ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शान्तिकामी नीति परित्याग गर्दै जापान, बन्दै गरेको लडाकु विमान बेच्ने निर्णय


एबीसी न्यूज

काठमाडौं १३ चैत । आफूले बेलायत र इटलीसँग मिलेर बनाउँदै गरेको नयाँ लडाकु विमान बेच्ने निर्णय जापानले गरेको छ। जापानी क्याबिनेटले यससम्बन्धी निर्णय गरेको हो।

जापानको सो निर्णयलाई शान्तिकामी नीतिमा आएको परिवर्तनका रुपमा हेरिएको छ।

जापानले हतियार निर्यातका नियम खुकुलो बनाउँदै विमान बेच्ने बाटो खोलेको हो। जापानले अब रक्षा सम्झौता गरेका मुलुक र द्वन्द्वमा सहभागी नभएका मुलुकलाई हतियार निर्यात गर्न सक्नेछ।

 

जापानले चीन र उत्तर कोरियाबाट खतरा रहेको भन्दै २०२७ सम्ममा रक्षा बजेट दोब्बर पार्ने बताएको छ।

तर, प्रत्येक लडाकु विमानको निर्यातका लागि क्याबिनेटकै अनुमोदन चाहिनेछ।

बेलायत र इटली मिलेर द टेम्पेस्ट नामक लडाकु विमान निर्माणको प्रयास भइरहेको थियो। सो योजनामा २०२२ मा जापान पनि सहभागी भएको थियो।

यो विमानमा आर्टिफिसियल इन्टेलिजेन्स र पाइलटलाई सघाउने आधुनिक सेन्सर प्रयोग हुनेछ।

यो विमान २०३५ मा बनिसक्ने आकलन गरिएको छ। यो अमेरिकाबाहेकका मुलुकसँग जापानले गरेको पहिलो हतियार निर्माण साझेदारी पनि हो।

प्रधानमन्त्री फुमियो किसिदा अप्रिलमा अमेरिका भ्रमणमा जाँदैछन्। उनले अमेरिकासँगको सुरक्षा सन्धि अपग्रेड गर्ने बताइएको छ।

विश्वसनीय रक्षा साझेदार बन्न पनि लडाकु विमान निर्यात गर्नुपर्ने बाध्यता रहेको उको भनाइ छ।

यद्यपि, जापानी रक्षामन्त्री मिनोरु किहाराले जापान अझै पनि ‘शान्तिकामी मुलुकको आधारभूत सिद्धान्तमा प्रतिबद्ध रहेको’ स्पष्टीकरण दिएका छन्।

दोस्रो विश्वयुद्धपछि ७५ वर्षसम्म जापान एक शान्तिकामी मुलुकका रुपमा चिनिँदै आएको छ। अमेरिकाले जापान कब्जा गरेपछि जारी संविधानमा सो मुलुकले युद्ध परित्याग गर्ने र अन्तर्राष्ट्रिय विवाद समाधानका लागि युद्ध नगर्ने उल्लेख छ। संविधानमा सेनाको व्यवस्था नै छैन।

त्यस्तै, जापानमाथि हतियार निर्यातमा पनि प्रतिबन्ध लगाइएको थियो। तर, सिन्जो आबेको पालामा २०१४ मा सो व्यवस्था खुकुलो पारिएको थियो।

२०२३ मा विदेशी लाइन्सेन्सअन्तर्गत निर्मित घातक हतियार अनुमतिदाताकै मुलुकमा बेच्न पाइनेगरी नियम संशोधन गरियो। यसले प्याट्रियट क्षेप्यास्त्र अमेरिका पठाउने बाटो खोल्यो। र, अमेरिकाले ती क्षेप्यास्त्र युक्रेन पठायो।

यो युक्रेनले पाएको सबैभन्दा आधुनिक हतियारमा पर्छ। एजेन्सी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com