ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशमा रङ्गशाला निर्माणको प्रगति ६० प्रतिशत


एबीसी न्यूज

काठमाडौं, २५ असार । कर्णाली प्रदेश सरकारको गौरवको आयोजना निर्माणाधीन प्रदेश रङ्गशालाको भौतिक प्रगति ६० प्रतिशत भएको छ ।
प्रदेश खेलकुद विकास परिषद्ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भौतिक प्रगति ६० र वित्तीय प्रगति ४६ प्रतिशत भएको हो । हालसम्म रङ्गशालामा दर्शक प्यारापिटमा चार हजार कुर्सीको जडान कार्य सकिएको, भिआइपी तर्फको प्यारापिटमा सिभिल निर्माण कार्य अन्तिम चरणमा रहेको र छाना निर्माणकार्य बाँकी रहेको जनाइएको छ ।
यस्तै रङ्गशालमा पौडी पोखरी, व्यावसायिक सटर तथा गेट निर्माण कार्य अन्तिमचरणमा रहेको र फुटबल मैदानमा दुबो लगाइ स्तर वृद्धिको कार्य जारी रहेको छ । एथलेटिक्स ट्र्याकको सब बेस र नाली निर्माण सम्पन्न, रुख रोप्ने, हरियाली गर्ने कार्य जारी रहेको प्रदेश खेलकुद परिषद् सदस्य सचिव विश्वमित्र सञ्ज्यालले जानकारी दिनुभयो ।
निर्माणाधीन रङ्गशालाको कार्य तोकिएको समयभित्र सम्पन्न गर्ने गरी तालिकाअनुसार नै काम अगाडि बढेको र हालसम्म रु ६५ करोड ८५ लाख रकम खर्च भएको उहाँको भनाइ छ । विसं २०८१ मङ्सिरमा कर्णाली प्रदेशमा आयोजना हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि रङ्गशाला निर्माणको कामलाई निरन्तर अगाडि बढाइएको सञ्ज्यालले जानकारी दिनुभयो ।
राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर प्रदेशका विभिन्न जिल्लामा खेलकुद संरचना निर्माण गरिएको पनि उहाँले बताउनुभयो । यस्तै १०औँ राष्ट्रिय खेलकुदका लागि कर्णालीले दुई अङ्कको स्वर्ण पदकसहित उत्कृष्ट खेल प्रदर्शनीका लागि कर्णाली प्रदेश खेलकुद विकास परिषद्को १३औँ बोर्ड बैठकले कर्णाली प्रदेशका खेललाई ९क०, ९ख० र ९ग० श्रेणीमा वर्गीकरण गरी प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गरेको छ ।
यसैअनुसार क श्रेणीमा एथलेटिक्स, उसु आइटिफ कराते र तेक्वान्दो गरी पाँचवटा रहेका छन् भने ख श्रेणीमा सात वटा वक्सिङ, फुलकन्ट्याक्ट कराँते, जुडो, हक्की, रग्बी, हेन्डबल र बाँस्केटवल० रहेका छन् । त्यसैगरी ग श्रेणीमा १० कवड्डी, डॉकेट, खोखो, ब्याडमिन्टन, भलिबल, भारोत्तोलन, फुटबल टिमको खेललाई वर्गीकरण गरिएको उहाँले जानकारी दिनुभयो । यी वर्गीकरण भर्खरै सम्पन्न भएको नवांँै राष्ट्रिय खेलकुद प्रतियोगितालाई आधार मानी तयार गरिएको हो ।
यस्तै खेलकुद परिषद्ले कर्णाली प्रदेशबाट विभिन्न अन्तर्राष्ट्रियस्तरका पदक प्राप्त गर्ने खेलाडीलाई पुरस्कारस्वरुप रु २७ लाख ५५ हजार खर्च गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com