ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुवै भ्रमण सफल भएको मैले ठानेको छु – प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठ)


ABC NEWS

काठमाडौं १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघ र चीनको भ्रमण सफल भएको दाबी गरेका छन् । भ्रमणबारे सदनलाई जानकारी गराउँदै प्रधानमन्त्री प्रचण्डले समग्रमा दुवै भ्रमण सफल भएको बताए ।

उनले भने, ‘चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एक अर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्विपक्षीय वार्ताबाट छिमेकीहरूका संवेदनशील विषयहरूमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ, राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ ।’

प्रधानमन्त्री प्रचण्डले भ्रमणमा पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्विपक्षीय सहयोग र सहकार्यलाई तीव्रता दिने मार्गप्रशस्त भएको बताए ।

उनले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरूको सद्भाव अभिवृद्धि भएको समेत उल्लेख गरे ।

चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्रीले भनेका छन्–
मित्र राष्ट्र चीनको औपचारिक भ्रमण चीनका महामहिम राष्ट्रपति सिजिनफिङ गर्नुभएको २०१९ पछि नेपालबाट गरिएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। कोभिड १९ महामारीका कारण लामो समयदेखि उच्चस्तरीय भ्रमण नभएको सन्दर्भमा मेरो भ्रमणले नेपाल र चीनबीच आपसी विश्वासको वातावरण सुदृढ गर्दै दुवै देशबीच रही आएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भुमिका खेलेको विश्वास लिएको छु। यस भ्रमणको दौरानमा चीनका महामहिम राष्ट्रपति तथा प्रधानमन्त्रीसँग सारभूत पक्षमा भएको छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाई दिन मद्दत पुगेको छ। विगतमा भएका समझदारीहरुको कार्यान्वयन गर्दै लैजाने प्रतिवद्धता व्यक्त भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चीनका महामहिम राष्ट्रपति र प्रधानमन्त्रीसँग प्रतिनिधिमण्डल स्तरीय वार्ता र छलफल हुँदा चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक–सामाजिक साझेदारी वृद्धि गर्दै लैजाने दिशातर्फ हाम्रो सम्बन्ध केन्द्रित रहनुपर्ने मैले राखेको धारणाप्रति महामहिम राष्ट्रपति र प्रधानमन्त्रीले चीनको पूर्ण समर्थन रहेको बताउनु भयो। उच्चस्तरीय भेटहरुमा नेपालको उत्तरी सीमा क्षेत्रमा चीन तर्फबाट प्रशारण लाईन निर्माण, नेपाल र चीनको सिमामा रहेको भूभागबाट केन्द्रिय विद्युत प्रशारण प्रणालीबाट विद्युतको पहुँच पु¥याउन नसकिने स्थानहरुमा सौर्य प्रणाली जडान, विभिन्न सडक निर्माण तथा स्तरोन्नति, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग विस्तार, कोभिड पछि अवरुद्ध भएका साथै परम्परागत सिमा नाकाहरुको पुनसंचालन, सीमा नाकामा नेपालतर्फ पूर्वाधार निर्माण, अत्याधुनिक प्रयोगशाला निर्माण जस्ता पूर्वाधार विकासका बारेमा केन्द्रित भएको थियो। यसैगरी नेपाल–चीनबीचको जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउन पोखरा अन्तराष्ट्रिय विमानस्थलहरुमा चीनबाट सोझै हवाई उडान गरिनुका साथै विज्ञान र प्रविधिको क्षेत्रमा सहकार्य गर्ने, द्धिपक्षीय व्यापार विस्तार गर्ने विषयमा समेत विस्तारपूर्वक छलफल भयो। नेपाल सदैव एक चीन नीतिमा प्रतिवद्ध रहँदै आएको र नेपाल–चीन बीचको सम्बन्ध पञ्चशीलको सिद्धान्त, असल मित्रता, आपसी साझेदारी र सम्मान तथा अन्तराष्ट्रिय मूल्यमान्यता र कानुनमा आधारित रहेको पृष्ठभूमिमा भविष्यमा यो सम्बन्धलाई थप उचाईमा लैजाने दिशातर्फ दुवै पक्षले गर्नुपर्ने कार्यका बारेमा गम्भिर विचार विमर्श भयो। यसअघि मैले संयुक्त राष्ट्र संघको महासभामा नेपालको शान्ति प्रक्रिया र त्यसलाई ठोस निष्कर्षमा पु¥याउन अन्तराष्ट्रिय समूदायको सहयोग, जलवायु परिवर्तन तथा यसले गर्दा नेपाललगायत अल्पविकसित देशहरुमा परेके नकारात्मक प्रभाव र त्यसका निराकरणका उपायहरु, हिमाली राष्ट्रहरुका समस्या, दिगो विकासका लक्ष्यहरुको प्राप्तीमा अल्प विकसित राष्ट्रहरुको समस्याहरू प्रस्तुत गर्दै ती समस्या समाधानमा साधन, स्रोतको व्यवस्थापनका लागि विश्व समूदायको गम्भिर ध्यानाकर्षण गराएको छु। समग्रमा दुवै भ्रमणहरु सफल भएको मैले ठानेको छु। चीनको भ्रमणले झण्डै चार वर्ष लामो नेतृत्व तहबाट एकअर्को मुलुकका भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ। उच्चस्तरमा भएको द्धिपक्षीय वार्ताबाट छिमेकीहरुका संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टि भएको छ। राजनीतिक तहमा विश्वासको वातावरण बनेको छ। पूर्वाधार निर्माण, व्यापार, लगानी, तथा जनस्तरको सम्बन्ध बिस्तारमा द्धिपक्षीय सहयोग र सहकार्यलाई तिब्रता दिने मार्गप्रशस्त भएको छ। र, अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनिया नेताहरुको सद्भावमा वृद्धि भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com