ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मणिपुरमा भारत माताको हत्या भयो : राहुल गान्धी


ABC NEWS

काठमाडौं २४ साउन । भारतमा कांग्रेस आईका सांसद राहुल गान्धीले मणिपुरमा मोदी सरकारले भारत माताको हत्या गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि लोकसभामा बुधबार दोस्रो दिन भएको छलफलमा भाग लिँदै राहुलले आफ्नो भारत जोडो यात्राको चर्चा गरे ।

कन्याकुमारीदेखि कश्मीरसम्मको यात्राका क्रममा दैनिक २५ किलोमिटर हिँड्छु भन्ने आफ्नो अहंकार दुईतीन दिनमा चुर भएको उनले सुनाए । अघि भने, ‘भारत हरेक अहंकारलाई नाश गर्छ ।’

केही दिनअघि आफू मणिपुर गएको भन्दै उनले प्रधानमन्त्रीको आलोचना गरे । मोदी अहिलेसम्म नगएको भन्दै उनले भने, ‘किनकी तपाईँका लागि मणिपुर हिन्दुस्तान होइन । मणिपुरलाई तपाईँले दुई भागमा बाँडिदिनुभयो ।’

उनी बोलिरहँदा बीजेपी सांसदले राजस्थान नगएकोबारे प्रश्न गरेका थिए, राहुलले आजै जाने बताए । मणिपुर यात्राको चर्चा गर्दै उनले भने, ‘एक महिलाले मलाई भनिन् कि उनको छोरा हिंसामा मारिए र उनको शवसँग पूरा रात बसिन् । उनी आफ्नो घरबार छोडेर आइन् र उनीसँग अब मारिएका छोराको फोटो मात्र छ ।’

‘दोस्रो महिलासँग मेरो भेट भयो र मैले सोधेँ तपाईँसँग के भयो । उनी काम्न लागिन् र बेहोस भइन् । यो मात्र दुई उदाहरण हो’ सरकारप्रति लक्षित गर्दै राहुलले भने, ‘तिमीहरुले मणिपुरको मात्र होइन, हिन्दुस्तानको हत्या गर्‍यौं ।’

‘मणिपुरका मानिसहरुको हत्या गरेर तिमीहरुले भारत माताको हत्या गरेका छौं, तिमीहरुले देशद्रोह गरेका छौं र यही कारण प्रधानमन्त्री मोदी मणिपुर गएका छैनन् । एक आमा मेरो यहाँ बसेकी छिन् र अर्को आमाको तिमीहरुले मणिपुरमा मार्‍यौं ।’

राहुलको अभिव्यक्तिप्रति बीजेपीका सांसदहरुले कडा आपत्ति जनाए । लोकसभा अध्यक्ष ओम बिड्लाले पनि राहुललाई यो संसद भएको र सम्हालिएर धारणा राख्न आग्रह गरे ।

तर राहुल रोकिएनन् । होहल्लाका बीच उनी बोलिरहे । उनले भने, ‘हिन्दुस्तानको सेना एक दिनमा मणिपुरमा शान्ति ल्याउन सक्छ, तर उनीहरुलाई प्रयोग गरिएको छैन । यदि नरेन्द्र मोदीले मणिपुरको आवाजलाई सुन्दैनन् भने उनले भारत माताको हत्या गरिरहेका छन् ।’

रावणले मेघनाथ र कुम्भकर्णलाई मात्र सुन्ने गरेको स्मरण गर्दै उनले भने, ‘यसरी नै नरेन्द्र मोदीले पनि दुई जनालाई मात्र सुन्छन्, अमित शाह र अडानी । लंकालाई अनुमानले होइन, रावणको अहंकारले जलाएको थियो । रामले रावणलाई मारेका थिएनन्, रावणको अहंकारले उसलाई मारेको थियो ।’

उनले मोदीमाथि आरोप लगाए, ‘तपाईंले पूरा देशमा मट्टितेल हालिरहनु भएको छ । पहिला मणिपुरमा मट्टितेल हाल्नुभयो । हरियाणामा हाल्नुभयो र पूरा देशमा आगो लगाइरहनु भएको छ ।’

राहुल लगतै केन्द्रीय मन्त्री स्मृति इरानी बोलिन्, जसले भारत माताको हत्या भनेकोमा राहुलको निन्दा गरिन् । उनले अघि भनिन्, मणिपुर भारतको अभिन्न अंग हो । भारतको थियो र रहने छ । आज देश हेरिरहेको छ कि जब भारत माताको हत्याको कुरा भयो त कांग्रेस ताली बजाइरहेको थियो ।’

उनले कश्मिरी पण्डितहरूको मुद्दा उठाइन् । राजस्थानमा एक १४ वर्षीकी किशोरीको हत्या र सामूहिक बलात्कारको मुद्दा पनि उठाइन् । कांग्रेस सांसदहरुतर्फ लक्षित गर्दै उनले भनिन्, ‘यिनीहरुको मन त्यसबेला दुखेन ।’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com