ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुम्लामा पुगेर राष्ट्रिय सोच बनाउनु पर्ने पूर्वराजा शाहको रोदन


एबीसी न्यूज
चैत्र २४, २०८० शनिबार  ५ : ०३ बजे

काठमाडौं २४ चैत । पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पुरानो गौरव फर्काउनका लागि जुट्नुपर्ने भन्दै बासी रोदन फेरि व्यक्त गरेका छन् ।

शनिबार जुम्लाको खलङ्गाको एक कार्यक्रममा पूर्वराजा शाहले कालिकोट, मुगु, हुम्ला, डोल्पाजस्ता जिल्लामा अथाह धन धान्य भए पनि त्यसको सदुपयोग गर्न नसकिएको भन्दै अब जुट्नुपर्ने बेला आएको बताए।

‘आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ, तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैनरु तर खैरु त्यसैले म भन्छु– अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ,ँ उनले अपिल गर्दै भनेका छन्।

नयाँ समझदारी, संवाद, वार्तालाप र सर्वपक्षीय सम्मेलनको निष्कर्ष निकाल्नुपर्ने पूर्वराजा शाहको भनाइ छ।

‘अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ,’ उनले भनेका छन्।

पूर्वराजा शाहको सम्बोधनः
उपस्थित महिला तथा सज्जनवृन्द,

प्राचीन ऐतिहासिक स्थल जुम्लाको खलङ्गामा आइपुगेर यहाँका स्वाभिमानी जनता जनार्दन सामु उभिन पाउँदा ( म गौरव अनुभव गर्दछु। यो सुन्दर स्थलमा उपस्थित भइरहँदा मलाई आफ्ना गौरवशाली पिता पुर्खाको पनि सुखद संस्मरण भइरहेको छ। साँच्चै नै जुम्ला हामीहरूको राष्ट्रियता, हाम्रो भाषा, हाम्रो धर्म संस्कृति र हाम्रो सुन्दर सुसम्पन्न प्रकृतिको दिव्य धरोहर हो।

नेपाल राष्ट्रको एकीकरण हुनु अघि बाइसे चौबीसे राज्य चरणमा पनि जुम्ला, सिञ्जा सभ्यताको केन्द्र स्थलको रूपमा रहेको इतिहास छ। चन्दननाथले पहाड खोपेर तलाउ क्षेत्र खलङ्गामा तलाङ बस्ती बसाएको, धौला र गरल जुम्ल्याहा डाँडा भएकोले जुम्ला नाम रहन गएको ऐतिहासिक तथ्य भेटिन्छ। अनेकौँ अग्ला चुचुरा, भीर, पाखा, खोँच र केही मैदानी खोला खोल्सीले भरिपूर्ण जुम्ला ( कर्णाली, तिला र सिँजा नदीद्वारा सिञ्चित उर्वर र वैभवको थलो मानिन्छ। नेपालगञ्ज, दार्चुला, तुला, ताक्लाकोट सम्मको व्यापारिक पहुँच राख्ने यो क्षेत्र ( खेतीपाती, भेडा, चौँरी र घोडा पालनका हिसाबले महत्त्वपूर्ण रह्यो। कालो मार्सी धान, स्याउ, ओखर, केशर र अनेक प्रकारका बागवानी र वन्य वनस्पति जन्य जडीबुटी ( जुम्लाका आफ्नैपनमा आधारित विशिष्टताहरू हुन्।

कर्णाली महानदी प्रवाहबाट उठेर भरिपूर्ण प्रकृति बोकेको यहाँका पहाड, पर्वत, खाँच, खोला, खोल्सी हेर्दा देख्दा र बुझ्दा लाग्दछ हामी यहाँका वासिन्दा अत्यन्तै सहृदयी, अत्यन्त कर्मनिष्ठ र परस्परमा अत्यन्त आत्मीय छौँ। आत्मीयता तथा राष्ट्रियता नै हाम्रो ठुलो बल हो। अनेकतामा एकता र आफ्नो विरासती ऐतिहासिक गौरवप्रति आस्था नै हाम्रो ठुलो पुँजी हो। कर्णाली सभ्यताले यही यथार्थ उजागर गर्दछ।

आज देश कता जाँदैछ, तपाईंहरूलाई थाहै छ। हाम्रो अपार सम्पदा हुँदाहुँदै पनि हामी परनिर्भरता तिर गइरहेका छौँ ( आफ्नै भूगर्भ भित्र अथाह धन धान्य छ ( तर खानका लागि काम खोज्न हामी भौतारी राखेका छौँ। कालिकोट, मुगु, हुम्ला, डोल्पा र यहाँ के छैनरु तर खैरु त्यसैले भन्छु ( अब हामी राष्ट्रको पुरानो गौरव फर्काउनका लागि जुटौँ, देश बनाउनका लागि उठौँ र हामी हाम्रै पाखुराको बलमा अघि बढ्न कम्मर कसौँ।

यातायातको विकटता, हावापानीको जटिलता, आर्थिक साधनको कठिनता तथा विपन्नता एवं शिक्षा चेतनाको कमीका कारण आफ्नो श्रम सीप र श्रोतको सही उपयोग जुम्लाले गर्न पाएको छैन। राज्यले यस क्षेत्रको सम्पन्न भरिपूर्ण सम्पदाको समुचित प्रयोगमा जोड दिनु पर्दछ। आफू जन्मे हुर्केको आफ्नो थातथलो छोडेर अन्यत्र बसाइ सर्नु पर्ने, अर्काको देशमा गएर तातो ताप पीडा खप्नु पर्ने अवस्थाको अब अन्त्य हुनुपर्दछ।

आज, हिजो होइन हामी आफै बदलिरहेका छौँ। परिवर्तन साँच्चै पीडादायी भए पनि सधैँ आवश्यक हुन्छ। याद होस्, संसारको पाङ्ग्रा सधैँ आफ्नो गतिमा चलिरहेको हुन्छ। यो संसारमा जे आउँछ त्यो रहँदैन र जाने कुरा हराउँदैन।

अब सुध्रौँ, अब चेतौँ र सबैले सबैलाई सम्झेर राष्ट्रिय सोच बनाऊँ, मार्ग सुधार गरौँ, नयाँ समझदारी, नयाँ संवाद, नयाँ वार्तालाप, सर्वपक्षीय नयाँ सम्मेलन र नयाँ सम्झौताको निष्कर्ष निकालौँ भन्ने जनमत बढ्दै गइरहेको हाम्रो अनुभव छ।

अन्त्यमा, आफ्ना यिनै शुभ सदाशय राखेर यो समारोह आयोजना गरि मलाई यस्तो सुअवसर प्रदान गर्नु हुने तपाई आयोजकहरू र यस क्षेत्रका उत्साहपूर्ण उपस्थितिका लागि सबैमा धन्यवाद !

जय नेपाल !

२०८० चैत्र २४ गते

जुम्ला खलङ्गा

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

सम्बन्धित

दलहरुको घोषणा पत्रमा के चाहन्छ निजी क्षेत्र ?

राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेतासम्मले शहीद सम्झिए: ‘उहाँहरूले देखेको सपना पूरा गर्छौँ’

काठमाडौँमा एमालेको पुनरागमन सम्भव छ ? इश्वर पोखरेलको आत्मस्वीकृति, बचाउ र आगामी चुनावी दाबी (भिडियोसहित)

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com