ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिन्ता तीजको दरमा हैन, भल्गर संस्कृतिले उल्का ल्याउनुमा हो कि ?


शारदा शर्मा

बर्षदिनमा एकदिन मनाउने चाड अहिले आएर महिनौं मनाउने मात्र होइन, विकृतपूर्ण भयो भनेर प्रश्नहरु उठिरहेका छन् । बर्षदिनको यो चाड तीजमा केटा मान्छेहरुको सहभागितालाई हेर्ने पनि फरक फरक धारणा छ । लगाई ,पहिरन,गित र अहिलेका नाचहरुको बिषयले मौलिकता बोकेको यो पर्ब कतै बिसर्जन हुने त हैन भन्ने चिन्ता पनि कतिलाई छ । खासमा पहिला के हो र अहिले के भयो, के हुनुपर्ने भन्ने बिषयमा धेरै थारिका बहस गर्लान् । तर हामीले सामान्य रुपमा बुझ्दा पनि कतिपय सवालमा स्वतन्त्रताको नाममा स्वच्छन्दता मौलाएको पक्कै पनि हो ।

हिजो महिलाहरु बाहिर निस्कन नहुने, महिलाहरुको कुनै आर्थिक हैसियत पनि नहुने र सानैमा बिहे गरिदिने भएकाले एक बर्षमा आफ्ना छोरीचेली उनीहरुका घरमा लिन पठाइ माइत बोलाएर मिठो मसिनो खुवाउने चलन थियो । तर त्यो बिस्तारै बदलिएको छ । हरेक क्षत्रमा महिलाहरुको पहुँच बढेको छ । जसको कारण उनीहरु आफ्ना इच्छा र चाहानाहरु पुरा गर्न सक्ने भएका छन् । सासुले बुहारीलाई असाध्यै दमन गर्ने परिपाटी पनि बदलिएको छ । यसको मतलब सबै पुरा भए भन्ने हैन ।त्यो नभए पनि पहिला जस्तो अवस्य छैन । त्यसैले पनि महिला दिदी बहिनीहरु मिलेर अलि पहिल्यैबाट रमाइलो गर्नुलाई अस्वभाविक नभनिहालौं ।

पाटी प्यालेसमा दर खाइयो भन्ने कुरा छ । त्यस्मा पनि महिलाहरुले घरमा आफुलाई काम गर्न, पकाउन पर्दा अरुसंग बोल्न पनि नपाइने, अलिकति खर्च गर्दा रमाइलो गर्न पाइने भएर पाटी प्यालेसमा गर्ने कुरालाई पनि पोजेटिभ रुपमै बुझौ । तर जुन गीत छन्, तिनमा मच्याइने उत्पातै किसिमका नचरीहरु छन् घरमा बसेर छोराछोरी बाबुआमाले संगै हेर्न सकिंदैन । अनि गितका शब्दहरु जति भल्गर हुंदै जान्छन्, बजारमा तिनको ब्यापार त्यति नै बढेको देखिन्छ ।तिनलाई नियमन गर्ने कुनै निकाय पनि छैन । केटा मान्छेरु सहभागि नभै चाडबाड मनाउने कुराको कल्पना पनि नगरौं । पहिला पहिला पनि दाजुभाइ दिदी बहिनीलाई लिन जाने, घरमा ल्याउने, सबै ब्यवस्था गरिदिने र गित गाउंदा मादल बजाइदिने गर्दथे । बा, दाजुभाइ बिनाको तीजको कल्पना गर्न पनि सकिंदैन । त्यसैले गित पनि बाको दाजुभाइको तर्फबाट पनि चेलीहरुले नै गाइने गरिन्थ्यो । सबै कुरालाई नेगेटिभ रुपमा पनि नलिऔं।

