ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गीतकार खनालकोे ‘आमाको सम्झना’ सार्वजनिक


admin

काठमाडौँ, २६ माघ । चर्चित एवं वरिष्ठ गीतकार पुष्पा खनालको नयाँ गीत ‘मैले पुज्ने देव तिमी’ सार्वजनिक भएको छ ।

आफ्नी आमा दमन्ता खनालको सम्झनामा उनले सो गीत आज सार्वजनिक गर्नुभएको हो । “दिवंगत ममतामयी आमाको पुण्यतिथिमा शब्द रचनाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्न गीत सार्वजनिक गरेँ”, उहाँले भन्नुभयो ।

“ममतामयी आमालाई गुमाउनु पर्दाको क्षणलाई सम्झेर गीत रचना गरेँ, जीवनमा आमाको कति महत्वपूर्ण हुन्छ, यस पीडालाई गीतका शब्दमा उतार्ने प्रयास गरेको छु, अब सबै आमाहरूमा यो समर्पण गर्न चाहन्छु ।” कुन क्षणमा गीत रचना गर्नुभयो ? प्रश्नको जवाफमा भावुक हुँदै गीतकार खनालले जवाफ फर्काउनुभयो ।

भावुक र मार्मिक सो गीतमा वरिष्ठ सङ्गीतकार लक्ष्मण शेषले सङ्गीत भर्नुभएको छ भने वरिष्ठ गायक बिन्दु परियारले स्वर दिनुभएको छ । “सङ्गीत भर्र्ने क्रममा मलाई पनि मेरो आमाको निरन्तर सम्झना आइरह्यो, यो पीडालाई सङ्गीतमार्फत उतार्न निकै कठिन भयो, जीवन्त रुपमा गीतका शब्दलाई सङ्गीतमा उतार्ने प्रयास गरेको छु । “सङ्गीतकार शेषले सङ्गीत भर्दाका आफ्नो अनुभव सुनाउनुभयो ।

“आमाको वात्सल्यता प्राप्त भइराखेको छ तर आमा नहुँदा पीडा कस्तो हुन्छ भनेर स्वर दिँदा यसले मन र मुटु दुवैलाई चसक्क छोयो” गायक परियारले भन्नुभयो ।

दुई दशकदेखि गीत–सङ्गीत, कविता, कथामार्फत साहित्य सिर्जनामा लागेकी गीतकार खनालका दुईवटा एल्बम प्रतिष्ठा (संयुक्त) र अभिनव (एकल) मार्फत दर्जनभन्दा बढी गीत बजारमा आएका छन् । त्यस्तै उहाँले गीत तथा कविताको सङ्ग्रहित पुस्तक ‘पोखिएँ यसरी’ पनि सार्वजनिक गर्नुभएको छ ।

उसो त पछिल्लो पुस्ताका चर्चित गायिका अञ्जु पन्तको स्वर र सङ्गीतकार गोविन्दमधुर आचार्यले भर्नुभएको उनको चर्चित गीत ‘सुनेँ तिम्रो खुशी त्यतै थियो अरे’ बोलको गीतले गत महिनामा पिआरविटीमार्फत सर्वाधिक रोयल्टी प्राप्त गर्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

जुनु प्रसाईं ‘मेरो भ्वाइस युनिभर्स सिजन २’ को फाइनल राउन्डमा

गंगा फियाकले ल्याइन् ‘साम्याङ युप्पा’

तपाईं पनि डोनाल्ड ट्रम्प जस्तो शरीर बनाउन सक्नुहुन्छ, तर कसरी ?

हलिवुडले प्रतिरोध छोडेर सत्ताको लाइनमा बस्ने पक्षको छनोट : द इकोनोमिष्ट

सवैभन्दा कान्छी प्रेस सचिव, जसले ‘ट्रम्पको भाषा कति सजिलै बोल्छिन्’ :वाल स्ट्रिट जर्नल

आज भ्यालेन्टाइन डे : प्रेम साटासाट गरी मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com