ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले किसिन्जरलाई गरेको भव्य स्वागतको अर्थ – ग्लोवल टाइम्स


ABC NEWS

चीनका पुराना मित्र मानिने प्रख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको हालैको चीन भ्रमणका क्रममा न्यानो र भव्य स्वागत भयो । एक नागरिकका हैसियतमा चीनको भ्रमण गरे पनि उनलाई औपचारिक रूपमा स्वागत गरियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले किसिन्जरलाई ५२ वर्षअघि तत्कालीन प्रधानमन्त्री चाउ इनलाईसँग ऐतिहासिक भेटघाट गरेको डियाओयुताई राज्य अतिथिगृहको भिल्ला नम्बर ५ मा व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० का केन्द्रीय कमिटीका विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यी र रक्षामन्त्री ली साङ्फुले पनि किसिन्जरलाई स्वागत गरेका थिए । किसिन्जरको भ्रमणको खबर चीनको सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । सञ्जालका प्रयोगकर्ताले चीन–अमेरिका सम्बन्धमा उनको महत्वपूर्ण योगदानका लागि न्यानो स्वागत र सम्मान व्यक्त गरेका थिए ।

विगतका अन्तर्वार्ता र भाषणका आधारमा उनले चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्थाबारे वास्तवमै चासो राख्छन् भन्ने देखाउँछ । आफ्नो सयवर्षे उमेरको बाबजुद भएको उनको भ्रमण चीन–अमेरिका सम्बन्धलाई प्रगाढ बनाउने दिशामा केन्द्रित छ भन्ने चिनियाँ जनताले बुझेका छन् र जनता उनको प्रयासको गहिरो प्रशंसा पनि गर्छन् । यद्यपि अमेरिकामा बेइजिङमा एक नागरिकका हैसियतका किसिन्जरलाई वर्तमान अमेरिकी अधिकारीभन्दा बढी सम्मान गरेको भन्दै ह्वाइट हाउसले खेद प्रकट गरेको छ ।

रणनीतिक रूपमा आफ्नो ‘पुराना मित्र’ कार्ड प्रयोग गरेर अर्थात् प्रभावशाली व्यक्तिलाई आकर्षित गरेर वासिंटनमा सम्भावित रूपमा विचार बदल्न सकिनेछ भन्ने धारणा कतिपय अमेरिकी विश्लेषक र मिडियाकर्मीले बोकेका छन् । यिनले ‘पुराना मित्र’ कार्डलाई ‘चिनियाँ रणनीति’का रूपमा पनि हेर्छन् ।

अमेरिकामा यस्ता केही दाबीलाई चिनियाँले एकदमै मूर्खतापूर्ण र हास्यास्पद ठानेका छन् । ती अमेरिकी कसरी एक निजी नागरिकले वर्तमान अधिकारीलाई उछिनेर बेइजिङमा उच्च शिष्टाचार र सम्मानको व्यवहार पाउन सक्छन् भन्ने प्रश्न गर्छन् । यसले वासिंटनको चीन नीतिबारेको चिन्ताजनक अवस्था दर्साउँछ । हालैका वर्षमा अमेरिकामा चीनसँग व्यवहार गर्ने व्यावहारिकता र तर्कसंगतता छायामा परेको छ किनभने चीन नीति प्रायः चरम संरक्षणवाद र विभिन्न प्रकारका असन्तुष्टिबीच दोहोरिइरहन्छ । यसले चीन–अमेरिका सम्बन्धमा गर्न सकिने सुधार एवं विस्तारलाई खुम्च्याइदिएको छ ।

वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ

सय वर्षको उल्लेखनीय उमेरमा किसिन्जरले चीन–अमेरिका सम्बन्धमा स्थायित्व प्रवर्धन गर्न र द्वन्द्व रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यसले कूटनीतिक उत्तराधिकारीको कथित अभावलाई पनि झल्काउँछ । र, यसबाहेक किसिन्जरको सक्रियताले चीन एवं अमेरिकाबीच उचित सञ्चार संवादको आवश्यकतालाई जोड पनि दिन्छ । किसिन्जर चिनियाँ जनताका प्रिय मित्र हुन् । ‘पुरानो’ शब्द चीन–अमेरिका सम्बन्धको लामो इतिहासका लागि एक सम्मान हो, जहाँ उनले सक्रिय रूपमा सहभागिता जनाएका थिए र साक्षी बनेका थिए । ‘पुरानो’ शब्दले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वलाई बढावा दिनका लागि उनको निरन्तर ध्यान र चासोको सम्मान पनि झल्काउँछ । जो तर्कसंगत छ, चीनप्रति सद्भाव र इमानदारी राख्छ भने चिनियाँ जनताका नजरमा ती व्यक्ति मित्र हुन्छन् । यदि यो मित्रता लामो समय टिक्यो भने पुरानो मित्रताको सम्बन्ध बन्छ ।

