ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

परस्त्रीसँगको सम्बन्ध प्रिन्सिपल सर्राफ हत्याको मुख्य कारण


abc tv

काठमाडौँ । बाराको कलैयास्थित बाल एकता माविका सञ्चालक तथा प्रिन्सिपल रुपेश सर्राफको हत्यामा उनकै प्रेमिका संलग्न रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रहरीले सर्राफको प्रेमिका भनिएकी ती महिलासहित सात जनालाई पक्राउ गरेपछि थप रहस्य खुलेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सुरेश काफ्लेका अनुसार सर्राफ हाल पक्राउ परेकी महिलासँग लामो समयदेखि गहिरो प्रेममा थिए । विवाहित सर्राफको श्रीमती, एक छोरा र एक छोरी छन् । ‘ हाल पक्राउ परेका आरोपीहरूको बयान अनुसार सर्राफ लामो समयदेखि एक महिलासँग गहिरो सम्बन्धमा रहेको देखियो,’ एसपी काफ्लेले भने, ‘यही सम्बन्धमा खटपट सुरु भएपछि सर्राफको हत्या योजना बुनेको देखिन्छ ।’

उनका अनुसार सर्राफको दोस्रो प्रयासमा मात्रै हत्या भएको अनुसन्धानबाट खुलेको छ । यसअघि एक होटेलमा सर्राफको हत्या गर्न खोजिएको थियो । तर, उनी उम्कन सफल भएका थिए । त्यतिबेला सर्राफले प्रहरीमा कुनै जानकारी गराएका थिएनन् । उनले आफ्नो प्रेमसम्बन्ध परिवारमा समेत बताएका थिएनन् ।

सर्राफसँग प्रेममा रहेकी महिलाको अर्को एक पुरुषसँग पनि सम्बन्ध रहेको प्रहरीले जनाएको छ । ती पुरुषले पटक पटक सर्राफलाई प्रेमिकासँगको सम्बन्ध तोड्न चेतावनी दिँदै आएका थिए । सर्राफले सम्बन्ध तोड्न नमानेपछि हत्याको योजना बुनेको प्रहरीले जनाएको छ । बारा प्रहरीले आज पत्रकार सम्मेलन गरेर घटनाबारे जानकारी दिँदैछ । काफ्लेले भने,‘ अनुसन्धानबाट धेरै कुरा खुलेका छन्, पत्रकार सम्मेलनमा बताउँछु ।’ सर्राफको सोमबार गोली हानी हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com