ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यो तीन अङ्कको मुद्रास्फीति नियन्त्रण गर्ने समय हो


ABC News

 

संक्षिप्त शब्दहरूको प्रयोग धेरै टाढा पुगेको छ।

मार्च २८ मा सैम बैंकम्यान–फ्राइडलाई उनको क्रिप्टो एक्सचेन्जको पतन गराउने काममा धोखाधडीको गरेको अभियोगमा २५ वर्षको जेल सजाय सुनाइएको थियो। क्रिप्टोकरेन्सी क्र्यासको एउटा विशेष रूपमा अपमानजनक पक्ष मिस्टर ब्याङ्कम्यान–फ्राइडलाई एसबीएफ को रूपमा सान्दर्भिक रुपले बुभ्ने बानी परेको छ । यो ट्रिपल–इनिशियलाइजिङ अमेरिकामा सर्वव्यापी र सामान्य भएको छ। हिलारी रोधाम क्लिन्टनलाई एचआरसी भनेर चिनिन्छ, त्यसैगरी काङ्ग्रेसका प्रगतिशील सदस्य अलेक्जान्ड्रिया ओकासियो–कोर्टेजलाई आमरूपमा एओसी भनिन्छ (फ्रान्सेलीहरूलाईले भ्रम जालमा पार्नका लागि यसलाई वाइन र चीजको एपेलेसन डी ओरिजिन कन्ट्रोलीकोको सन्दर्भमा प्रयोग गर्छन) जर्जियाको काङ्ग्रेसकी षड्यन्त्र–सिद्धान्तवादी सदस्य मार्जोरी टेलर ग्रीनले आफूलाई सामाजिक सञ्जालमा एमटिजी को रूपमा प्रस्तुत गर्छिन्। सर्वोच्च अदालतकी न्यायाधीश स्वर्गीय रुथ बेडर गिन्सबर्ग, अचम्म लाग्नेगरी ‘आरबीजी’ शीर्षकको ओस्कार–मनोनीत वृत्तचित्रको विषय नै बनेकी थिइन्। अहिले अदालतमा केबीजे छन् ।
यस्तो आदत विश्वव्यापी छ। जर्मनहरूले पूर्व रक्षा मन्त्री एनेग्रेट क्राम्प–कारेनबावरलाई एसीसी र पूर्व न्याय मन्त्री सबिन ल्युथ्युसर–स्नार्रेनबर्गरलाई एसएलएस भनेर नाम लिने गर्दछन् । फ्रान्सेली पूर्व राजनीतिज्ञ डोमिनिक स्ट्रस–कानलाई डिएसके भनेर चिनिन्छ । रुसीहरूले भ्लादिमिर भ्लादिमिरोभिच पुटिनलाई भिभिपीको रूपमा पनि चिन्छन्, जसले केजीबीबाटट आफ्नो करियर सुरुवात गरेका थिए। संयुक्त अरब इमिरेट्स (युएई) यसका वास्तविक शासक राजकुमार मोहम्मद बिन जायद, वा एमबीजेडको रूपमा चिनिन्छ, र साउदी अरबका कार्यकारी प्रमुख व्यक्ति क्राउन प्रिन्स मुहम्मद बिन सलमान हुन्, जसलाई सामान्यतया एमबीएसको संक्षिप्त नामले चिनिन्छ । यसैबीच, मेक्सिकोमा राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरलाई एएमएलओ का रुपमा चिनिन्छ (चार अङ्कको खतरनाक वृद्धि)।

