ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी ▶
के मुद्धा लिएर जनतामाझ जान्छ उज्यालो पार्टी ?डा. लावती, उपाध्यक्ष, उज्यालो नेपाल पार्टी
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनले किसिन्जरलाई गरेको भव्य स्वागतको अर्थ – ग्लोवल टाइम्स


ABC NEWS
श्रावण १३, २०८० शनिबार   ७ : ३८   बजे

चीनका पुराना मित्र मानिने प्रख्यात कूटनीतिज्ञ हेनरी किसिन्जरको हालैको चीन भ्रमणका क्रममा न्यानो र भव्य स्वागत भयो । एक नागरिकका हैसियतमा चीनको भ्रमण गरे पनि उनलाई औपचारिक रूपमा स्वागत गरियो । चिनियाँ राष्ट्रपति सी जिनपिङले किसिन्जरलाई ५२ वर्षअघि तत्कालीन प्रधानमन्त्री चाउ इनलाईसँग ऐतिहासिक भेटघाट गरेको डियाओयुताई राज्य अतिथिगृहको भिल्ला नम्बर ५ मा व्यक्तिगत रूपमा स्वागत गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टी ९सिपिसी० का केन्द्रीय कमिटीका विदेश मामिला आयोगको कार्यालयका निर्देशक वाङ यी र रक्षामन्त्री ली साङ्फुले पनि किसिन्जरलाई स्वागत गरेका थिए । किसिन्जरको भ्रमणको खबर चीनको सामाजिक सञ्जालमा व्यापक चर्चाको विषय बन्यो । सञ्जालका प्रयोगकर्ताले चीन–अमेरिका सम्बन्धमा उनको महत्वपूर्ण योगदानका लागि न्यानो स्वागत र सम्मान व्यक्त गरेका थिए ।

विगतका अन्तर्वार्ता र भाषणका आधारमा उनले चीन–अमेरिका सम्बन्धको वर्तमान अवस्थाबारे वास्तवमै चासो राख्छन् भन्ने देखाउँछ । आफ्नो सयवर्षे उमेरको बाबजुद भएको उनको भ्रमण चीन–अमेरिका सम्बन्धलाई प्रगाढ बनाउने दिशामा केन्द्रित छ भन्ने चिनियाँ जनताले बुझेका छन् र जनता उनको प्रयासको गहिरो प्रशंसा पनि गर्छन् । यद्यपि अमेरिकामा बेइजिङमा एक नागरिकका हैसियतका किसिन्जरलाई वर्तमान अमेरिकी अधिकारीभन्दा बढी सम्मान गरेको भन्दै ह्वाइट हाउसले खेद प्रकट गरेको छ ।

रणनीतिक रूपमा आफ्नो ‘पुराना मित्र’ कार्ड प्रयोग गरेर अर्थात् प्रभावशाली व्यक्तिलाई आकर्षित गरेर वासिंटनमा सम्भावित रूपमा विचार बदल्न सकिनेछ भन्ने धारणा कतिपय अमेरिकी विश्लेषक र मिडियाकर्मीले बोकेका छन् । यिनले ‘पुराना मित्र’ कार्डलाई ‘चिनियाँ रणनीति’का रूपमा पनि हेर्छन् ।

अमेरिकामा यस्ता केही दाबीलाई चिनियाँले एकदमै मूर्खतापूर्ण र हास्यास्पद ठानेका छन् । ती अमेरिकी कसरी एक निजी नागरिकले वर्तमान अधिकारीलाई उछिनेर बेइजिङमा उच्च शिष्टाचार र सम्मानको व्यवहार पाउन सक्छन् भन्ने प्रश्न गर्छन् । यसले वासिंटनको चीन नीतिबारेको चिन्ताजनक अवस्था दर्साउँछ । हालैका वर्षमा अमेरिकामा चीनसँग व्यवहार गर्ने व्यावहारिकता र तर्कसंगतता छायामा परेको छ किनभने चीन नीति प्रायः चरम संरक्षणवाद र विभिन्न प्रकारका असन्तुष्टिबीच दोहोरिइरहन्छ । यसले चीन–अमेरिका सम्बन्धमा गर्न सकिने सुधार एवं विस्तारलाई खुम्च्याइदिएको छ ।

वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ

सय वर्षको उल्लेखनीय उमेरमा किसिन्जरले चीन–अमेरिका सम्बन्धमा स्थायित्व प्रवर्धन गर्न र द्वन्द्व रोक्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यसले कूटनीतिक उत्तराधिकारीको कथित अभावलाई पनि झल्काउँछ । र, यसबाहेक किसिन्जरको सक्रियताले चीन एवं अमेरिकाबीच उचित सञ्चार संवादको आवश्यकतालाई जोड पनि दिन्छ । किसिन्जर चिनियाँ जनताका प्रिय मित्र हुन् । ‘पुरानो’ शब्द चीन–अमेरिका सम्बन्धको लामो इतिहासका लागि एक सम्मान हो, जहाँ उनले सक्रिय रूपमा सहभागिता जनाएका थिए र साक्षी बनेका थिए । ‘पुरानो’ शब्दले दुई देशबीच शान्तिपूर्ण सहअस्तित्वलाई बढावा दिनका लागि उनको निरन्तर ध्यान र चासोको सम्मान पनि झल्काउँछ । जो तर्कसंगत छ, चीनप्रति सद्भाव र इमानदारी राख्छ भने चिनियाँ जनताका नजरमा ती व्यक्ति मित्र हुन्छन् । यदि यो मित्रता लामो समय टिक्यो भने पुरानो मित्रताको सम्बन्ध बन्छ ।

