ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ समीकरण पनि जोखिममुक्त नभएको किन प्रधानमन्त्री प्रचण्डले भने ?


ABC News

 

 

काठमाडौं २४ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता समीकरणबारे प्रतिनिधि सभाको बैठकलाई जानकारी गराएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सम्बन्ध तोड्नुका विभिन्न कारण सुनाएका छन् र नयाँ समीकरण पनि जोखिमपूर्ण रहेको बोध भएको बताएका छन् ।

सुरुमा प्रधानमन्त्री प्रचण्डले अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति प्रचण्डका रूपमा कुनै समस्या या अप्ठ्यारोमा नरहेको बताए । ‘अघिल्लो सत्ता–गठबन्धनमा व्यक्ति पुष्पकमल दाहाल प्रचण्डका रूपमा म कुनै समस्या या अप्ठ्यारोमा थिइनँ, न प्रधानमन्त्री पद नै असुरक्षित थियो । नेपाली कांग्रेसको नेतृत्व र मबीच व्यक्तिगत अविश्वास पनि केही थिएन’ उनले भने ।

 

टिकिरहनु मात्रैलाई स्थायित्व मान्न नसकेर गठबन्धन तोडेको भन्दै उनले उल्लेख गरेका छन्, ‘टिकिरहनु मात्रैलाई स्थायित्व मान्ने हो भने त्यो स्थायित्वको समस्या पनि थिएन ।’

तथापि, उनले करिब एघार महिना साथ र सहकार्यप्रति कांग्रेसका सभापति शेरबहादुर देउवाप्रति आभार प्रकट गर्दै राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुने बताए । ‘अहिले पनि हाम्रो निजी सम्बन्धमा कम्तिमा मेरा तर्फबाट उत्ति नै सद्भाव छ । तर, राजनीतिमा व्यक्तिगत सम्बन्धभन्दा राजनीतिक परिणामहरू निर्णायक हुँदा रहेछन् । अघिल्लो गठबन्धनमा पनि त्यही भयो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

 

‘माओवादीले सघाए अनुसार कांग्रेसको सहयोग पाएन’

माओवादीले सघाए अनुसार कांग्रेसबाट सहयोग नपाएको पनि प्रधानमन्त्री प्रचण्डले बताए । ‘निर्वाचनमा माओवादी केन्द्रले जुन तहमा कांग्रेसलाई सघायो, त्यही तहमा सहयोग पाएन,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यसले आपसी विश्वास कमजोर बनाएकै थियो ।’

कांग्रेससँगको सम्बन्ध तोडिनुका कारणहरु सुनाउँदै प्रचण्डले भनेका छन्, ‘गत आम निर्वाचनपछि माओवादीलाई सरकारको नेतृत्व दिने सहमतिबाट नेतृत्व पछि हट्यो । एउटा परिस्थतिमा फेरि जोडिएपछि कोशी प्रदेशमा त कांग्रेसको एउटा समूहले विद्रोह नै गर्यो ।’

कांग्रेसका तर्फबाट माओवादीप्रति असहयोग हुँदा नेतृत्व मौन रहेको उनले बताए । ‘गठबन्धनको नैतिकताको कसीमा त्यो ९कोशीको विद्रोह० विद्रोह दण्डित हुनुपर्ने थियो तर भयो पुरस्कृत । राष्ट्रिय सभा निर्वाचनमा त्यो समूहले माओवादी उम्मेदवारलाई अन्तर्घातबाट पराजित नै गर्यो’ प्रचण्डले भने ।

‘महासमितिमा गठबन्धनको निन्दा किन ?

कांग्रेस महासमिति बैठकमा विना सन्दर्भ सत्ता गठबन्धनको निन्दा सुरू भएको प्रधानमन्त्री प्रचण्डले बताए । ‘जुन गठबन्धनले कांग्रेसलाई पहिलो पार्टी बनाएको थियो । निर्वाचन आउन चार वर्ष बाँकी छँदै गठबन्धनका साझेदारहरूमाथि अनावश्यक र बेसमयको मानमर्दन कतैबाट पनि विवेकपूर्ण र राजनीतिक थिएन’ प्रधानमन्त्री प्रचण्डले भने ।

कांग्रेस महासमितिको बैठकमा २०८४ सालमा हुने चुनावमा चुनाव अगाडि गठबन्धन नगर्ने बहस चलाएको थियो ।

संविधानप्रतिको प्रतिबद्धतामै आशंका

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको संविधानप्रतिको प्रतिवद्धतामै आशंका गरे । ‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको अनि समावेशी, धर्मनिरपेक्ष र समाजवादउन्मुख संविधान निर्माणको मुख्य साझेदार रहेको कांग्रेसको महासमिति बैठकमा स्टल नै राखेर जसरी धर्मका नाममा हस्ताक्षर अभियान चलाइयो, त्यसले कांग्रेसको संविधानप्रतिको प्रतिबद्धतामै आशंका जनाउन सक्ने जमिन तयार गर्‍यो,’ प्रधानमन्त्री प्रचण्डले भने ।

