ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नयाँ समीकरणले जनमतको अपमान: कांग्रेस , अरुसँग जानेबित्तिकै बेइमान भन्न मिल्दैन: प्रचण्ड


ABC News

 

काठमाडौं २४ फागुनः  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता समीकरण बनेसँगै मुलुक अस्थिरतातर्फ जानुको साथै जनमतको अपमान भएको जबाफमा प्रधानमन्त्री प्रचण्डले नयां गठबन्धन बन्ने वित्तिकै बेइमान भन्ने कुरा राम्रो लागेन ।प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफ्नो पार्टीभित्र प्रधानमन्त्री प्रचण्डले विश्वासघात गरेको बताए।

चुनावबाटै गठबन्धन गरेको स्मरण गराउँदै उनले यसलाई जनमतको पनि अपमान भएको बताए।

‘गठबन्धन भत्काउने भनेको यो कांग्रेसमाथि होइन, यो जनमतको पनि घोर अपमान हो। गठबन्धनमा भएका प्रतिवद्धता एकातिर छ, गठबन्धनका तर्फ नै अविश्वास व्यक्त भएर गतिविधि अघि बढे,’ उनले भने।

व्यक्तिगत रुपले हाम्रो सम्बन्ध यथावत रहेको भन्दै उनले भने, ‘यो सदनमा रहेका सबैप्रति मेरो व्यक्तिगत सम्मान छ। सबै साथीका प्रति सम्मान छ।’

राजनीति मर्यादा र सम्मानले मात्रै नभएको भन्दै गठबन्धनको मर्मविपरीत गठबन्धन भत्काएको आरोप लगाए।

‘अरु कुरा पनि चाहिन्छ भनेर उहाँले भनेको स्वीकार गर्दै प्रचण्डले गठबन्धनको मूल्य र मान्यतालाई भत्काएर, अविश्वसनीय ढंगले गठबन्धन तोड्नुभयो। त्यो हाम्रो निष्कर्ष हो,’ उनले भने।

‘नेपाली जनताको जनमतको अपमान गर्दै तथाकथित कारण निकाल्दै, अविश्वसनीय काम गरियो त्यसलाई कठोरतापूर्वक, निर्ममतापूर्व भन्नैपर्यो, यो राजनीतिक बेइमानी हो। भनिएको हो।’

उनले प्रधानमन्त्री प्रचण्डले सुनेको निष्कर्ष सहि भएको पनि बताए। आजै बिहान बसेको संसदीय दलको बैठकले प्रचण्डले राजनीतिक बेइमान गरेको निष्कर्ष निकालेको थियो।

सो बारे संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले जिज्ञासा राखेका थिए।

उनको जिज्ञासा मेटाउँदै लेखकले भने, ‘प्रधानमन्त्रीज्यूले आज बिहान जे सुन्नुभयो त्यो सत्य हो। राजनीतिक इमान भएन, त्यही भएर बेइमानी भनिएको हो।
यस अघि संसदमा सांसदहरुको प्रश्नको जाबाफ दिन रोष्ट्रमा पुगेकाप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले बेइमानी नगरेको दाबी गरेका थिए ।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफूलाई राजनीतिक बेइमान भएको निष्कर्ष निकालेको भन्दै अरुसँग जानेबित्तिकै त्यस्तो नहुने जिकिर गरे।बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘आफूसँग हुँदा इमान, अरुसँग जाने बित्तिकै बेइमान भन्ने हुँदैन। सोझो भाषामा भन्न चाहन्छु, राजनीतिमा केही आशंका आएपछि यो भएको हो।’

साथै, उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटिको कारणले मैले यो कदम सोचेरै यो कदम चालेको बताए।

‘कसैलाई मेरो कदम अस्थिर लाग्न सक्छ, भर्खरै मैले समाचारमा पढेँ। नेपाली कांग्रेसको संसदीय दल बसेर नै मलाई राजनीतिक बेइमान भनेर निष्कर्ष निकाल्नुभयो भन्ने पढेँ। यथार्थ के हो, अहिले नेपाली कांग्रेसका प्रतिनिधिले भन्नुहोला,’ उनले भने, ‘यसलाई मैले जसरी संक्षिप्तमा व्याख्या गर्ने कोसिस गरेँ, राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छटपटीको कारणले मैले यो कदम सोचेरै चालेको छु।’नयाँ सत्ता समीकरणलाई इमान र बेइमान भन्दा पनि राजनीतिक मुद्दाको आधारमा हेर्नुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com