ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ विदेशमन्त्री वाङले आगामी हप्ता अस्ट्रेलिया भ्रमण गर्ने


एबीसी न्यूज
चैत्र १, २०८० बिहीबार  ४ : ३४ बजे

काठमाडौं १ चैत । चीनका विदेशमन्त्री वाङ यीले अर्को हप्ता अस्ट्रेलियाको भ्रमण गर्नुहुने भएको छ । सन् २०१७ पछि चिनियाँ विदेशमन्त्री वाङ उच्चपदस्थ अधिकारीका रूपमा अस्ट्रेलिया भ्रमण गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

मानव अधिकार र प्रशान्त क्षेत्रमा चीनको बढ्दो कूटनीतिक तथा सैन्य प्रभाव भए पनि उहाँको भ्रमण दुई देशबिच सहज व्यापारिक सम्बन्ध स्थापनाका लागि हुन लागेको हो । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले व्यापार अवरोध हटाउन ‘उल्लेखनीय प्रगति’ भएको उल्लेख गर्दै बिहीबार पत्रकारहरूसँग भन्नुभयो, “मलाई लाग्छ वाङ यीले अस्ट्रेलिया भ्रमणलाई महत्त्व दिनु राम्रो कुरा हो ।”

चिनियाँ विदेशमन्त्रीले मार्च २० मा क्यानबेरामा विदेशमन्त्री पेनी वोङसँग ‘रणनीतिक वार्ता’ गर्ने कार्यक्रम छ । “हामी चीनसँग जहाँ सक्छौं, त्यहाँ सहकार्य गर्न चाहन्छौं, जहाँ आवश्यक छ त्यहाँ असहमत हुन चाहन्छौँ र हाम्रो राष्ट्रिय हितमा संलग्न हुन चाहन्छौं,” वोङले एक विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।

“ हामीले हाम्रा मतभेदहरूलाई बुद्धिमानीपूर्वक मार्गनिर्देश गर्यौं भने स्थिर द्विपक्षीय सम्बन्धले दुवै देशलाई आ–आफ्नो राष्ट्रिय हितलाई अगाडि बढाउन सक्षम बनाउँछ भन्ने अस्ट्रेलियाको धारणा हो ।” सन् २०२२ मा अल्बानिजको मध्य–वामपन्थी लेबर पार्टीले सरकारको नेतृत्व गरेपछि अस्ट्रेलियाको चीनसँगको व्यापार सम्बन्धमा सुधार आएको छ ।

क्यानबेराले हुवावेलाई फाइभजी सम्झौतामा प्रतिबन्ध लगाएपछि चीनले सन् २०२० मा अस्ट्रेलियाका प्रमुख निर्यातमा थप कर लगाउँदै सहज व्यापारको वातावरणमा अवरोध ल्याएको थियो ।

बेइजिङले यसअघि नै अस्ट्रेलियाली कोइला, काठ र जौमा कर र प्रतिबन्धहरू हटाइसकेको छ र यसले अस्ट्रेलियाली वाइनमा लगाएको प्रतिबन्ध पनि हटाउने अपेक्षा गरिएको छ ।

मेलबर्नस्थित ट्रेजरी वाइन एस्टेट्सले यसै साता चिनियाँ र अस्ट्रेलियाली अधिकारीहरूले पाँच महिनाको समीक्षापछि वाइनको शुल्क हटाउने बेइजिङको ‘अन्तरिम मस्यौदा सङ्कल्प’ बारे सुझाव दिएको बताएको छ । यसले ‘आगामी हप्ताहरूमा’ अन्तिम निर्णयको अपेक्षा गरेको छ ।

सन् २०२३ को नोभेम्बरमा अल्बानिजले बेइजिङको सफल भ्रमण गर्नुभएको थियो र दुई देशबिचको सम्बन्धमा भएको प्रगतिलाई ‘धेरै सकारात्मक’ भन्नुभएको थियो । तर रणनीतिक क्षेत्रमा भने दुई देशबिच मतभेद कायमै छ ।

गत महिना अस्ट्रेलिया सरकारले चिनियाँ मूलका अस्ट्रेलियाली विद्रोही लेखक याङ जुनलाई मृत्युदण्डको सजाय सुनाएपछि आक्रोश व्यक्त गरेको थियो । यस सन्दर्भमा वोङले भन्नुभएको थियो, “यस्ता निर्णयहरूले सम्बन्धमा ‘प्रभाव पार्नेछ’ ।”

अस्ट्रेलिया र उसका सहयोगीहरूले दक्षिण प्रशान्त क्षेत्रमा चीनको विस्तारित पहुँचलाई रोक्न खोजिरहेका छन् । बेइजिङले सन् २०२२ मा सोलोमन आइल्यान्ड्ससँग गोप्य सुरक्षा सम्झौता गरेपछि क्यानबेरा र वासिङ्टनले चीनविरूद्ध तीव्र आलोचना गरेका थिए ।

अस्ट्रेलियाले दक्षिण चीन सागरमा बेइजिङको सार्वभौमिकताको दाबीको विरोध गर्न अमेरिका र यस क्षेत्रका एसियाली देशहरूलाई पनि समर्थन गर्दछ । वाइनको शुल्क हटाइयो भने अस्ट्रेलियाली पराल र गाईको मासुमा मात्र चिनियाँ प्रतिबन्ध कायम रहनेछ । राससरएएफपी

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

सम्बन्धित

जेनजीको भाषामा नेकपा : प्रतिबद्धतापत्र कि पुनःब्रान्डिङ?

दक्षिण अफ्रिकाले डबल सुपर ओभर थ्रिलर जित्यो, वेस्ट इन्डिजले इंग्ल्यान्डलाई ३० रनले हरायो

पूर्वडीआईजी रञ्जन कोइरालाको बन्दीप्रत्यक्षीकरण रिट खारेज, २० वर्ष कैद सजाय यथावत्

तीन वर्षे ‘रिपोर्ट कार्ड’सहित जनताको अदालतमा विनोद चौधरी

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

उपेन्द्र यादवको नयाँ क्षेत्र सप्तरी ३ कति सहज ? प्रतिस्पर्धीको चुनौती कति प्रभावकारी ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com