ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्रिएसन नेपालद्धारा प्रस्तूतीकरण प्रतियोगिता आयोजना, नेशनल ल कलेजद्धारा प्रथम स्थान हासिल


एबीसी न्यूज
श्रावण २८, २०८० आईतबार  ९ : ०५ बजे

काठमाडौं । २४ औं अन्तराष्ट्रिय युवादिवसको अवसरमा क्रिएसन नेपालद्धारा प्रस्तूतीकरण प्रतियोगिताको भव्य आयोजना सम्पन्न भएको छ । शनिवार काठमाडौंमा आयोजित प्रतियोगितामा काठमाडौं उपत्यमा रहेका विश्वविद्यालय स्तरीय कलेजका विद्यार्थीहरुले आफनो प्रस्तुतीकरण दिएका थिए । द कोकाकोला फाउन्डेसनको सहयोगमा भएको प्रतियोगिताको शिर्षक ‘‘नेपालमा प्लास्टिज्य बस्तुको जीवनचक्र’’ रहेको थियो ।

सो अवसरमा क्रिएसन नेपाल संस्थापक अध्यक्ष आनन्द मिश्राले देशको भविष्य युवा पुस्ताको हातमा रहेको बताउँदै जागरुक युवाहरुले जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन सक्रिय हुनु पर्ने बताए । उनले हामी पुरै पृथ्विको संरक्षण गर्न नसकेता पनि यदि हामी व्यक्तिगत रुपमा सुध्रिने प्रयास गरे केही हदसम्म जलवायु परिवर्तन तथा पर्यावरणलाई जोगाउन मद्दत पुग्ने बताए ।

आयोजक संस्थाका महासचिव सुजाता कोइरालाले प्रतियोगिताको बिषय प्रवेश गराउँदै प्लाटिस्क जन्य बस्तुको बारेमा विस्तृत दिदैं, यस क्षेत्रमा संस्थाले २००५ देखि गर्दै आएको प्रयासका बारेमा प्रकाश पारेकी थिइन ।
निर्णायक मण्डलबाट जय निशान्तले बोल्दै, युवाहरु उमेरले भन्दा सोचले युवा हुनु पर्नेमा जोड दिए । उनले भने, ‘युवा उमेरले होइन, युवा सोंचले हुनु पर्छ , जुन दिन देखि हामी केही नयाँ सोच्न बन्द गछौं त्यो दिन देखि बुझनु पर्छ अब हामी युवा रहेनौं ।’

संस्थाले विभिन्न कलेजबाट आएको प्रस्तुतीकरणबाट छनौट गरी अन्तिम प्रतिस्पर्धाको रुपमा ६ वटा कलेजलाई चयन गरेका थिए । जसमध्ये त्रिभुवन विश्वविद्यालय केन्द्रिय वातवारणीय साइन्स, व्यवथापन तर्फ किंग्स कलेज, कानुन तर्फ नेशनल ल कलेज, सामाजिक विज्ञान तर्फ सेन्ट जेभिर्यस कलेज, बातवरणीय इन्जियरिङ्ग तर्फ काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्स, जनस्वास्थ्य तर्फ होप इन्टरनेशनल कलेजको सहभागिता रहेको थियो ।
विद्यार्थीहरुले आ आफनो प्रस्तूतीकरण प्रस्तुत गर्दै प्लाटिकज्य वस्तुको जीवनचक्र, यसले वातावरण र मानव जीवनमा पारेको असर, युवा पुस्ताको भूमिका, कानुनी र व्यवहारिक रुपमा हामीले सुधार्नु र गर्नु पर्ने कामका बारे आ आफनो दृष्टिकोण प्रस्तुत गरेका थिए ।

निर्णायक मण्डलको रुपमा संविधानसभा सदस्य तथा संवैधानिक कानुनका जानकार डा। खिमलाल देवकोटा, व्यवथापान, विकास, अन्तराष्ट्रिय सम्बन्धका जानकार पूर्व सन्चारकर्मी जय निशान्त, फोहोर मैला व्यवस्थापन क्षेत्रका विज्ञका रुपमा रहनु भएकी डा। ज्योती गिरी र संस्थाका अध्यक्ष आनन्द मिश्रा स्वयं रहेका थिए । उनीहरुले गरेको अंकको आधारमा नेशनल ल कलेजका विद्यार्थीले प्रथम र काठमाडौं विश्वविद्यालय स्कुल अफ साइन्सका वातावरणीय इन्जियरिङ्ग कलेजले दोश्रो स्थान हासिल गरेका थिए ।

बिजेता कलेजका विद्यार्थीहरुलाई प्रथम स्थान हासि गर्नेलाई नगद रु २० हजार सहित प्रमाणपत्र र दोश्रो हुनेलाई नगद रु १५ हजार सहित प्रमाणपत्र र सहभागि भएका अन्य कलेजका विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कठिन दैनिकीः एक सिलिण्डर ग्यासका लागि सडकमै सास्ती, घन्टौं लाइनमा सर्वसाधारण (फोटो फिचर)

इराकमा अमेरिकी इन्धन भर्ने सैन्य विमान दुर्घटनाग्रस्त, मध्यपूर्व युद्ध झन् चर्कियो

सम्बन्धित

एमाले अध्यक्ष केपी शर्मा ओलीका पिताको अन्तिम बिदाइ (तस्बिरसहित)

झापामा हावाहुरी र वर्षाको वितण्डा, तीन जनाको मृत्यु

राहदानी वितरण केही साता बन्द हुने

आज शुक्रबारदेखि आधा सिलिन्डर ग्यास बिक्री गरिने

पुर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पितृ शोक

मोदी प्रमुख अतिथि रहने भारतको प्रतिष्ठित NXT Summit 2026 मा रेनु दाहालले सम्बोधन गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com