ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं २ प्रदेशसभाका मर्यादापालकका पोशाक निर्धारण


admin

जनकपुरधाम, २९ माघ । प्रदेश नं २ को प्रदेशसभाको पहिलो अधिवेशनको दोस्रो बैठक आज सम्पन्न भयो ।

दिउँसो १ः५५ बजे शुरू भएको बैठक २ः०५ बजे सकिएको हो । निर्धारित समय भन्दा ५५ मिनेट ढिलो गरी शुरू भएको बैठक १० मिनेटसम्म बसेको थियो ।

बैठकको अध्यक्षता गर्नु भएका ज्येष्ठ सदस्य लगनलाल चौधरीले प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवको प्रदेश नं २ को नियमावली मस्यौदा समिति गठन गरियोस् भनी समितिमा रहनु हुने सदस्यहरूको नामावलीसहितको प्रस्तावलाई बैठकमा निर्णायार्थ प्र्रस्तुत गर्दा सर्वसम्मतिले सो प्रस्ताव पारित गरिएको थियो ।

सो समितिमा प्रदेशसभा सदस्य रामआशिष यादव, सञ्जयकुमार यादव, सरोजकुमार सिंह, रामनरेश राय, डा डिम्पलकुमारी झा, रमेशप्रसाद कुर्मी, सुन्दरबहादुर विश्वकर्मा, उपेन्द्रकुमार कुशवाहा, दिलीपकुमार साह, सावित्री देवी साह र शेष अबुलकलाम आजाद रहनु भएको छ ।

प्रदेशसभा सदस्य ज्ञानेन्द्रकुमार यादवले नियमावली मस्यौदा समितिमा रहनु हुने सदस्यहरूको नामावलीको प्रस्ताव बैठकमा प्रस्तुत गर्दा प्रदेशसभा सदस्यहरू मनिष सुमन, प्रमोदकुमार यादव, शोभा लामा, ज्वालाकुमारी साह, सावित्रीदेवी साह र अबुलकलाम आजादले समर्थन गर्नु भएको थियो ।

प्रदेशसभाले कार्य सञ्चालन, बैठकको सुव्यवस्थापन, समितिहरूको गठन, काम कारबाही र अन्य कुरा नियमित गर्न र सभाको काम कारबाहीलाई प्रभावकारी र समय सापेक्ष बनाउन मद्दत र नियमावली निर्माणमा आइपर्ने अन्य कार्य गर्ने सो समितिको कार्य क्षेत्र रहेको छ ।

ज्येष्ठ सदस्य चौधरीले कार्य व्यवस्था परामर्श समितिले पुरूष मर्यादा पालकलाई क्रिम कलरको सफारी सुट र महिला मर्यादापालकलाई क्रिम कलरको साडी र चोलो १५ दिनभित्र व्यवस्थापन गर्न निर्णय गरिएको जानकारी गराउनुभयो ।

त्यस्तै, कार्य व्यवस्था समितिद्वारा प्रदेशसभामा मधेश आन्दोलन र जनयुद्धका शहीदको प्रतीकात्मक तस्बिर राख्ने निर्णय गर्नुका साथै आजको बैठकको कार्यसूचीमा राखिएको उपसभामुखको निर्वाचनको तिथि तोकिने प्रस्तावलाई कार्यसूचीबाट हटाइएको उहाँले जानकारी गराउनु भएको थियो ।

प्रदेश नं २ का प्रदेशसभाका मर्यादापालकका लागि क्रिम कलरको पोशाक निर्धारण गरिएको छ । कार्य व्यवस्था परामर्श समितिको आज बसेको बैठकले सो निर्णय गरेको हो ।

समितिका सदस्य रामसरोज यादवका अनुसार पुरूष मर्यादापालकका लागि गर्मी याममा क्रिम कलरको सफारी सुट र जाडो याममा सोही कलरको वण्डी (इस्टकोट), स्वेटर तथा महिला मर्यादा पालकका लागि क्रिम कलरको साडी र चोलो पोशाक निर्धारण गरिएको छ । १५ दिनभित्र सो पोशाकको व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ ।

प्रदेशसभाको अर्को बैठक फागुन २ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एमालेद्वारा मधेस सरकारलाई दिएको समर्थन फिर्ता

कोलहवामै विद्यालय खोल्ने सपना

भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध : मुख्यमन्त्री यादव

बारा–२ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरू

बारा–२ मा बिहान १० बजेदेखि मतगणना हुने

बारा २ उपनिर्वाचन : सर्वदलीय बैठक बस्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com