विगत केही दशकमा किसिन्जरले सयभन्दा बढीपटक चीनको भ्रमण गरिसकेका छन् र उनको भूमिका वा पद परिवर्तन भए पनि उनलाई सधैँ न्यानो ढंगले स्वागत गरिएको छ । यी स्वागतले उनीप्रतिको गहिरो सम्मानको भावनालाई झल्काउँछ, सत्यतालाई जोड दिन्छ र उनको विवेकप्रति आदर देखाउँछ । यद्यपि, अमेरिकामा केहीले नियतवश ‘पुरानो मित्र’ शब्दावलीको गलत व्याख्या गर्छन् र केही यसलाई पासोसमेत भन्न भ्याउँछन् । यसले चीनप्रति अमेरिकी समाजमा व्याप्त अस्वस्थ मानसिकतालाई उजागर गर्छ र दुई राष्ट्रबीचको आपसी विश्वासको कमीलाई उजागर गर्छ ।

किसिन्जरप्रति चीनको मैत्रीपूर्ण व्यवहार र मित्रता उनको व्यक्तित्वका कारण हो भन्नेमा जोड दिनु महत्वपूर्ण छ । यसमा चीन–अमेरिका सम्बन्धमा सकारात्मक योगदान दिने सबै व्यक्ति समावेश छन् । सद्भावना र इमानदार सहयोगको दायरा फराकिलो बनाउनु भनेको थप व्यक्तिमाझ पुग्ने उद्देश्य हो । हामी अमेरिकी निर्णय प्रक्रियामा तर्कसंगतता कायम हुनेछ र पुराना मित्रमार्फत सहयोगको सद्भाव र इमानदारी अमेरिकी जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सकियोस् भन्ने अपेक्षा गर्छौं । चीन र अमेरिकाबीच विश्वासको निर्माण र थप सकारात्मक सम्बन्धलाई बढावा दिनु सबैभन्दा महत्वपूर्ण विषय हो ।

चीन–अमेरिका सम्बन्धमा प्रभावकारी सञ्चारको अतुलनीय महत्व छ । यसले दुवै पक्षलाई प्रभुत्ववादी हुनबाट जोगाउँछ । वास्तविकता र पारस्परिक हितको बुझाइ निर्माण गर्न यसको आवश्यकता छ । अमेरिकी हितका कट्टर रक्षक हेनरी किसिन्जरले अमेरिकाले आफ्नो हितलाई विश्वव्यापी हितसँग तुलना गर्न सक्दैन भन्ने बुझेका छन् ।

चीनसँगको उनको दशकौँको संलग्नताले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सहयोग प्राप्त गर्न सकिने मात्र नभई एक सही मार्ग पनि हो भन्ने उदाहरण दिएको छ । हालैका वर्षमा किसिन्जरले दुई देशबीचको सम्बन्धमा सम्बन्धित प्रवृत्तिबारे बारम्बार चेतावनी जारी गरेका छन् । यी चेतावनी आधा शताब्दीभन्दा बढीको अनुभव र सैद्धान्तिक अनुसन्धानबाट लिइएको उनको व्यापक राजनीतिक अन्तरदृष्टिमा आधारित छन् । र, यी चेतावनीमा वासिंटनले गम्भीर ध्यान र विचार पुर्‍याउनुपर्छ ।

बिहीबार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सचिव किसिन्जर फर्किएपछि उनका कुरा सुन्न प्रशासन उत्सुक रहेको बताएका थिए । उनका अनुसार प्रशासन उनका अनुभव, अन्तर्दृष्टि र अवलोकनबारे जान्न इच्छुक छ । हामी वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ ।

– ग्लोबल टाइम्सको २२ जुलाईको सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com