ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोटीका ग्रामीण सडक अवरुद्ध


एबीसी न्यूज

काठमाडौं, २४ असार । असार दोस्रो सातादेखि परेको अविरल वर्षाका कारण डोटीका दर्जन बढी ग्रामीण सडक अवरुद्ध भएका छन् । सडकका कतिपय स्थानमा पहिरो गएको छ भने अधिकांश सडकमा भल बाढीका कारण यातायात सञ्चालन गर्न नसक्ने अवस्था पुगेको छ ।
पछिल्लो समय गाउँगाउँमा ग्रामीण सडक सञ्जाल जोडे पनि मापदण्डअनुरुप सडक नबन्दा ग्रामीण भेगका नागरिक बर्सेनि सास्ती भोग्दै आएका छन् । वर्षाका कारण बडीकेदार गाउँपालिकाको सुनालेखबाट घागल, अन्तरकाँडा हुँदै रनतोला सडक, बोगटान फुडिसल गाउँपालिकाको छिडीखानबाट केदार अखडा सडक, चवारा चौताराबाट सातफरी धिर्गामानडौँ सडक, दिपायलबाट केआइसिंह गाउँपालिका हुदैँ बोगटान फुड्सिल गाउँपालिकासम्मको ग्रामिण सडक, जोरायल गाउँपालिकाको बिपीनगर खसरेबाट गड्सेरा सडक, खड्यौलीदेखि मन्नाकापडीको बरलगाउलगायत डोटीका दर्जन बढी पहिरो र खहरे खोलाले ग्रामीण क्षेत्रका सडक अवरुद्ध भएको स्थानीयले बताएका छन् ।
ग्रामीण सडकमा पहिरो आउँदा उक्त सडकमा चल्ने कतिपय सार्वजनिक यातायातका यात्रु कष्टकर यात्रा गर्न बाध्य भएका छन् । पहिराका कारण सहजपुर–बिपीनगर हुँदै बोगटनको छिडीखानसम्म चल्ने बस तथा जीप बन्द रहेका छन् । साथै बाग्छेडाबाट बोगटान फुडिसलसम्म जाने कच्ची मार्गमा समेत दुई हप्तादेखि यातायात सञ्चालन हुन नसकेको स्थानीय दिपेन्द्र बोहराले बताउनुभयो ।
घाम लागे धुलो हुने पानी परे हिल्याम्मे हुने जिल्लाका ग्रामीण सडक वर्षात्का कारण अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएकाले विकास निर्माणका सामग्रीसँगै दैनिक उपभोग्य सामग्री ओसारपसारमा समस्या भइरहेको बडीकेदार–५ का वडासदस्य भीम बोहराले बताउनुभयो । वातावरणीय प्रभाव मूल्याङ्कनको वास्ता नगरी जथाभावी ट्र्याक खोलिएका कारण सामान्य वर्षा हुँदा पनि ग्रामीण सडक अवरुद्ध हुने गरेको बडीकेदार–५ का बासिन्दा लक्ष्मण रम्तेलले  बताउनुभयो ।
ट्र्याक खुलेलगत्तै सुक्खा मौसममा यातायात सञ्चालनमा ल्याइएका कतिपय सडक अहिले कामै नलाग्ने अवस्थामा पुगेको बडीकेदारका स्थानीय मीन शाहले बताउनुभयो । अधिकांश ग्रामीण सडकमा पानी निकास हुने नालासमेत नहुँदा सडकबाटै भल बग्ने गरेकाले पनि सडक भासिने र भत्किने बढी सम्भावना भएको शाहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com