ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कलाकार खड्कीले भने- मलाई साथिहरुले धोखा दिए, जानजान तस्करीमा संलग्नहरुको नालीबेली खोल्छु


admin

काठमाडौं, ४ फागुन । मानव तस्करीको मुद्धामा प्रहरीको हिरासतमा रहेका कलाकार राजेन्द्र खड्कीले आफु अनजानबस सो मुद्धामा फसेको बताएका छन् । उनले आफुलाई साथिहरुले धोका दिएको बताउँदै जानाजान मानव तस्करीमा सक्रिय रहेका गिरोहको बारेमा बोल्ने बताएका छन् ।

कराते (योयामा) गुरूको डकुमेन्ट्री बनाउने भन्दै कोरिया गएका ११ नेपाली उतै लुकेपछि कोरियन दूतावासले कलाकार राजेन्द्र खड्कीमाथि उजुरी हालेको थियो।

आफ्ना गुरूको डकुमेन्ट्री बनाउने क्रममा आफ्ना साथीहरूले धोका दिएकाले आफू जेलमा बस्नुपरेको खड्गीले बताए।

‘गुरूको सम्झनामा डकुमेन्ट्री बनाउने सपनाले घर बेचेँ, जिन्दगीभरको कमाई खर्च गरे तर साथीहरुले धोका दिए,’ उनले भने, ‘अहिले आएर प्रहरी थुनामा छु, मलाई मानव बेचबिखनको आरोप लागेको छ, तर पनि खुसी छु, किनकी मैले नराम्रो कर्म गरेको छैन।’

मानव बेचबिखनको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईवीको हिरासतमा रहेका खड्गीले आफूले जसरी भए पनि डकुमेन्ट्री बनाएरै छोड्ने दाबी गरे।

‘पहिला प्रहरीलाई मुख छाडेकोमा ५ दिन थुनामा परेको थिएँ, अहिले गुरूको डकुमेन्ट्री बनाउने क्रममा साथीहरुले धोका दिँद फेरि प्रहरी हिरासतमा आइपुगेको छु,’ खड्गीले भने।

आफूले जानेर कुनै पनि नराम्रो काम नगरेको दाबी गर्दै खड्गीले जानी जानी मानव तस्करी गरेर विदेश पठाउनेको लिस्ट आफूसँग सुरक्षीत रहेको बताए।

फटाहाहरू भागे कमाई गरेर घर पठाउँलान् तर आफ्नो हालत प्रहरी हिरासतमा भएको भन्दै उनले गुरुको डकोमेन्ट्री बनाउने सपना पुरा गरेरै छाड्ने अठोट लिए। ‘मैले केही गर्छु भन्दा नजानेर फसेँ, तर जानाजान मान्छे लिएर लापत्ता पार्नेहरू धेरै छन् उनीहरुको बारेमा पनि बोल्नेछु,’ खड्कीले भने।

‘नेपालका कुन चाँही ठूला बढाले मान्छे विदेश लगेका छैनन् र, ठूला कलाकारदेखि नेता र मन्त्रीलेसमेत मान्छे लिएर उतै छाडेको मैले देखेकै हो, सुरूमा अरुले लिएरै म त गएँ,’ उनले अगाडि भने।

कोरिया गएर उतै लुकेकाबाट आफूले एक पैसा पनि नलिएको दाबी खड्गीको छ। ‘कोरिया लुकेका ११ जनाबाट मैले एक पैसा खाएको छैन, उनीहरुले मेरा लागि भनेर एक पैसा पनि दिएका छैनन्, डकोमेन्ट्रको प्रोडुसर उनीहरू पनि हुन्, बिचैमा धोका दिए के गर्नूरु’ उनले भने।

डकुमेन्ट्री आफ्नो कम्पनी मार्फत बन्ने भएकाले आफू उनीहरूको जमानी बसिदिएको उनले बताए।यसैबीच डकुमेन्ट्री बनाउन सम्पूर्ण ब्यवस्था मिलाईदिने भन्दै कोरिया फिल्म एसोसियसनलाई ५० लाख रूपैया दिएका खड्कीले जानकारी दिए।

डकुमेन्ट्रीका बनाउन चाहिने आवश्यक सम्पूर्ण कागज आफूसँग सुरक्षित रहेको खड्कीको दाबी छ।

खड्कीसँगै कोरिया गएका श्रीप्रसाद राना, निमा शेर्पा, कालु लामालगाएतका ११ जना नेपाल नफर्किएपछि नेपालस्थित कोरियन दूतावासले प्रहरीमा उजुरी गरेको थियो।

उजुरी पछि मुख्य नाइके एवम् उनीहरुलाई कोरिया भिसा लगाउँदा जमानी बसेका खड्कीलाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको ब्यूरोका प्रमुख डिआईजी पुस्कर कार्कीले बताए।

विभिन्न कार्यक्रममा सहभागी भन्दै बिदेश लैजाने र उतै छोड्नेमा सरकारी मन्त्रीदेखि ठूला कलाकारको गिरोह नै सक्रिय रहेको सीआईवीको दाबी छ।

‘खड्की त एक नमूना मात्रै हुन् यसरी मान्छेलाई विदेश तस्करी गर्नेहरू धेरै छन् हामी अनुसन्धान गर्दैछौं,’ सीआईवी प्रमुख डीआईजी कार्कीले भने, ‘यताबाट भिआईपी र कार्यक्रमका सहभागी भएर विदेश जाने शणरार्थी भएर उतै बस्नेहरू धेरै छन्।’

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com