ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड नेतृत्वको समाजवादी मोर्चालाई एक्लै सरकार चलाउन दिऔं, कांग्रेसका मन्त्रीहरू फिर्ता बोलाऔं : गगन थापा


ABC NEWS
आश्विन १४, २०८० आईतबार   ६ : ४६   बजे

काठमाडौं १४ असोज । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले समाजवादी मोर्चालाई अढाई वर्ष सरकार चलाउन दिएर आफूहरूले फ्लोरबाट समर्थन गर्ने प्रस्ताव अघि सारेका छन्।

आइतबार कांग्रेस रुपान्तरण अभियान बागमती प्रदेशले आयोजना गरेको कार्यक्रमलाई सम्बोधनलाई गर्दै महामन्त्री थापाले त्यसका लागि अहिले नै कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउने प्रस्ताव गरेका हुन्।

‘गठबन्धनमा नयाँ कल्चरको बारेमा छलफल गरौं। उहाँहरुले मिलेर समाजवादी मोर्चा बनाउनुभएको छ। म के प्रस्ताव गर्न चाहन्छु भने, यो दुई अढाई वर्ष उहाँहरूले सरकार चलाउने भन्ने कुरा छ। प्रचण्डजी र त्यसपछि माधव नेपाल प्रधानमन्त्री बन्ने भन्ने कुरा छ। उहाँहरुको एउटै मोर्चा छ,’ थापाले अघि भने, ‘कांग्रेसको मन्त्रीहरू सबै फिर्ता बोलऔं। दुई अढाई वर्ष उहाँहरूलाई एक्लै चलाउन दिऔं। हामी फ्लोरबाट समर्थन गरौं।’

अढाई वर्ष समाजवादी मोर्चाले नेतृत्व गरेपछि त्यसपछिको दुई वर्ष कांग्रेसले नेतृत्व गर्न पाउनुपर्ने उनको भनाइ थियो।

‘यो अढाई वर्ष मोर्चालाई चलाउन दिऔं। हामी फ्लोरबाट सहमति जनाउने वा नजनाउने गरौं। त्यसपछिको दुई अढाई वर्ष कांग्रेसले चलाउन पाउनुपर्छ। कांग्रेसले एक्लै चलाउनुपर्छ। त्यो एक्लै हुँदा जस भएपनि अवजस जे भएपनि कांग्रेसले लिनुपर्छ। अनि पो बल्ल हुन्छ,’ थापाले भने।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group