ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ब्यास पराशर क्षेत्र धार्मिक एवं पर्यटकीयस्थल बनाउनुपर्ने: प्रम देउवा


admin

तनहुँ, १ फागुन ।  प्रधानमन्त्री शेरबहादुर देउवाले ब्यास पराशर क्षेत्रलाई धार्मिक एवं पर्यटकीयस्थलका रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको छ ।

पराशर आश्रम संरक्षण समिति तनहुँद्वारा ब्यास नगरपालिका–५ को वेनीपाटनमा आयोजित श्रीमद्भागवत ज्ञान महायज्ञको आज उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

प्रधानमन्त्री देउवाले ब्यास र पराशर क्षेत्रको विकासका लागि सरकारले आवश्यक सहयोग गर्ने बताउँदै मानुङकोट, तनहुँसुर, चुदी रम्घाजस्ता पर्यटकीय क्षेत्रको विकासका लागि सम्बन्धीत सबै पक्षबीच उच्चस्तरको सहयोग, समन्वय र सक्रियता हुनुपर्नेमा जोड दिनुभयो ।

प्रजातान्त्रिक आन्दोलनमा तनहुँले खेलेको भूमिका महत्वपूर्ण रहेको चर्चागर्दै उहाँले मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक क्षेत्रको विकासमा यस्ता धार्मिक कार्यले सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री देउवाले स्व गोवर्धन पोख्रेल र बुद्धसिंह रानाको योगदानको स्मरण गर्दै जिल्लाको सम्रग विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनुभयो ।

संस्कृत गुरुकुलको उचित संरक्षण गर्नुपर्नेमा जोड दिदैं उहाँले ब्यास–३ भतेरी क्षेत्रमा आवश्यक संरचना निर्माणका लागि सरकारले रु १० करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।

ब्यास नगरपालिकाका प्रमुख बैकुृण्ठ न्यौपाने, महायज्ञका संयोजक ताराप्रसाद श्रेष्ठ र महासचिव सत्यप्रसाद खनाल लगायतले पुण्यको कार्यमा मन फुकाएर सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

शिवालय, वृद्धाश्रम, पराशर सत्सङ्ग, सत्यवक्ती शिला र गुरुकुल विद्यालयको संरक्षण गर्ने उद्देश्यले महायज्ञ आयोजना गरिएको हो ।

महायज्ञबाट रु दुई करोड उठाउने लक्ष्य लिएको छ । महायज्ञ फागुन ८ गतेसम्म चल्नेछ । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

आठौं स्थापना दिवसमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन सुरु, पहिलोपटक सांकेतिक भाषाको प्रयोग

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बर्खा लाग्न थालेपछि हुल्दीवासीलाई ज्यान जोगाउने चिन्ता

ब्युँतिएला गोरखकाली रबर उद्योग ?

धललागिरि अस्पतालमा मेरुदण्डको शल्यक्रिया

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com