ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एकाध दिनमै पार्टी एकता टुंगिन्छ– अध्यक्ष दाहाल


admin

काठमाडौँ, ४ फागुन ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(एमाले)सँगको पार्टी एकतालाई केही दिनभित्रै टुंग्याउने गरी पहल भइरहेको बताउनुभएको छ ।

पार्टी सम्बद्ध एकीकृत अखिल नेपाल शिक्षक संगठनको महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उहाँले भन्नुभयो, “पार्टी एकताका पक्षमा सघनरुपमा छलफल भइरहेको छ । विवाद भएर वा कुरा नमिलेर होइन, सबै विषयलाई एकमुष्ठरुपमा मिलाउन लागिएकाले केही समय लागेको जस्तो देखिएको हो ।”

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीलगायत एमालेका शीर्ष नेतासँग राजनीतिक वैचारिक तथा अन्य सांगठनिक विषय मिलाउन र सबैलाई मान्य हुने गरी एकताको भावना आमरुपमा जाने गरी तयारी गरिएकाले समय लागेको जस्तो देखिएको उहाँको भनाइ थियो ।

बिहीबार सरकार गठन हुँदा माओवादी केन्द्रको तर्फबाट मन्त्रिमण्डलमा सहभागी नहुँदा विवाद भएर हो कि भन्ने आशंका देखिएको र देखाउन खोजिएको भन्दै उहाँले त्यस्तो असहमति र विवाद नरहेको स्पष्ट पार्नुभयो ।

पार्टी एकताको लक्ष्यसहित संयुक्त गठबन्धन बनाएर निर्वाचनमा साझा घोषणापत्रका साथ जनतामा गएको र जनताले त्यसलाई अनुमोदन गरेको दोहो-याउँदै भन्नुभयो, “पार्टी एकतालाई जनताले अनुमोदन गरेका छन् । वाम गठबन्धनको पक्षमा करिब दुई तिहाइ मत छ । यसलाई समृद्ध राष्ट्र निर्माणमा लगाउनु पर्दछ ।”

आर्थिक समृद्धि र समाजवादप्राप्तिको लक्ष्य नै आफूहरुको साझा लक्ष्य र कार्यभार रहेको स्पष्ट पार्दै अध्यक्ष दाहालले राजनीतिक स्थिरताप्राप्त भएकाले आर्थिक विकास र समृद्धिको प्रश्न नै वर्तमानको प्रमुख दायित्व रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com