ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त


ABC NEWS
पुस १४, २०८० शनिबार  १० : ४३ बजे

काठमाडौं १४ पुस । चीनको नयाँ रक्षामन्त्रीमा पूर्वनौसेना कमान्डर डोङ जुन नियुक्त भएका छन् ।

ली साङ्फुलाई बर्खास्त गरेको करिब दुई महिनापछि चीनले डोङ जुनलाई आफ्नो नयाँ रक्षामन्त्रीका रूपमा घोषणा गरेको छ।

शुक्रबार बेइजिङमा बसेको चिनियाँ राष्ट्रिय जनकांग्रेसको स्थायी समितिको बैठकमा चीनका शीर्ष विधायकले डोङ जुनको नियुक्तिको घोषणा गरेका हुन्।

६२ वर्षीय डोङ जुन पूर्वनौसेना कमान्डर हुन्। उनलाई अगस्ट २०२१ मा नौसेनाको कमान्डर बनाइएको थियो।

डोङ जुनले चिनियाँ सेनाको दक्षिणी थिएटर कमान्डको उपकमान्डरका रूपमा काम गरेका छन् भने उनले दक्षिण चीन सागरजस्ता विवादित क्षेत्र पनि सम्हालेका छन्।

यस वर्षको सुरुमा देशका धेरै उच्च सैन्य अधिकारीहरूलाई बर्खास्त गरेपछि चीनले यो कदम उठाएको हो।

यस वर्ष चीनले रक्षामन्त्रीबाट ली साङफुलाई हटाउनाका साथै किन ग्याङलाई पनि विदेशमन्त्री पदबाट हटाएको थियो। यी दुईलाई बर्खास्त गर्नुको कारण भने खुलाइएको छैन। दुवै जना सात महिना मात्र आफ्नो पदमा बस्न पाए।

अमेरिकासँग सैन्य वार्ताअघि चीनका रक्षामन्त्री ली साङ्फु बर्खास्त
यो साता पनि केही अधिकृतलाई बर्खास्त गरिएको छ।

समाचार एजेन्सी रोयटर्सले चीनको सरकारी सञ्चारमाध्यम सिन्ह्वालाई उद्धृत गर्दै शुक्रबार स्थायी समितिबाट नौ वरिष्ठ सैन्य अधिकारीलाई हटाएको जनाएको छ।

चीनको सरकारी सञ्चारमाध्यमका अनुसार राज्यको स्वामित्वमा रहेको क्षेप्यास्त्र प्रतिरक्षा कम्पनीका तीन अधिकारीलाई पनि यस हप्ताको सुरुमा चीनको शीर्ष राजनीतिक सल्लाहकार निकायबाट हटाइएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

सम्बन्धित

काठमाडौँ क्षेत्र नं. ८ मा सुमन सायमीको प्रबल दाबी : किन उनीसँग ‘अपर ह्यान्ड’ छ?

लुम्बिनीका २६ क्षेत्रमा महिला उम्मेदवार १० प्रतिशतभन्दा कम, रास्वपाको शून्य

रुपन्देही अदालतले रविको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा तत्काल फिर्ता नगर्ने आदेश

रुपन्देही निर्वाचन: ६ जना पूर्वमन्त्रीको भिड, चुनावी प्रतिस्पर्धा तातिरहेको छ

जेनजी आन्दोलनमा फरार अभियुक्तको तीन महिने राजधानी आतंक, मुख्य योजनाकार गोली लागेर पक्राउ

नीति बिना यात्रा, एजेन्डा बिना भाषण : बालेन्द्रको देश दौडाहा के संकेत हो?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com