ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राजपा नेपालको संसदीय दलको बैठक सकियो , निर्णय यस्तो छ


admin
माघ २०, २०७४ शनिबार  ४ : ३६ बजे

काठमाडौं, २० माघ । प्रदेश नम्बर २ को लागि बसेको राष्ट्रिय जनता पार्टी नेपालको संसदीय दलको बैठक सकिएको छ।

जनकपुरमा पार्टी अध्यक्ष मण्डलका नेताहरुको उपस्थितिमा बसेको बैठकले आइतबारबाट सुरु हुने प्रदेशसभा बैठकका लागि कार्यविभाजन गरेको छ।

बैठकले प्रदेशसभा सञ्चालनका लागि आवश्यक पर्ने कार्यव्यवस्था परामर्श समितिमा मनिषकुमार सुमनलाई पठाउने निर्णय गरेको छ।

त्यस्तै, प्रदेशसभाको नियमावली मस्यौदा समितिमा रामनरेश राय र प्रदेशसभा सञ्चालनका लागि अध्यक्ष मण्डलमा नवलकिशोर शाहको नाम सिफारिस भएको छ।

आइतबार बस्ने प्रदेशसभाको पहिलो बैठकलाई राजपा नेपालका तर्फबाट जितेन्द्र सोनलले सम्बोधन गर्ने अध्यक्ष मण्डलका नेता राजकिशोर यादवले बताए।

प्रदेश नम्बर २ को प्रदेशसभाको पहिलो बैठक आइतबार जनकपुरमा बस्दै छ। बैठकमा पहिलो दिन सबै पार्टीका तर्फबाट एक जनाले शुभकामना मन्तव्य राख्नेछन्। बैठकले सभामुख निर्वाचनको मिति तय गर्नेछ र त्यसपछि मुख्यमन्त्री लगायतको चयन प्रक्रिया सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा जन्ती बोकेको बस दुर्घटना:१३ जानको मृत्यु

जाँचबुझ आयोगको कामप्रति ओलीले किन र के के विषय उठाए ?

सम्बन्धित

गगनको नेतृत्वमा कांग्रेसले यसपटक लोकप्रिय मत ३० लाख कटाउला त ? (ऐतिहासिक विश्लेषणसहित)

मधेशको मुद्दा अब काठमाडौंमा ‘भिन्न ढंगले’ बहस हुन्छ : गगन थापाको दाबी

काठमाडौं छाडेर मधेश झरे – गगन थापा : ‘देश जोड्न म सर्लाही पुगेँ!’

मधेसका मुद्दा सिंहदरबारमा फरक ढंगले गुञ्जिन्छन् : गगन थापा

सप्तरी–३ मा उपेन्द्र यादवको चुनावी परीक्षा: सुरक्षित सिटको खोजी कि राजनीतिक अस्तित्वको संघर्ष?

सर्लाही–३: नारायणकाजीको मधेशी दाउ (विस्तृतमा)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com