विगत केही दशकमा किसिन्जरले सयभन्दा बढीपटक चीनको भ्रमण गरिसकेका छन् र उनको भूमिका वा पद परिवर्तन भए पनि उनलाई सधैँ न्यानो ढंगले स्वागत गरिएको छ । यी स्वागतले उनीप्रतिको गहिरो सम्मानको भावनालाई झल्काउँछ, सत्यतालाई जोड दिन्छ र उनको विवेकप्रति आदर देखाउँछ । यद्यपि, अमेरिकामा केहीले नियतवश ‘पुरानो मित्र’ शब्दावलीको गलत व्याख्या गर्छन् र केही यसलाई पासोसमेत भन्न भ्याउँछन् । यसले चीनप्रति अमेरिकी समाजमा व्याप्त अस्वस्थ मानसिकतालाई उजागर गर्छ र दुई राष्ट्रबीचको आपसी विश्वासको कमीलाई उजागर गर्छ ।

किसिन्जरप्रति चीनको मैत्रीपूर्ण व्यवहार र मित्रता उनको व्यक्तित्वका कारण हो भन्नेमा जोड दिनु महत्वपूर्ण छ । यसमा चीन–अमेरिका सम्बन्धमा सकारात्मक योगदान दिने सबै व्यक्ति समावेश छन् । सद्भावना र इमानदार सहयोगको दायरा फराकिलो बनाउनु भनेको थप व्यक्तिमाझ पुग्ने उद्देश्य हो । हामी अमेरिकी निर्णय प्रक्रियामा तर्कसंगतता कायम हुनेछ र पुराना मित्रमार्फत सहयोगको सद्भाव र इमानदारी अमेरिकी जनतामाझ प्रभावकारी रूपमा पुर्‍याउन सकियोस् भन्ने अपेक्षा गर्छौं । चीन र अमेरिकाबीच विश्वासको निर्माण र थप सकारात्मक सम्बन्धलाई बढावा दिनु सबैभन्दा महत्वपूर्ण विषय हो ।

चीन–अमेरिका सम्बन्धमा प्रभावकारी सञ्चारको अतुलनीय महत्व छ । यसले दुवै पक्षलाई प्रभुत्ववादी हुनबाट जोगाउँछ । वास्तविकता र पारस्परिक हितको बुझाइ निर्माण गर्न यसको आवश्यकता छ । अमेरिकी हितका कट्टर रक्षक हेनरी किसिन्जरले अमेरिकाले आफ्नो हितलाई विश्वव्यापी हितसँग तुलना गर्न सक्दैन भन्ने बुझेका छन् ।

चीनसँगको उनको दशकौँको संलग्नताले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र पारस्परिक लाभको सहयोग प्राप्त गर्न सकिने मात्र नभई एक सही मार्ग पनि हो भन्ने उदाहरण दिएको छ । हालैका वर्षमा किसिन्जरले दुई देशबीचको सम्बन्धमा सम्बन्धित प्रवृत्तिबारे बारम्बार चेतावनी जारी गरेका छन् । यी चेतावनी आधा शताब्दीभन्दा बढीको अनुभव र सैद्धान्तिक अनुसन्धानबाट लिइएको उनको व्यापक राजनीतिक अन्तरदृष्टिमा आधारित छन् । र, यी चेतावनीमा वासिंटनले गम्भीर ध्यान र विचार पुर्‍याउनुपर्छ ।

बिहीबार अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सचिव किसिन्जर फर्किएपछि उनका कुरा सुन्न प्रशासन उत्सुक रहेको बताएका थिए । उनका अनुसार प्रशासन उनका अनुभव, अन्तर्दृष्टि र अवलोकनबारे जान्न इच्छुक छ । हामी वासिंटनले यी आदरणीय शताब्दी वृद्धले प्रस्ताव गरेको सल्लाहलाई ध्यानपूर्वक र सम्मानपूर्वक सुन्नेछ भन्नेमा हामी आशावादी छौँ ।

– ग्लोबल टाइम्सको २२ जुलाईको सम्पादकीय

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

रावल आयोगको प्रतिवेदन अनुसार: काठमाडौँका अतिक्रमित सार्वजनिक जग्गा खाली गराउने बालेन सरकारको निर्णय (विस्तृत)

सम्बन्धित

तेहरान–वासिङ्टनबीच बर्फ पग्लिँदै : दशकौँको शत्रुता अन्त्यको दिशामा ?

एल निनो: पृथ्वीलाई तर्साउने अदृश्य ‘राक्षस’ कि प्रकृतिको चेतावनी?

इलोन मस्क बने विश्वका पहिलो ‘ट्रिलियन डलर’ धनाढ्य

घरेलु मैदानमा क्यानडाको संघर्षपूर्ण सुरुआत, लारिन बने उद्धारकर्ता

फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा पुनः सञ्चालनमा, केहीलाई अझै लगइन समस्या

कतार–इरान गोप्य कूटनीति: ‘रास लाफान’ ग्यास उत्पादन केन्द्रलाई जोगाउन इरानसँग गोप्य रूपमा वार्ता गरेको खुलासा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group