ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाको ‘शतप्रतिशत’ जनसङ्ख्या ‘गम्भीर खाद्य असुरक्षाको अवस्थामा’


एबीसी न्यूज

काठमाडौं ६ चैत । गाजाको सम्पूर्ण जनसङ्ख्याले ‘गम्भीर स्तरको खाद्य असुरक्षा’ को सामना गरिरहेको अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले मङ्गलबार बताउनुभएको छ । समस्याको समाधानका लागि गाजामा सहायता सामग्रीको बढीभन्दा बढी ढुवानी आवश्यक रहेको उहाँले बताउनुभयो ।

फिलिपिन्सको औपचारिक भ्रमणमा रहेका ब्लिन्केनले फिलिपिन्समा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “खाद्य असुरक्षाको मापन गर्ने सबैभन्दा मान्य उपाय अपनाएर गरिएको अध्ययनले गाजामा शत प्रतिशत जनसङ्ख्या तीव्र खाद्य असुरक्षाको गम्भीर स्तरमा रहेको देखाएको छ । यो गाजाको इतिहासमा नै सम्भवतः पहिलो जटिल खाद्य सङ्कट हो ।”

ब्लिन्केनको यो भनाइ मध्यपूर्वका साउदी अरब र इजिप्टमा गाजा युद्धविरामको लागि प्रयास र सहायता वितरण बढाउने प्रयासको बारेमा छलफल गर्न फर्कने तयारी भइरहँदा आएको हो ।

संयुक्त राष्ट्रसङ्घ समर्थित खाद्य सुरक्षा मूल्याङ्कनले सोमबार सार्वजनिक प्रतिवेदनमा आधा गाजावासीले ‘खतरनाक’ भोकमरीको सामना गरिरहेका र तत्काल हस्तक्षेप नगरे सन् २०२४ मे महिना सम्ममा यस क्षेत्रको उत्तरी क्षेत्रमा नागरिकहरूले अनिकाल र भोकमरीको सामना गर्नुपर्ने अनुमान गरिएको छ ।

संयुक्त राष्ट्रसङ्घका मानवीय सहायता प्रमुख मार्टिन ग्रिफिथ्सले घेराबन्दीमा परेको प्यालेस्टाइनी क्षेत्रमा निर्बाध रूपमा सहयोग गर्न दिन इजरायललाई आग्रह गर्नुभएको छ ।

गत अक्टोबर ७ मा हमासले इजरायलमाथि अकल्पनीय आक्रमण गरेपछि बदलामा इजरायलले गाजामा हमासविरूद्धको कारबाही सुरु गरेपछि गाजामा अहिलेसम्मकै सबैभन्दा रक्तपातपूर्ण युद्ध सुरु भएको थियो ।

इजरायलले हमासद्वारा सञ्चालित प्यालेस्टाइनी क्षेत्रमा निरन्तर बमबारी अभियान र जमीनी आक्रमणबाट आफूविरूद्ध हमासले गरेको आक्रमणको बदला लिइरहेको छ ।

सहायता निकायहरूले गाजा र विशेष गरी यसको उत्तरमा पहुँच प्राप्त गर्न ठुलो कठिनाइ भइरहेको बताएपछि संयुक्त राष्ट्रसङ्घले हप्तौँदेखि गाजामा अनिकाल पर्न सक्ने चेतावनी दिँदै आएको छ ।

“अनिकालको लागि प्राविधिक मापदण्ड अझै पूरा भएको छैन तर सबै प्रमाणले मृत्यु र कुपोषणको ठुलो वृद्धितर्फ सङ्केत गर्दछन्,” गाजाका लागि एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण ९आईपीसी० साझेदारीसँग सम्बन्धित अधिकारीहरूले बताएका छन् । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com