ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ७, २०८३ आईतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फेरि संसदीय दलको नेता बदल्न लाग्छु : महामन्त्री थापा


एबीसी न्यूज
असार २३, २०८० शनिबार   ३ : ०१   बजे

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू प्रधानमन्त्री बन्ने प्रयासमा रहेको बताएका छन् ।शनिबार काठमाडौंको बुढानीलकण्ठमा आयोजित कार्यक्रममा उनले आफू एक पटक पार्टीको संसदीय दलको नेतामा पराजित हुँदैमा नथाकेको बताए ।

‘म त क्लियर छु हेर्नुस्, विधिभित्रै रहेर यो कुरा गरिरहेको छु । म नेपाली कांग्रेसको सांसद हुँ, यो बदल्नुपर्छ भनेर नै संसदीय दलको नेता हुने कोशिस गरेको हो । मैले सबै साथीहरुको मन चित्त त बुझाउन सकिनँ । तर म थाकेको छैन, हारेको छैन’ उनले भने ।

नेपालमा भूतपूर्व प्रधानमन्त्रीहरुबाटै प्रधानमन्त्री चयन भइरहेको भन्दै उनले कांग्रेसले सरकारको नेतृत्व गर्ने अवसर पाएका बेला त्यसलाई बदल्नुपर्ने बताए ।

‘नेपाली कांग्रेसबाट भुतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले पछि प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्नुहुदैन, त्यसकारणले गर्दा फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु । सके बदल्छु बदल्छु । त्यसलाई बदल्छु सके आफू बन्छु, नसके अरुलाई बनाउँछु तर बदल्नुपर्छ भन्नेमा छु’ थापाले भने, ‘त्यो बदलिनपर्छ र बदल्ने ठाउँ दिएको छ, बदल्ने ठाउँ कहाँ दिएको छ भने त्यहीँ दलभित्रै छ ।’

थापाले अगाडि भने, ‘एक पटक दलको चुनाव जितेपछि सधैंभरि जित्यो भन्ने छैन,। दलको चुनाव जितेको ठाउँमा बकाइदासँग त्यसलाई बदल्न सकिन्छ ।’

थापाले २०६४ सालको संविधानसभा चुनावपछि रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच संसदीय दलको नेताको चुनाव हुँदा पौडेल निर्वाचित भएका बेलामा पार्टीले सर्वसम्मत प्रधानमन्त्री चयन हुने अवस्था आएमा देउवालाई उम्मेदवार बनाउने निर्णय गरेको पनि स्मरण गरे ।

‘म त एउटा सन्दर्भ पनि सम्झन्छु । शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीचमा चुनाव भएको थियो । रामचन्द्र पौडेलले दलको नेता जित्नुभयो, शेरबहादुर देउवा पराजित हुनुभयो । र नेपाली कांग्रेसको तर्फबाट सरकारमा सहभागी हुने कुरा आयो । त्यतिबेला दुईटा तर्क आयो, एउटा तर्क के आयो भने रामचन्द्र पौडेल दलको नेता भएकाले अर्को हुनै पाउँदैन ।

तर त्यो बेलामै आदरणीय नेता शेरबहादुर देउवाले के तर्क गर्नुभयो भने देशको आवश्यकता म भयो भने सबैलाई सम्हाल्छु, त्यसकारणले म हुनुपर्छ भन्नुभयो । अनि पछि पार्टीले के निर्णय गर्‍यो भने बहुमत भएर निर्वाचित भयो भने रामचन्द्र पौडेल हुनुहुुन्छ, तर सर्वसम्मत हुनुहुन्छ भने शेरबहादुर देउवा हुनुहुुन्छ भनेर निर्णय गर्‍यो । किनकी देशको आवश्यकता छ भनेर पार्टीले त्यो निर्णय गर्‍यो ।

अहिले म त्यही भन्दैछु । देशको आवश्यकता म वा मेरो पुस्ताको मान्छे प्रधनमन्त्री बन्ने कुरा हो । दलको नेता रामचन्द्र पौडेल हुँदै गर्दा शेरबहादुर देउवा प्रधानमन्त्रीको उम्मेदवार बन्न मिल्ने हो भने शेरबहादुर देउवा दलको नेता हुँदा गगन थापा प्रधानमन्त्री हुन किन नमिल्ने हो त रु मिल्ला नि त त्यहाँ पनि रु ठाउँ त त्यहाँ पनि होला, हाम्रै पार्टीभित्र गरेर आएको हो ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

सम्बन्धित

बालेनको शासन शैलीमा रविको ठप्पा : सरकार ‘रेजिम’का रुपमा अझ आक्रामक बन्ने !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

रास्वपालाई जनमतको सम्मान गर्न विपक्षीको खबरदारी

एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने शक्ति अबको युगमा आउँदैन : सभापति लामिछाने

रास्वपाको पहिलो महाधिवेशनः ‘संवैधानिक समाजवाद’ कि नयाँ दक्षिणपन्थी लोकप्रियतावाद ?

रास्वपा राष्ट्रिय महाधिवेशनको निर्वाचन कार्यतालिका पुनः प्रकाशित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group