यो सबै हातबाट फुत्कंदै छन्, कमसेकम राजनीतिबाट भने होइन। यस्ता संक्षिप्तीकरणले सुविधाभन्दा बढी भ्रम सिर्जना गर्न सक्छन्। संक्षिप्त शब्दहरूसँग छलफललाई सुव्यवस्थित गर्नु एउटा कुरा हो, जुन सबैलाई थाहा छ, जस्तै सिआइए वा एफबीआई, तर धेरै समझदार मानिसहरूलाई एमटिजी को हो भन्ने थाहा हुँदैन। संक्षिप्त शब्दहरूले पहिले नै आधुनिक कार्यस्थललाई संक्रमित गरिसकेका छन् (सीएफओ र सीओओ सामान्यतया आरओआईलाई विचार गर्न ओओओ, डब्लुएफएच को प्रयोग गरिएको हो) सोसल मिडियाको उल्लेख त गर्दै नगरौं । ९तदज ष्मप धता ब उकब ष्क०। अनावश्यक अव्यवस्था बिना नै राजनीति यथेष्ट रुपमै अव्यवस्थित छ।
इश्यु व्यक्त गर्ने तरिकाका साथै शैलीको पनि हो। ट्रिपल–इनिशियलाइजेसन प्रायः प्रतिष्ठित हैसियत दाबी गर्ने प्रयास हो। अमेरिकी राजनीतिज्ञहरू आफ्नो सबैभन्दा ठुलो सम्पत्तिको (नामको) फाइदा उठाउन लोभ्याउंछन् । फ्र्याङ्कलिन डेलानो रुजवेल्टः एफडिआर। उनको यो उपनाम जन्मदेखि नै थियो तर राष्ट्रपतिको रूपमा उनका बारेमा हेडलाइन लेख्ने पत्रकारहरूलाई निकै सहयोगी साबित भयो। एफडीआरको तीन(–संक्षेपीकरणको ग्लैमरलाई अमेरिकी डेमोक्र्याटिक उत्तराधिकारीहरू जोन एफ केनेडी (जेएफके) र लिन्डन बी जोन्सन (एलबीजे) साथै जेएफकेका कान्छो भाइ रोबर्ट एफ केनेडीले सचेत रूपले नै नक्कल गरेका थिए।

जतिबेला जोनसन अझै पनि काङ्ग्रेसको महत्वाकांक्षी सदस्य थिए उनले आफ्ना कर्मचारीहरूलाई उपहास गर्दै भन्थे एफडीआर–एलबीजे, एफडीआर–एलबीजे। यो के भनेको को हो बुझ्नुहुन्छ ? म के चाहन्छु भने तिनीहरूले मेरो बारेमा आद्याक्षरको सन्दर्भमा सोच्न थाल्छन्। ू यसलाई संयोग मात्र नबनाएर उनले आफ्ना छोरीहरूको नाम लिन्डा बर्ड जोन्सन र लुसी बेन्स जोन्सन र आफ्नो कुकुरको नाम लिटिल बीगल जोन्सन राखेका थिए। रिचर्ड निक्सन पनि आद्याक्षरहरूको केनेडियन आकर्षण खि चन चाहन्थे, तर उनले आफ्नो संस्मरण पुस्तकको नाम नै ूआरएनू राखेका राखे । तर कुनै फाइदा भएन।
के राजनीतिज्ञहरू तिनीहरूको बास्तविक नामबाट चिनिन्छन् भनेर सोध्नु बढी हुन्छ र ? अपवादहरू दुर्लभ र प्रेरणादायी हुनुपर्छ। नागरिक अधिकार आन्दोलनका च्याम्पियन मार्टिन लुथर किङ जुनियरलाई यथोचितरूपमा एमएलके को रूपमा पुकारेर सम्मान गरिन्छ। यदि एक नेताले महामन्दी र दोस्रो विश्व युद्धको माध्यमबाट ठूलो शक्तिको नेतृत्व गर्न(वा क्युबाको मिसाइल संकट समाधान गर्न, वा उत्पीडित अल्पसङ्ख्यकहरूको अधिकारलाई समर्थन गर्न– अथवा त्यस्तो अधिकार दिलाउन) नेतृत्व गरेको छ भने उसले ती उच्च तीन आद्याक्षरहरूको प्रसिद्धी कमाएको हुनेछ। तर डिजिटल मुद्रा धेरै सजिलै अवमूल्यन हुन्छ। ■

दि इकोनोमिष्टबाट

लिडर्स फुलिसनेश स्तम्भमा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com