ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तत्काल युद्धविरामको लागि संयुक्त राष्ट्रसंघबाट प्रस्ताव पारित, अमेरिका अनुपस्थित


ABC News

 

 

काठमाडौं १२ चैत । गाजमा तत्काल युद्धविराम गर्ने पक्षमा युएन सुरक्षा परिषदले प्रसस्ताव पारित गरेको छ । १५ सदस्यीय युएन सुरक्षा परिषदमा युद्धविराम प्रस्तावमाथिको मतदानमा अमेरिकाले भने मतदान गरेन्। अमेरिकाले विपक्षमा पनि मतदान नगरेर अनुपस्थित भएको जनाएको थियो । यस प्रकरणले यूएन युद्धविराम प्रस्ताव पारित हुनुले अमेरिकी–इजरायल सम्बन्ध थप तनावपूर्ण बनेको छ । इजरायली प प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले सोमबार चेतावनीको भाषामा भनेका छन्– उनले अब यसका लागि उच्च–स्तरीय प्रतिनिधिमण्डललाई वाशिंगटनमा पठाउने छैनन्।

राष्ट्रपति बाइडेनले दक्षिणी गाजा सहर राफाहमा नियोजित इजरायली आक्रमणको विकल्पबारे छलफल गर्न यूएन बैठकलाई अनुरोध गरेका थिए । रफाहामा दस लाख भन्दा बढी मानिसहरूले शरण लिएका छन्, । नियोजित इजरायली आक्रमणले मानवीय प्रकोप सिर्जना गर्ने अमेरिकी अधिकारीहरूले चेतावनी दिंदै आएका छन् ।
यसैबीच पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार एक रूढिवादी इजरायली समाचार संस्थासँगको अन्तर्वार्तामा इजरायललाई ूआफ्नो युद्ध समाप्त गर्नू आग्रह गरेका थिए । उनले इजरायल सरकारलाई युद्धात्मक समर्थन मिसाएर यहुदी राज्यले ूविश्वका लागि धेरै खराब तस्वीरू प्रदान गरेर अन्तर्राष्ट्रिय समर्थन गुमाउँदै गएको भन्दै कडा चेतावनी दिएका थिए ।

तर ट्रम्पले राष्ट्रपति बाइडेनलाई लक्षित गरेर भने कठोर शब्दहरूका साथ भनेका छन् – उनले बाइडेनलाई ूमूर्खू को संज्ञा दिए । फेरि पनि ट्रम्पलेसंयुक्त राज्य अमेरिकाले के गर्नुपर्छ, वा उनी निर्वाचित भएमा गाजामा युद्ध अन्त्य गर्न वा इजरायल र प्यालेस्टाइनहरू बीच शान्तिको उद्देश्यलाई अगाडि बढाउन के गर्ने भनेर कुनै प्रिस्क्रिप्सन प्रस्ताव नगरेको न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ ।

अमेरिकाले गाजामा इजरायल र हमास बीचको युद्धको अन्त्यका लागि आह्वान गर्ने अघिल्ला तीनवटा युएन सुरक्षा परिषद्को प्रस्तावलाई भने भिटो गरेर रोकेको थियो ।तर सोमबार, जब सुरक्षा परिषदले कम कडा शब्द रहेको प्रस्ताव अघि सार्दै पवित्र रमजान महिनाको लागि युद्धविरामको आह्वान गर्दा युएस प्रतिनिधि अनुपस्थित रहेर प्रस्तावलाई पारित गर्न अप्रत्यक्ष रुपमा सघाएका थिए ।

अमेरिकी अनुपस्थितिलाई ‘युद्धको सुरुवातदेखि नै अमेरिका स्थितिबाट पछि हट्ने’ चाल भनेर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले निन्दा गरेका छन् ।नेतान्याहुले भनेः यसले ‘हमासलाई थप आशाबादी बनाइदिएको छ, अन्तर्राष्ट्रिय दबाबले गर्दा उनीहरूलाई बन्धक मुक्त नगरीकनै पनि युद्धविराम हासिल गर्न सक्षम बनाउनेछ।’

ह्वाइट हाउसमा पत्रकारहरूसंग बोल्दै राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन एफ किर्बीले अमेरिकी स्थितिमा कुनै परिवर्तन नभएको स्पष्टीकरण दिएका छन् ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com