ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गठबन्धन फेरिएको २४ घण्टापछि कांग्रेसको समर्थन फिर्ता


ABC News

 

काठमाडौं २२ फागुन । सोमबारदेखि सत्ताबाट बाहिरिएको नेपाली कांग्रेसले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वलाई दिएको समर्थन फिर्ता लिएको छ।

पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बसेको बैठक समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए।

कांग्रेसले सोमबारसम्मको सत्ता साझेदार नेकपा माओवादी केन्द्रले एमालेसँग थालेको सहकार्यपछिको विकसित परिस्थितिबारे निर्णय लिने छ।

 

यसअघि नै कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीहरूको बूढानीलकण्ठमै बसेको बैठकले प्रतिपक्षमा बसेर संगठन विस्तारमा होमिने निर्णय लिएको थियो।

‘समयको माग थियो। समयको माग बमोजिम हामीले काँध थाप्यौँ। अहिले उहाँले आफैँ झार्नुभयो। हामीले गल्ती गर्यौँ जस्तो भएको लाग्दैन। सधैँ अरुलाई कसरी काँध थाप्नेरु हामीलाई पनि चढ्न मन लाग्छ होला नि त’, उनले भने, ‘प्रतिपक्षीमा बसेर पनि संविधानको रक्षार्थ लागिरहेनेछौँ। हामीले अब उतापटि गएपछि संविधान जोगिन्छ त भनेर सोध्नुपर्ने भयो।’

उनले कारणहरू धेरै रहेका बताउँदै अहिलेलाई सरकारको समर्थन फिर्ता लिएको बताए। ‘धेरै कारण छन्, त्यतातिर नजाऔँ, अहिलेलाई हामीले दिएको समर्थन फिर्ता लियौँ,’ उनले भने।उनले प्रचण्ड आफूहरूको काँधबाट एमालेको काँधमा चढेको पनि बताए।

‘भर्खरै प्रचण्डजी हाम्रो काँधबाट एमालेकोमा चढ्नुभएको छ। अहिले नै हामी काँधबाट झारेर हामी दुई मिलौँ भन्न मिल्दैन’, उनले भने, त्यो नैतिकताले दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौँ। सत्ताको चलखेललाई केन्द्रमा नराखौँ भन्ने हाम्रो कुरा हो।’

कांग्रेसको यो बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थिति थियो।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com