कांग्रेस महासमितिको बैठकमा हिन्दु धर्मको पक्षमा १३ सय महासमिति सदस्यहरुले हस्ताक्षर गरेका थिए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रूसी सेनामा नेपालीको भर्ती अवैध भएको जानकारी रूसी सरकारलाई गराइसकिएको र रूस जाँदा ‘नो अब्जेक्सन लेटर’ अनिवार्य गरिएको बताएका छन् ।

संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा नेपाली नागरिकलाई भर्ना नगर्न र भर्ना भएकालाई नेपाल फिर्ता गर्न कुटनीतिक दबाब बढाइएको स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले रूसी सेनामा भर्ना भई निधन भएका नेपाली नागरिकको शव स्वदेश फिर्ता ल्याउने, मृतकका परिवार तथा घाइतेलाई क्षतिपू्र्ति उपलब्ध गराउने र युक्रेनी सेनाले बन्धक बनाएका नागरिकलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा सम्बन्धित देशका अधिकारीसँग संवाद भइरहेको जानकारी गराए ।

जनयुद्धको दानवीकरण किन ?

प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको विषयमा महासमितिमा प्रस्तुत प्रतिवेदनको सन्दर्भलाई समेत कांग्रेससँगको गठबन्धन छाड्नुपरेको बताएका छन् । ‘महासमितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा माओवादी जनयुद्धको न्यूनीकरण मात्र होइन, दानवीकरण नै गरियो’ प्रचण्डले भने ।

साथै, २०४७ सालकै संविधान ठीक भएको आशयको प्रतिवेदन कांग्रेसको महासमितिमा वितरण गरिएको उल्लेख गर्दै उनले भने, ‘यसरी हामीबीच हिजो मिलिसकेका सैद्धान्तिक र वैचारिक विषयमा समेत शंका र अविश्वासको वातावरण बन्यो ।’

कांग्रेस महासमितिको बैठकमा प्रस्तुत उपसभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको प्रतिवेदनमा माओवादी सशस्त्र युद्ध आवश्यक नभएको उल्लेख थियो ।

‘अपेक्षित साथ पाइनँ’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँगको गठबन्धनमा रहेर काम गर्दा केही घटकबाट अपेक्षित साथ नपाएको कारण पनि दिएका छन् ।

प्रचण्डले भनेका छन्, ‘सरकारका रूपमा हामीले विभिन्न क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल नगरेका होइनौं तर म तीव्रता चाहन्थेँ । औसत उपलब्धिहरूको आत्मप्रशंसाको पिँजडामा अटाउने अवस्थामा म थिइनँ र छैन ।’

आफूले यसअघि संसदमा विश्वासको मत माग्दै गर्दा तेश्रोपटक प्रधानमन्त्रीमा नाम लेखाउन वा सिंहदरबारमा अर्को कार्यकालको फोटो झुण्डयाउन नउभिएको बताएको स्मरण गरे ।

आफूले सरकारको नेतृत्व गरेको एक वर्ष कार्यकाल पुरा भएपछिको सम्बोधनमा कार्यक्षमता प्रमाणित नभए वा देशमा सकारात्मक परिवर्तन ल्याउन र आशा जगाउन नसके पद ओगटिनरहने घोषणा गरेको पनि बताए । तर, घोषणा अनुसार आफू अगाडि बढ्न नसकेको उनले बताए । ‘मेरो त्यो तहको प्रतिबद्धतामा गठबन्धनका केही घटकबाट मैले अपेक्षित साथ पाइनँ । म संकेतमा केवल यत्ति भन्छु– साथीहरूले व्यक्तिका रूपमा त मलाई माया गर्नुभयो तर परिवर्तन, सुशासन र समृद्धिको तीव्र आकांक्षा बोकेको प्रधानमन्त्रीका रूपमा मलाई न्याय गर्नुभएन’ प्रधानमन्त्री प्रचण्डले भने ।

अपेक्षित सहयोग नपाएपछि आफ्नासामु दुई विकल्प रहेको र एउटा विकल्प रोजेको उनको भनाइ छ । ‘मसँग दुई विकल्प थिए, औसत र तदर्थ सरकार चलाएर पदको रक्षा गरिरहने कि पदको जोखिम उठाएरै भएपनि आफ्नो राजनीतिक प्रतिबद्धताअनुसार, राष्ट्र निर्माणमा लाग्ने रु मैले दोस्रो विकल्प रोजें’ प्रधानमन्त्री प्रचण्डले भने ।

नयाँ समीकरण पनि जोखिमपूर्ण नरहेको बोध भएको उनले बताए । ‘यो ९नयाँ समीकरण० कति जोखिमपूर्ण थियो र छ, पछिल्ला दुई दिनका घटनाक्रमले देखाइरहेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अब यो कति परिणाममुखी हुन्छ, त्यो पनि विश्वासको मत लिने बेलासम्म प्रारम्भिक रूपमा प्रमाणित भइसक्ने मेरो विश्वास छ ।’

कसैलाई आफ्नो कदम अस्थिरता लाग्न सक्ने कसैलाई गतिशीलता लाग्न सक्ने उल्लेख गर्दै उनले थपे, ‘तर यसको केन्द्रमा म छैन, मेरो पद छैन, देश र जनताको हित छ । आउँदा दिनमा सरकारका काम र परिणामबाट म त्यो प्रमाणित गर्न प्रतिबद्ध छु ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com