थतन्त्रमा देखा पर्न सक्ने शिथिलताले नेपालको पर्यटन तथा विप्रेषण प्राप्तिमा प्रभाव पर्न गई चालु आवको आर्थिक परिदृश्यमा ह्रास आउने जोखिम रहेको छ,” एडिबीका प्रमुख अर्थशास्त्री इयान हासिनले भन्नुभयो ।

यसबाहेक गहिरिँदो भूराजनीतिक हलचलले आपूर्ति शृङ्खलामा हुन सक्ने अवरोधले विश्वव्यापी मुद्रास्फीति र वित्तीय अवस्थामा कडाइ सिर्जना गर्न सक्नेतर्फ एडिबीले सचेत गराएको छ ।

यसले आन्तरिक मौद्रिक नीति कसिलो बनाउन प्रेरित गर्नुका साथै लगानी र उपभोगमा ह्रास आई आर्थिक वृद्धिलाई तल धकेल्न सक्ने प्रक्षेपण पनि गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com