तर अहिले बजार खुला छ । हरेक कुरालाई ब्यापारिक रुपले हेर्ने गरिन्छ ।समाजिक भनिएका असामाजिक संजालको बढ्दो प्रयोगले भल्गर कुराहरुलाई प्रसय दिएको छ । राम्रो खालको गित बनाए पनि मार्केट राम्रो हुन्छ । तर भल्गर प्रकारका शब्द संगितहरुले त्यहांभन्दा बढी तहल्का पिट्छन् । जसको कारण सन्जालको ब्यापारमा लागेका र स्वतन्त्रतालाई स्वच्छन्दताको रुपमा बुझेकाहरुले तीज जस्तो रमाइलो र महत्वपूर्ण चाडलाई बिकृत बनाएको छ । महिलाहरुले स्वतन्त्रताको नाममा जुन प्रकारको भद्धा प्रहसन गरिहरेका छन् त्यसले समाजलाई लज्जित बनाएको पक्कै हो । केटा मान्छेहरुले जे पनि गर्न हुने हामीले गर्ननहुने ? भन्ने जुन प्रकारको मानसिकताकसाथ हामी स्वतन्त्रताको ब्याख्या गरिरहेका छौं, यसले समाजमा पक्कै पनि राम्रो गरेको छैन । त्यसैले निम्त्याएको हो यो अवस्था पनि । रमाइलो गर्ने दिदी बहिनीहरु जम्मा भएर खानुले भन्दा पनि पहिरन, गहना र ,प्रतिस्प्पर्धा कारण यो चाड अलि भद्धा अवस्य देखिएको छ । देशभरीमा महिलाको संख्या ५१ प्रतिशत भन्दा बढी छ, ती मध्ये कतिले यस्तो प्रकारको हर्कत गरेका होलान ? दुर्इ चार जनाको कारण समग्र महिलाहरु माथि प्रश्न चिन्ह उठाउनु राम्रो हुंदैन । समाजमा भद्र, सभ्य र अनुशासित मानिसहरु पनि छन् र यही समाजमा अश्लिल अपराधिक मानसिकता बोकेका मानिसहरु पनि छन् । पहिला त हामी मानिस बनौं ।

केटा मान्छेले रक्सी खांदा केही नभन्ने हामीले एक दिन यसो रमाइलो गरौं भन्दा कुरा काट्ने भन्नु भन्दा त्यस्तो कुरा मानिसहरुले गर्नु राम्रो हैन भनेर बुझन जरुरी छ । समाजमा पहिला हामी मानिस हौं । मानिसले गर्ने गल्ती कमजोरीको बिषयमा बहस हुन जरुरी छ । हामीले हाम्रो काम कर्तव्य र क्षमताको बहस गरेर प्रतिश्प्रधा गर्न जरुरी छ । तर घरमा खाना कस्ले पकाउने, लुगा कस्ले धुने, चिया तैंले पकाउने की मैले पकाउने ? भन्नेकुरामा बिबाद र बहस गरेर, भात नपकाएर रेष्टुरेन्टमा खान जांदैमा स्वतन्त्रता प्राप्त हुंदैन । न हामीले रक्सी खांदैमा, न खैनी चुरोट खांदैमा । त्यो त मानिसहरुको लागि खराब कुरा हो । के गर्ने, नगर्ने मानिसहरुले बुझ्ने कुरा हो । अहिले हाम्रो मानसिकता यसरी बदलिएको छ की हामी महिला हामीसंग पैसा छ किन हामीले उनिहरुले गर्ने हर्कत गर्न नहुने ? केटा मानिसले धेरै बिहे गर्ने हामीले किन गर्न नहुने, हामी किन हिंड्न नहुने ? यस्ता कुरामा प्रतिस्पर्धा गर्न थालेपछि, यस्ता कुरामा मानिस भड्किन थालेपछि मुख्य ऐजेन्डाहरु ओझेलमा पर्नेरहेछन् र समाज छाडा बन्न जाने रहेछ । सायद यसैको उदाहरण हो हामीले अहिले संजालभरी देखिएको भल्गर दृश्यहरु पनि ।

जीवनलाई सहज बनाउन के गर्ने ,कसरी खुसी रहने , हामीले निर्माण गरेको समाजमा हामीले गरेका कामहरु हाम्रो अधिल्लो पुस्ताले सिकेर समाज सभ्य र अनुशासित बनाउन सहयोग पुगोस् भन्नेमा हामी सचेत बनेर काम गर्न सकियो भने हामीले हाम्रो समाज वरिपरिको वर्गको बिषयमा पनि बुझ्नेछौं । जब हामीले विषयलाइ राम्रोसंग बुझेर अगाडि बढ्छौ हामीले खाने दर र रमाइलो गर्ने तीजको कुरामा यतिधेरै डिबेट पक्कै हुनेछैन ।

हरेक कुरालाई जिम्मेवारपूर्वक लिने स्थायी राज्य संरचनाको निर्माण भयो भने पनि यस्ता कुराहरु नियन्त्रणमा आउंछन । महिला दिदीबहिनीहरुको दर खानु भन्दा पनि दरको नाममा अरुलाई देखाइ दिने प्रतिस्पर्धा अनि अश्लिलतालाई स्वतन्त्रता भनेर बुझ्ने अर्धबुझाइको कारण यो अवस्था सिर्जना भएको हो । यस्ता विषयमा थोरै मात्र ध्यान दिन सकियो भने अझै पनि तीज रमाइलो पर्व र सबै मिलेर गक्ष (क्षमता) अनुसार मनाउने सभ्य र भब्य चाडको रुपमा हाम्रा पुस्ताहरुलाई हस्तान्तरण गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com