ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लैङ्गिक हिंसाविरुद्ध सचेत हुँदै ग्रामीण महिला


एबीसी न्यूज
असार २५, २०८० सोमबार  ३ : ३४ बजे
काठमाडौं, २५ असार । मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध बाँकेको ग्रामीण क्षेत्रका महिला सचेत हुन थालेका छन् । आइएनएफ बाँकेले सञ्चालन गरेको ‘मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि समुदायमा हाम्रो प्रयास’ परियोजनाको सार्वजनिक सुनुवाइमा जिल्लाका ग्रामीण क्षेत्रका महिला लैङ्गिक हिंसा अन्त्यका विषयमा सचेत हुन थालेका पाइएको हो ।
“गरिबी र आर्थिक अभावको फाइदा उठाएर महिलालाई ललाइफकाई प्रलोभनमा पार्ने भएकाले हामी सबै सचेत हुन जरुरी छ”, जानकी गाउँपालिका–६ गनापुरकी अनिता गुप्ताले भन्नुभयो, “आर्थिक रुपमा कमजोर भएका महिला, अभिभावकविहीन बालबालिकालाई दलालले आँखा लगाउन सक्छन् ।” कार्यक्रममा उहाँले महिलालाई सचेतनासँगै सीपमूलक तालिमको आवश्यकता रहेको बताउनुभयो ।
मानव बेचबिखन तथा घरेलु हिंसाको सुरुवात आर्थिक कमजोरीका कारण हुने भएकाले आर्थिक रुपमा महिलालाई लाभ हुनेगरी स्थानीय सरकार र सामाजिक सङ्घसंस्थाले कार्यक्रम सञ्चालन गर्नुपर्ने गुप्ताको भनाइ थियो ।
जानकी गाउँपालिका–१ जोगागाउँकी सरिता जोशीले मानव बेचविखन र लैङ्गिक हिंसाको बारेमा महिला दिदीबहिनी सचेत हुँदै गए पनि घटना न्यूनीकरण हुन नसकेको बताउनुभयो । “पढेलेखेका, जानेबुझेका महिला नै लैङ्गिक हिंसाको सिकार भइरहनुभएको छ”, उहाँले भन्नुभयो, लैङ्गिक हिंसालाई घरपरिवारको आन्तरिक मामिला ठान्ने परिपार्टीले बाहिर आउन सकेको
छैन ।”
जानकी गाउँपालिकाको साइगाउँ, खजुराखुद्र्ध र गनापुरमा ३० स्वावलम्बन महिला समूह गठन भएका छन् । ती समूहमा अवद्ध करिब तीन सय महिलाले समाजमा मानव बेचबिखन र लैङ्गिक हिंसाविरुद्ध आफू सचेत हुँदै समाजका अन्य महिलालाई पनि सचेत बनाउन लाग्नुभएको छ ।
वडा नं ४ हीरापुर निवासी ‘कर्मशील स्वाबलम्वन समूह’की सदस्य बिमला गौतमले समूहमा आवद्ध भएपछि अहिले मानव बेचबिखन हुने कारण, लैङ्गिक तथा घरेलु हिंसालगायत महिलामाथि हुने हुने हिंसाका बारेमा जान्ने अवसर पाएको बताउनुभयो ।
वडा नं ६ गनापुरस्थित माध्यमिक विद्यालय भाटनपूर्वाका प्रधानाध्यापक अयोध्याप्रसाद यादवले मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि गठन गरिएका समूहका सदस्यले गाउँघरमा सचेतना फैलाउने काम गरिरहनुभएको बताउनुभयो । किशोरअवस्थाका बालबालिकालाई विद्यालयस्तरमा क्लब बनाएर विद्यालयबाट नै यस विषयमा शिक्षा दिनसके अझ प्रभावकारी हुने उहाँको भनाइ थियो ।
आइएनएफले यहाँ सञ्चालन गरेको परियोजना प्रभावकारी रहेको वडा नं ६ का वडाध्यक्ष जगदिशप्रसाद हरिजनले बताउनुभयो । “जानकी गाउँपालिकामा सञ्चालन भएको मानव बेचबिखन तथा लैङ्गिक हिंसाविरुद्धको परियोजनाले सर्वसाधारणसम्म जनचेतना जगाउने काम गरेको छ”, उहाँले भन्नुभयो, “आगामी आर्थिक वर्षका लागि मानव बेचबिखन र लैङ्गिक हिंसा अन्त्यका लागि स्थानीय सरकारको तर्फबाट पनि समन्वय र सहकार्य गरेर कार्यक्रम प्रभावकारी बनाइने छ ।”
आइएनएफका परियोजनाका संयोजक अभिषेक विकले जानकी गाउँपालिका–१ साईगाउँ, वडा नं ४ खजुराखुद्र्ध र वडा नं ६ गनापुरका टोल बस्तीमा परियोजना सञ्चालन गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र

७ तले घरमा डोजर चलेपछि के भन्छन् घरधनी चाम्लिङ?

सम्बन्धित

राष्ट्पतिले् संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्नुका कारण

सुकुम्वासीबारे सरकारलाई रास्वपाले भन्यो– सुकुम्वासीबाहेक अन्यलाई अहिले कुनै कारबाही नगर्नू

अध्यादेशको बचाउमा कानुनमन्त्री सोविता गौतमको ‘भ्रमपूर्ण दाबी’

ओलीले अझै केही दिन राजनीतिक भेटघाट नगर्ने

निजामती कर्मचारीको ट्रेड युनियन खारेज, अध्यादेशमार्फत नयाँ व्यवस्था लागू

सरकारको ४० दिन: निर्णयमा आक्रामकता, नीतिमा अन्योल र सुकुम्बासी संकटले बढायो दबाब (भिडियो सहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com