ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा प्रधानमन्त्री प्रचण्डलाई चिनियाँ उप्रधानमन्त्री विमानस्स्वाथलमा रिसिभ १९६० पछि पहिलोपटक उच्च सम्मान


ABC NEWS
आश्विन ६, २०८० शनिबार   ११ : ४२   बजे

बेइजिङ६ असोज । प्रधानमन्त्री प्रचण्डलाई चीनमा भव्य स्वागत गरिएको छ। नेपालका प्रधानमन्त्रीलाई स्वागत गर्न पहिलोपटक ‍चिनियाँ उप्रधानमन्त्री नै विमानस्थलमा आएका छन्।

शनिबार बिहान हाङ्जाओ विमानस्थल अवतरण गरेका प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न चिनियाँ उपप्रधानमन्त्री हि ली फाङ आफैँ विमानस्थल आएका हुन्। उनी अर्थतन्त्र र वित्त हेर्ने उपप्रधानमन्त्री हुन्।

अमेरिका भ्रमण सकेर हङकङ हुँदै प्रधानमन्त्री प्रचण्ड आजै बिहान चीनको हाङ्जाओ आइपुगेका हुन्। चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड एक साता लामो भ्रमणका लागि चीन पुगेका हुन्।

आजै राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री प्रचण्डसँग लन्च मिटिङ गर्ने कार्यक्रम छ। जसका लागि प्रचण्ड आफू बसेको रिसोर्टबाट सिहु होटलमा जानेछन्, जहाँ उनलाई चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिनफिङले दिवा भोजसहित स्वागत गर्ने तयारी छ।

सीसँग करिब एक घण्टा लन्च मिटिङपछि प्रचण्ड फेरि रिसोर्टमै फर्कने छन्। रिसोर्टबाट ४ बजेर २० मिनेटमा प्रचण्ड फेरि राष्ट्रपति सीसँग दुई पक्षीय भेटवार्ताका लागि उनी बसेको होटल सिहु जानेछन्। प्रधानमन्त्रीको भ्रमण तालिका अनुसार ४ बजेर ४० मिनेटदेखि ५ बजेर १० मिनेटसम्म प्रचण्ड र सीबीच औपचारिक भेटवार्ता हुनेछ।
भ्रमण तालिकामा यो भेटवार्ता ३० मिनेटको राखिएको भए पनि लम्बिन सक्ने भएकाले त्यसपछिको केही समय खाली राखिएको छ।

बेइजिङमा थप दुई वटा महत्त्वपूर्ण भेटवार्ता भए पनि हाङ्जाओमा हुने सी–प्रचण्ड शीर्ष भेटवार्ताले अबको नेपाल–चीन सम्बन्धलाई निर्देशन गर्नेछ। हाङ्जाओमा राष्ट्रपति सी र प्रचण्डबीच खासगरी दुई देशबीचको राजनीति, भूराजनीति र अन्तर्राष्ट्रिय क्षेत्रीय सम्बन्धका विषयमा छलफल हुने तयारी छ।

चीनले नेपालसँग भएको बीआरआई सम्झौता कार्यान्वयन सम्झौताको मस्यौदा प्रस्ताव गरे पनि नेपालले यसमा जवाफ दिएको छैन। यस विषयमा प्रचण्ड र सीबीच छलफल हुनेछ तर सम्झौता हुने नहुने प्रधानमन्त्री प्रचण्डको निर्णयमा भर पर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group