ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वैज्ञानिकले बनाए मान्छेको मृत्युको मिति भविष्यवाणी गर्न सक्ने एआई प्रणाली


एबीसी न्यूज
पुस ५, २०८० बिहीबार   ५ : ४०   बजे

एजेन्सी– अनुसन्धानकर्ताहरुको अन्तर्राष्ट्रिय समूहले मृत्युसहित मान्छेको जीवनमा भविष्यमा हुन सक्ने घटनाक्रमहरुको भविष्यवाणी गर्न सक्ने कृत्रिम बौद्धिकता ९एआई० प्रणालीको विकास गरेका छन्।

लाइफटूभेक नाम गरेको ट्रान्सफर्मर मोडेललाई वैज्ञानिकहरुले मान्छेको जीवनको विविध पक्षको भविष्यवाणी गर्न सक्ने निकै ठूलो डेटाको साथमा तालिम दिएका थिए। यसलाई डेनमार्क र अमेरिकाका वैज्ञानिकहरुले बनाएका हुन्।

डेनमार्कको ६० लाख मानिसहरुको स्वास्थ्य र जनसांखयकीय रेकर्डहरुबाट डेटा भरिएको एआई मोडललाई मान्छेको जीवनमा अब के हुन्छ भनेर भविष्यवाणी गर्न सक्ने गरी तयार पारिएको छ।

यसमा जन्म मिति, शिक्षा, तलब, घर र स्वास्थ्यलगायत सबै जानकारीहरु हालिएको थियो। निर्माताहरुका अनुसार लाइफटूभेकले डेटा विश्लेषण गरेर मान्छे कहिले मर्नेछन भनेर भविष्यवाणी गर्न सक्छ।

२५ देखि ६५ वर्ष उमेरका मानिसहरुको समूहमा परीक्षण गर्दा आधाजति सन् २०१६ देखि सन् २०२० को बीचमा मरेको पाइयो। एआईले को मान्छे मर्नेछ र को चाँहि जीवित रहनेछन् भनेर गरेको प्रक्षेपणको शुद्धता दर ७८ प्रतिशत थियो।

डेटा डेनर्माकबाट मात्रै लिइएकोले यो अन्यत्रका मानिसहरुमा लागू हुन नसक्ने अनुसन्धान टोलीको प्रमुख सने लेह्म्यान युर्गेन्सेरले भने। आफ्नो एआई मोडेललाई बीमा कम्पनीहरुले प्रयोग गर्न नहुने युर्गेन्सेरको भनाई छ। लाइफटूभेक अहिले सर्वसाधारणका प्रयोगका लागि उपलब्ध छैन।

यस्तै खालको मोडलहरु विकास भइसकेको र यसलाई ठूला कम्पनीहरुले प्रयोग गरिरहेको बताइएको छ । व्यक्ति कति समयसम्म बाच्ला भन्ने भविष्यवाणी गर्न सक्ने एआई मोडलको प्रयोगका नैतिक तात्पर्य पनि छन्।

तर यस्तो भविष्यवाणीले असामयिक निधनलाई टार्न मद्दत गर्न सक्ने लाइफटूभेकका निर्माताहरुले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कक्षा १२ को नतिजा सार्वजनिक, ६४.१३ प्रतिशत विद्यार्थी उत्तीर्ण

पश्चिम तराईमा अत्यधिक गर्मी

सम्बन्धित

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

बालेनलाई किन संसद् मन पर्दैन ?

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

न्यूयोर्कटाइम्सका स्तमभ्कार लेख्छन्ः तेहरानले कसरी विश्व जित्यो ?

जी–७ शिखर सम्मेलनको विरोधमा जेनेभामा विशाल प्रदर्शन

अमेरिका–इरान सम्झौतापछि दक्षिण कोरियाली शेयर बजारमा भारी उछाल, बाइ– साइड साइडकार प्रणाली लागू

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group